JONAA

Jonaa Master Header dd


नेपाल कृषि पत्रकार प्रतिष्ठान (जोना)  

Nepal Agricultural  Journalists Academy (JONAA)

 

Introduction of the Organization :

Nepal Agriculture Journalists Academy (JONAA) is a common institution of journalists writing on agriculture sector (beat) in various Main Stream National media including daily newspapers, FM, Radio, Television and online. The organization was officially registered in District Administration Office, Kathmandu, on 4th December, 2013 (19th of Mangsir, 2070) changing the name of the earlier institution Nepal Agriculture Journalists Network (NAJON). As per its objective, the organization has started an online news portal, www.newsagro.com, the first agricultural news portal in Nepal.

The main objective of the organization is to promote agriculture by modernization and commercialization and promote the agriculture along with its other aspects such as food security, agriculture production, livestock, dairy and dairy products, agricultural research, agro tourism, agro Industries and mechanization of agriculture and food quality with the slogan “Media Campaign for Agriculture Development. The organization plans to expand its network in all districts across the country, as per its need, obtaining approval from the Chief District Officer.

 

The Major Objectives of the Organization:

  1. To organize meeting, gathering, conference, seminar, interaction, training, public debate and other constructive activities related to agriculture sector;
  2. To publish and broadcast research-oriented news and materials on agriculture sector in different newspapers, radio, television and online news portals;
  3. To raise concern of concerned stakeholders carrying out studies and researches on various aspects of agriculture;
  4. To hold capacity enhancement trainings and other activities by organizing the journalists working on agriculture beat;
  5. To felicitate and award best Agriculture journalists, experts and farmers in their respective profession;
  6. To work together, hold dialogue and interactions with the government and non government organization working in the agriculture sector;
  7. To lobby for the necessary policy formulation for the development of agriculture sector;
  8. To share and exchange the technical know-how with the national and international organizations;
  9. To work for the rights and professional security of journalists working in agriculture.

 

The Central Executive Committee and Members of the Organization

Office Bearers (Central Executive Committee) :

  1. President : Rajesh Prasad Verma, Annapurna Post Daily
  2. Vice-President : Kiran Acharya, Karobar Daily
  3. General Secretary : Govinda Prasad Ghimire (Sharma), Krishi TV
  4. Secretary : Pawan Shrestha, Krishi today Radio Network
  5. Treasurer : Lekhanath Pokharel, Himalaya Times Daily
  6. Assit. Treasurer : Laxmi Sapkota, Rajdhani Daily

Executive Members (Central Committee) :

  1. Dilip Paudel : Nagarik Daily
  2. Suresh Kumar Yadav : Gorkhapatra Daily
  3. Ajit Kumar Adhikari :           Nayapatrika Daily
  4. Rajaram karkee : RSS
  5. Bharat Pandey : Ratopati
  6. Suman Panta : Nepalkhabar
  7. Hima Bk : Aarthik Dainik

General Members :

  1. Daily Newspapers
  2. Yogesh Pokharel : The Rising Nepal, English language daily
  3. Subarna Poudel : The Himalaya Times, English language daily
  4. Rajesh Khanal : The Kathmandu Post, English language daily
  5. Tulasi Subedi : Nepal Samacharpatra Daily
  6. Hima BK : Aarthik Daily
  1. Television
  2. Bhagawat Bhattarai : Mountain Television
  3. Nimesh Adhikari : Himalayan Television
  4. Surendra Thapa : Avenues Television
  5. Bishnu Pokharel : ABC Television
  6. Sabin Dhamala : Nepal News Agency (Television)
  1. Radio
  2. Shree Krishna Neupane : Kantipur FM
  3. Kiran Aryal : Radio Nepal
  4. Sangam Mahat : Ap 1 Television
  5. Subash Karki : BBC
  6. Deepak Acharya : CIN
  7. Rupa Gautam : Ujyaalo FM
  1. News Agency
  2. Rajaram Karki : National News Agency

Advisory team :

  1. Dr. Hari dahal
  2. Dr. Hari Krishna Upadhyay
  3. Volaman singh Basnet
  4. Dr. Dinesh Parajuli
  5. Junar Babu basnet
  6. Pusparam Paudyal

Other Member :

  • Menuka Karki, Abhiyan Daily
  • puspa dulal, Onlinekhabar.com
  • Puspa thapaliya, Radio Sagarmatha
  • Beshraj Belbase, Gorkhapatra Daily
  • Aananda Adhikari, Himalayan Television
  • Uttam Kapri, Setopati.com
  • Varat Panday, Ratopati.com
  • BP Pokhrel, ABC Television
  • Sabita Upreti, News24 Television
  • Manisha Awasthi, Radio Annapurna
  • Sanchu lama, Radio Thaha Sanchar
  • Suman Panta, newsagro.com

 

 


नेपाल कृषि पत्रकार प्रतिष्ठान(जोना)

* परिचय :

नेपाल कृषि पत्रकार प्रतिष्ठान(Nepal Agricultural  Journalists Academy) कृषि क्षेत्र (विट) मा विभिन्न राष्ट्रिय सञ्चारमाध्यम (दैनिक पत्रिका, एफएम, रेडियो, टेलिभिजन तथा अनलाइन) मा कार्यरत सञ्चारकर्मीहरुको साझा संस्था हो । पहिले अस्तित्वमा रहेका “नेपाल कृषि पत्रकार सञ्जाल(नाजोन)” को नाम परिवर्तन गरेर यो संस्थाले गत बर्ष २०७० मंसिर १९ गते विधिवत् रुपमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट कानुनी मान्यता प्राप्त गरेको थियोे ।

कृषि क्षेत्रको आधुनिकीकरण र व्यवसायिकरण तथा “कृषि विकासको लागि सञ्चार अभियान” नाराका साथ नेपालका कृषि क्षेत्रका विभिन्न आयामहरु खाद्य सुरक्षा, कृषि उपज, पशुपालन, दुग्ध तथा दुग्धजन्य पदार्थ, कृषि अनुसन्धान, यान्त्रिकरण तथा खाद्य गुणस्तरको बारेमा आम सञ्चारको माध्यमबाट प्रचार प्रसार तथा अध्ययन अनुसन्धान गरेर आपसी सहयोगको भावना प्रवद्र्धन गर्ने संस्थाको मूल लक्ष्य हो । आवश्यकताअनुसार सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको स्वीकृत लिएर नेपालका सबै जिल्लामा शाखा विस्तार गर्ने योजना पनि यो संस्थाको छ ।

  • संस्थाको मुख्य उद्देश्यहरु :
    १. कृषि क्षेत्रसंग सम्बन्धित विषयहरुमा बैठक, भेला, सभा, सम्मेलन, गोष्ठी, अन्तरक्रिया, तालिम, प्रशिक्षण, सार्वजनिक वहसलगायत अन्य रचनात्मक गतिविधि सञ्चालन गर्नेछ ।
    २. कृषि क्षेत्रको प्रवद्र्धन र विकासको लागि समाचारपत्र, रेडियो, टेलिभिजन तथा अनलाइनसम्बन्धी खोजमुलुक सामाग्री(पुस्तक) उत्पादन गरेर प्रकाशन र प्रशारण गरिनेछ ।
    ३. कृषि क्षेत्रका विभिन्न आयामहरुका बारेमा अध्ययन तथा अनुसन्धान गरेर सरोकारवाला निकायको ध्यान आकृष्ट गराउने काम गरिनेछ ।
    ४. कृषि क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरुलाई संगठित गरेर उनीहरुको क्षमता अभिबृद्धि गर्ने खालको क्रियाकलाप सञ्चालनमा ल्याइनेछ । सञ्चारकर्मीहरुका लागि जोखिम कोष स्थापना गर्नुका साथै उत्कृष्ट समाचार सम्प्रेषण गरेवापत सञ्चारकर्मी, खोजमुलक अनुसन्धान गरेवापत बिज्ञ, खेतीपातीमा उत्कृष्ट ठहरिएका किसानलगायतलाई पुरस्कृत गरिनेछ ।
    ५. कृषि क्षेत्रमा कार्यरत रहेका पत्रकारहरुलाई कृषिसम्बन्धी बिशेष लेखनबृतिमा सहभागी बनाएर उनीहरुको क्षमता अभिबृद्धि गराउने खालका कार्यक्रमहरु सञ्चालनमा ल्याइनेछ ।
    ६. कृषि क्षेत्रमा कार्यरत रहेका उपत्यका तथा उपत्यकाबाहिरका पत्रकारहरुका लागि समय समयमा कृषि विकास पत्रकारिता तथा कृषि खोजमुलक पत्रकारिता तालिमको व्यवस्था गरिनेछ ।
    ७. कृषि क्षेत्रका दैनिक रुपमा भइरहने कार्यक्रम, दैनिक रुपमा उठिरहेका बिषयगत समस्या, कृषि प्रविधि तथा नीतिगत बिषयमा सर्वसाधारण किसानलाई जानकारी दिने उद्देश्यले रेडियो कार्यक्रम तथा टेलिभिजन कार्यक्रम उत्पादन गरेर एउटै ब्राण्ड नेममा साताको कम्तिमा एक पटक टेलिभिजन कार्यक्रम तथा साताको कम्तिमा तीन दिन रेडियो कार्यक्रम प्रसारण गर्ने व्यवस्था मिलाइनेछ ।
    ८. राजधानीमा बसेर ग्रामिण भेगको कृषिका सबै यर्थाथ समस्या, चुनौती र अवसरको बारेमा जानकारी नहुने भएकाले महिनाको एक पटक “किसानसंग सञ्चारकर्मी” नामक स्थलगत भ्रमणको व्यवस्था मिलाइनेछ ।

 

  •  नेपाल कृषि पत्रकार प्रतिष्ठानका पदाधिकारी :

१. राजेशप्रसाद बर्मा, अध्यक्ष अन्नपूर्ण पोष्ट
२. यादबराज जोशी, उपाध्यक्ष बिजमाण्डु डटकम
३. गोबिन्द शर्मा, महासचिब कृषि टुडे रेडियो नेटवर्क
४. किरण आचार्य, सचिब कारोबार दैनिक
५. लेखनाथ पोखरेल, कोषाध्यक्ष हिमालय टाइम्स दैनिक
६. लक्ष्मी सापकोटा, सह कोषाध्यक्ष राजधानी दैनिक

  • कार्यसमिति सदस्यहरु :
    १. दिपक समिर, नेपाल टेलिभिजन
    २. सुरेश यादब, गोरखापत्र दैनिक
    ३. अजित अधिकारी, नयाँ पत्रिका दैनिक
    ४. सुजन ओली, नागरिक दैनिक
    ५. सेनछेलुंग पतंगवा, हिमाल खवरपत्रिका
    ६. गोविन्द गिरी, गोरखा एफएम
    ७. पवन श्रेष्ठ, नेपाल वान टेलिभिजन
  • सल्लाहकार :
    १. डा. हरि दाहाल
    २. डा. हरिकृष्ण उपाध्याय
    ३. डा. दिनेश पराजुली
    ४. भोलामान सिंह बस्नेत
    ५. जुनारबाबु बस्नेत
    ६. पुष्पराम पौड्याल
  •  नेपाल कृषि पत्रकार प्रतिष्ठानको साधारण सदस्य:

नेपाल कृषि पत्रकार प्रतिष्ठानको केन्द्रीय समितिको बैठकबाट यही २०७० चैत १५ गते निम्न सञ्चारमाध्यमसंग आवद्ध रहेका सञ्चारकर्मीलाई यस संस्थाको साधारण सदस्यता प्रदान गरिएको छ :

क. रेडियोतर्फ :
१. कृष्ण न्योपाने कान्तिपुर एफएम
२. किरण अर्याल रेडियो नेपाल
३. संगम महत एपी वन टेलिभिजन
४. सुभाष कार्की बीबीसी, नेपाली सेवा
५. दिपक आचार्य सामुदायिक रेडियो प्रसारक संघ(सिआईएन)
६. रुपा गौतम उज्यालो एफएम

ख. टेलिभिजनतर्फ :
१. भागवत भट्टराई माउन्टेन टेलिभिजन
२. निमेष अधिकारी हिमालयन टेलिभिजन
३. सुरेन्द्र थापा एभिन्युज टेलिभिजन
४. बिष्णु पोखरेल एबीसी टेलिभिजन
५. सविन धमला नेपाल न्युज एजेन्सी(टेलिभिजन)

ग. दैनिकतर्फ :
१. योगेस पोखरेल द राईजिङग नेपाल, अंग्रेजी दैनिक
२. सुवर्ण पौडेल द हिमालयन टाइम्स, अंग्रेजी दैनिक
३. राजेश खनाल द काठमाडौं पोष्ट, अंग्रेजी दैनिक
४. तुलसी सुवेदी नेपाल समाचारपत्र दैनिक
५. हिमा बिक आर्थिक दैनिक

घ. समाचार संस्थातर्फ :
१. राजाराम कार्की राष्ट्रिय समाचार समिति

  •  अन्य साधारण सदस्य :
    १. मेनुका कार्की अभियान दैनिक
    २. पुष्प दुलाल अनलाइन खवर डट कम
    ३. पुष्प थपलिया रेडियो सगरमाथा
    ४. भेषराज बेलबासे गोरखापत्र दैनिक
    ५. आनन्द अधिकारी हिमालय टेलिभिजन
    ६. उत्तम कापरी सेतोपाटी डटकम
    ७. भरत पाण्डेय रातोपाटी डटकम
    ८. विपी पोखरेल एबीसी टेलिभिजन
    ९. सविता उपे्रती न्युज २४ टेलिभिजन
    १०. मनिषा अवस्थी रेडियो अन्नपूर्ण
    ११. सञ्चु लामा रेडियो थाहा सञ्चार

नेपाल कृषि पत्रकार प्रतिष्ठानको भगिनी संस्थाहरु :

१. कृषि उपभोक्ता डबली (कृषि बहस गर्ने थलो) :

dablee hall

नेपाल कृषि पत्रकार प्रतिष्ठान (जोना) को संरक्षकत्वमा जोनाको दोश्रोे साधारण सभाको अवसरमा ‘कृषि– उपभोक्ता डबली’ (Agro– Consumer Dabalee) नाम गरेको सभा तथा कार्यक्रम हल २०७१ भदौं २८ गतेदेखि सञ्चालनमा ल्याइएको छ । संस्थाको उद्देश्य प्राप्तिका लागि सिंहदरबारको पूर्वी गेटको ठिक सामुन्ने अनामनगरमा यो सभाहल सञ्चालमा ल्याइएको हो । सभाहलमा १८० जना अट्ने सिट क्षमता छ । यस हलमार्फत कृषि तथा उपभोक्ता सबालका बिषयमा नियमित रुपमा सरोकारवाला निकायका प्रतिनिधी तथा नीति निर्माणका अधिकारीलाई बोलाएर बहस गराउने मुख्य लक्ष्य प्रतिष्ठानले लिएको छ । यो कार्यक्रम हंलमा भएको बहसको बारेमा समाचार, श्रव्य र दृश्य समाचार उत्पादन गरेर नेपालभरका सञ्चारमाध्यमलाई बितरण गर्ने व्यवस्था मिलाइएको छ ।


२. न्युज एग्रो डट कम (www.newsagro.com) :

1670x276-Final1-1024x198 Master Head

www. newsagro.com Online -media organization leader in the Agricultural media sector in Nepal. It believes in responsible media practices that are inseparable from truth and ethics. newsagro.com  was established in 2013 December 5 AD. www.newsagro.com is a Nepal’s leading Agricultural news portal with a variety of features.

It provides breaking stories and regular updates on on Crop/ food, Consumer right, Feature, National News, Policy, Research, Crops/Food, Livestock/Fish, High Value, Vegetable, Horticulture, Corruption, Technology, Agro Market, Corporate/ Insurance, Announcement, Interview, Succeed Story,  Guest Column, Publication, Agro Info, Pulse/ Seeds, Co-operative and Agro Health.

(न्युज एग्रो डट कम ‘www.newsagro.com’ नेपालको कृषिसम्बन्धि पहिलो अग्रणी डिजिटल पत्रिका हो । नेपाल कृषि प्रधान मुलुक भएकाले पछिल्लो समयमा यो क्षेत्रको पनि क्रमिक रुपमा बिकासको गति बढ्दै गएको छ । कृषि क्रान्ति बिना मुलुकको अर्थतन्त्र बलियो नहुने सर्वविधितै छ । यसै कुरालाई मनन गरेर अनलाइनको माध्यमबाट कृषि क्षेत्रका विभिन्न आयामहरुलाई नेपाली पाठकका साथै विश्वभर छरिएर रहेका पाठकलाई पस्कन यो अनलाइनको २० मंसिर  २०७० देखि सुरुआत गरिएको हो । हामी यो अनलाइनबाट सत्य, तथ्य र विश्वनीय कृषि पत्रकारिता गर्ने जमर्को गरेका छौं । हाम्रो यो पवित्र यात्रा यहांहरुको सहयोग बिना अघि बढ्न सक्दैन् । तसर्थ यहांको सहयोग अपरिहार्य छ ।)


 

३. कृषि विकासको लागि सञ्चार अभियान( समाजिक सञ्जाल फेसवुक समूह) :

Newsagrocom group

अहिले घरघरमा मोवाइलको प्रविधि भित्रिइसकेको छ । हरेकको हातमा मोवाइल पुगेको छ । यो सुविधाबाट किसानसमेत बञ्चित नरहेको अवस्थामा प्रतिष्ठानले किसान, नीति निर्माता, सञ्चारकर्मी, कृषि उद्यमीलगायत सबैलाई पहुँंच हुने गरी र सबैको मुद्दालाई एकै स्थानमा समाजिक सञ्जालमार्फत ल्याउने गरी फेसवुकमा अहिले कृषि विकासको लागि सञ्चार अभियान भनेर समूह बनाएका छौं । यसमा अहिले हजारौं किसान, कृषि उद्यमी, नीति तहका अधिकारी तथा सञ्चारकर्मीले आवद्धता जनाएका छन् ।

  • प्रतिष्ठानको केही महत्वपूर्ण योजनाहरु

नेपाल कृषि पत्रकार प्रतिष्ठानको कल्याणकारी कोषको स्थापना :

संस्था आफै चल्दैन यसमा आवद्ध सदस्यहरुको सक्रियताले यसको प्रभावकारीता, गतिशिलता र महत्वलाई ठिक स्थानसम्म पु¥याउने कार्य गर्दछन् । संस्थासञ्चालनकुनै निश्चित उद्धेश्यका साथगरिएको हुन्छ । यस्तै नेपाल कृषिपत्रकार प्रतिष्ठानपनि नेपालका कृषि क्षेत्रमा लेख्ने र बोल्न पत्रकारहरुलाई अझै परिस्कृत र परिमार्जित गर्दै देश, काल र परिस्थितिअनुसार विभिन्नविषयमाजानकारी दिने उद्धेश्यले सञ्चालनभएको संस्थाहो । संस्थाले पत्रकारहरुको पेशागत र भौतिक सुरक्षाको ग्यारेण्टि सरकार र सरोकारवाला पक्षबाट हुनुपर्छ भन्ने पैरवीगर्दै आईरहेको छ । कृषिको विषयलाई मुख्यविषयवनाएर समाचार लेख्ने पत्रकारहरुलाई उच्चमनोवलका साथ पेशागत क्षेत्रमा सक्रिय रुपमाकामगर्न उर्जा थप्ने अभिप्रायले नेपाल कृषिपत्रकार प्रतिष्ठानले यस कल्याण कारी कोषको स्थापना गरेको हो । कल्याणकारी कोषले पत्रकारहरुलाई ठूलो ठूलो घट्ना दुर्घटना भएको समयमा सनो भएपनि राहतमहशुस गराउने कार्य गर्न सहयोग पुग्ने छ ।

