अदुवा निकासीमा तत्कालका लागि भारतीय अवरोध हट्यो

यो समाचार 90 पटक पढिएको

काठमाडौं, १८ माघ । विगत दुई सातादेखि नेपालको अदुवा निकासीमा लगाइएको अवरोध भारतले खुला गरेको छ । भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाल आएकै दिन अदुवा निकासी खुला गरिएको हो ।

वाणिज्य मन्त्रालयका प्रवक्ता रविशंकर सैंजुले भारतले अदुवा निकासीलाई तत्कालका लागि खुला गरेको जानकारी दिए । ‘नेपालको अदुवा निकासीको अवरोध हाललाई खुला गर्ने जानकारी भारतीय पक्षबाट आएको छ,’ उनले भने । यद्यपि, यो दीर्घकालीन समाधान भने नभएको उनले बताए ।

भारतले नेपालबाट उक्त मुलुकमा आयात हुने अदुवामा अवरोध लगाउँदा यहाँका व्यवसायीहरू चिन्तित भएका थिए । भारतीय आयातकर्ताले नेपालबाट अदुवा आयात गर्दा प्रमाणपत्र लिने व्यवस्थालाई अनिवार्य गरेसँगै नेपालको अदुवा निकासी ठप्प भएको थियो । ‘हाललाई उक्त आयात प्रमाणपत्रमा केही रिल्याक्स गरेको छ,’ यसको स्थायी समाधान भने आसन्न भारतमा हुन गइरहेको अन्तरसरकारी बैठक ९आईजीसी० मा गरिने उनले बताए ।

अदुवा निकासीको समस्या समाधानका लागि बुधवार नेपाली र भारतीय पक्षबीच छलफल भएको थियो । त्यसलगत्तै बिहीवार भारतीय पक्षबाट तत्कालका लागि समस्या समाधान भएको जानकारी गराएको मन्त्रालयले जनाएको छ ।

यससँगै भोलिदेखि नै अदुवा निकासी सहज हुने मन्त्रालयले बताएको छ । नेपाल व्यापार एकीकृत रणनीति ९एनटीआईएस० मा समेत समावेश भएको अदुवा नेपालबाट निकासी हुने प्रमुख वस्तुमा पर्छ ।

मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा नेपालले २५ करोड रुपैयाँ बराबरको अदुवा भारत निकासी गरेको थियो । चालू आवको हालसम्ममा करीव १० करोड रुपैयाँ मूल्यबराबरको अदुवा भारत निकासी भएको मन्त्रालयको भनाइ छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :