सात करोड लगानीमा ह्याचरी उद्योग

यो समाचार 376 पटक पढिएको

हेटौंडा, ३ माघ । सात करोड रुपैयाँ लगानीमा हेटौंडा १८ हर्नामाडीमा ह्याचरी उद्योग सञ्चालनमा आएको छ। मकवानपुरका दुई र बाराका एक युवा व्यवसायीले उक्त उद्योग सुरु गरेका हुन्।

हेटौंडाका कुखुरा व्यवसायी सुनिल अधिकारी, विष्णु अधिकारी र बाराका तुलसी लामिछानेले साढे दुई बिघा क्षेत्रफलमा उद्योग र फार्म स्थापना गरी हेटौंडा पोल्ट्री एन्ड ह्याचरी प्रालि उद्योग सञ्चालनमा ल्याएका छन्। माघ १ गतेबाट कुखुराका चल्ला किसानलाई उपलब्ध गराउने लक्ष्यसहित ह्याचिङ् भइरहेको उद्योगका सञ्चालक सुनिल अधिकारीले जानकारी दिए। उद्योगले एक महिनामा ८० हजार गुणस्तरीय चल्ला उत्पादन गर्ने उनले बताए।

‘उत्पादित चल्ला मकवानपुरसहित छिमेकी जिल्ला बारा, पर्सा, रौतहट र चितवनका किसानमाझ पुर्या्उने योजना छु, अधिकारीले भने, ‘कुखुरापालक कृषकको संख्या बढ्दै गए पनि तत्कालै कुखुराको चल्ला सहज रूपमा नपाइने समस्या रहेकाले उद्योग सुरु गरेका हौं।ु

मकवानपुरमा मात्र हप्तामा एक लाख ५० हजार चल्लाको माग रहेको कुखुरा व्यवसायी संघ मकवानपुरले जनाएको छ। ‘चल्ला नपाएर अब किसानले दुःख पाउनुपर्दैनु, अर्का सञ्चालक लामिछानेले भने, ‘हामी हप्तामा कम्तीमा पनि २० हजार चल्ला उत्पादन गर्छौ।ु उद्योगको उत्पादनले १२ प्रतिशत हिस्सा ओगट्ने उनले बताए।

श्रीलंकाबाट ल्याएको क्लासिक हबबर्डबाट उत्पादित अन्डाबाट चल्ला उत्पादन भइरहेको उद्योगले जनाएको छ। अन्डा उत्पादनका लागि पाँच हजार चल्ला प्रतिगोटा ६ सय ७० रुपैयाँको दरले खरिद गरी हेटौंडा ल्याएको सञ्चालक लामिछानेले बताए। व्यवसाय विस्तारका लागि थप चल्ला थाइल्यान्डबाट ल्याउने प्रक्रिया थालिसकिएको र आउँदो फागुनमा कप पाँच सय नामका पाँच हजार चल्ला आउने उनले जानकारी दिए।

उद्योग पूर्ण क्षमतामा सञ्चालनमा आउँदा लगानी २० करोड रुपैयाँ पुग्ने सञ्चालकको अनुमान छ। हाल प्रत्यक्ष रूपमा १२ जनाले रोजगारी पाइरहेको उद्योग दुई वर्षअघिदेखि सञ्चालनको तयारी थालिएको थियो।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :