यि हुन सातै प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुख

यो समाचार 155 पटक पढिएको

काठमाडौँ, ३ माघ । सरकारले सातवटै प्रदेशको अस्थायी राजधानीको टुंगो लगाएको छ । बुधबार दिउँसो बसेको मन्त्रिपरिषदको बैठकले सातै प्रदेशको अस्थायी राजधानी तोकेको छ । यस्तै सोही बैठकले सातै प्रदेशको प्रमुख पनि तोकेको छ ।

महिला तथा समाज कल्याण मन्त्री विक्रमबहादुर थापाका अनुसार मन्त्रिपरिषदले प्रदेश नम्बर १ को राजधानी विराटनगर, प्रदेश २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५ को बुटवल, ६ को सुर्खेत र ७ को धनगढीलाई तोकेको छ।

 

यी हुन् सात प्रदेश प्रमुख

सरकारले सातवटै प्रदेश प्रमुख तोकेको छ । बुधबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख तोकेको हो ।

प्रदेश १ मा गोविन्द सुब्बा, प्रदेश २ मा रत्नेश्वर कायस्थ, प्रदेश ३ अनुराधा कोइराला, प्रदेश ४ मा बाबुराम कुँवर, प्रदेश ५ मा उमाकान्त झा, प्रदेश ६ दुर्गाकेशर खनाल र प्रदेश ७ मा मोहनराज मल्ललाई तोकेको महलिा बालबालिका तथा समाज कल्याण मन्त्री विक्रमबहादुर थापाले जानकारी दिए ।

प्रदेश नम्बर १ : गोविन्द सुब्बा
प्रदेश नम्बर २ : रत्नेश्वरलाल कायस्थ
प्रदेश नम्बर ३ : अनुराधा कोइराला
प्रदेश नम्बर ४ : बाबुराम कुँवर
प्रदेश नम्बर ५ : उमाकान्त झा
प्रदेश नम्बर ६ : दुर्गा खनाल
प्रदेश नम्बर ७ : मोहनराज मल्ल

रचनात्मक प्रतिक्रिया दिनुहोस् :