कृषि पत्रकारिता पुरस्कार :
नेपाल कृषि पत्रकार प्रतिष्ठान(जोना)ले कृषि क्षेत्रमा निरन्तर रुपमा मोफसल तथा राजधानीमा बसेर सक्रियतापूर्वक कलम चलाउने सञ्चारकर्मीलाई हौसला र प्रोत्साहन प्रदान गर्न २०७१ सालदेखि पुरस्कारको व्यवस्था गरेको छ । पुरस्कार निम्नअनुसार बितरण गर्ने जोनाको योजना छ ।
बिधाहरु :
१. कृषि पत्रकारिता पुरस्कार छापा तर्फ
२. कृषि पत्रकारिता पुरस्कार टेलिभिजन तर्फ
३. कृषि पत्रकारिता पुरस्कार रेडियो तर्फ
४. कृषि पत्रकारिता पुरस्कार अनलाइन तर्फ
५. कृषि खोजी पत्रकारिता पुरस्कार खोज तथा बिषय गत तर्फ
(पाँच बिधामा प्रदान गरिने पुरस्कारको राशि रु. १० हजार नगद, सम्मान पत्र र दोसल्लाको व्यवस्था छ ।)

  • नेपाल कृषि पत्रकार प्रतिष्ठान(जोना) को भावि कार्ययोजना :
    १. क्षमता अभिबृद्धि
    १.(१.) तालिम :
    क दुई दिने कृषि विकास अभिमूखिकरण पत्रकारिता तालिम :
    राष्ट्रिय दैनिक, टेलिभिजन, बढी क्षमताका एफएम रेडियो तथा ठूला अनलाइनमा कम्तीमा ३ बर्षदेखि नियमित रुपमा कृषि पत्रकारिता गर्दै आएका सञ्चारकर्मीहरुको कृषि क्षेत्रसम्बन्धी क्षमता अभिबृद्धिका लागि बर्षमा एक पटक २ दिने पत्रकारिता तालिम सञ्चालन गरिनेछ । यो तालिम उपत्यकासहित पाँंचै विकास केन्द्रमा केन्द्रविन्दु हुने गरी पाँंच स्थानमा सञ्चालन गरिनेछ । नियमित रुपमा कृषि समाचार लेखिरहेका सञ्चारकर्मीलाई तालिममा सहभागी गराइनेछ । तालिममा सहभागी हुनेहरुले कम्तिमा १० वटा प्रकाशित समाचारका प्रतिलिपी, दृश्य र श्रब्य सामाग्री उपलब्ध गराउनुपर्नेछ । यो तालिम प्राप्त गरेपछि हाल कृषि पत्रकारिता गर्दैआएका पत्रकारहरुलाई अझ सशक्त रुपमा कृषि सम्बन्धी निष्पक्ष तथा सहि समाचार संपे्रषण गर्न सहयोग पुग्नेछ ।

           ख. पाँंच दिने कृषि खोजमूलक पत्रकारिता तालिम :
राष्ट्रिय दैनिक, टेलिभिजन, बढी क्षमताका एफएम रेडियो तथा ठूला अनलाइनमा कम्तीमा ३ बर्षदेखि नियमित रुपमा कृषि पत्रकारिता गर्दै आएका सञ्चारकर्मीहरुको कृषि क्षेत्रसम्बन्धी क्षमता अभिबृद्धिका लागि बर्षमा एक पटक ५ दिने खोजी पत्रकारिता तालिम सञ्चालन गरिनेछ । यो तालिम  उपत्यकासहित पाँंचै विकास केन्द्रमा केन्द्रविन्दु हुने गरी पाँंच स्थानमा सञ्चालन गरिनेछ । नियमित रुपमा कृषि समाचार लेखिरहेका सञ्चारकर्मीलाई तालिममा सहभागी गराइनेछ । तालिममा सहभागी हुनेहरुले कम्तिमा १० वटा प्रकाशित समाचारका प्रतिलिपी, दृश्य र श्रब्य सामाग्री उपलब्ध गराउनुपर्नेछ ।  यो तालिम प्राप्त गरेपछि हाल कृषि पत्रकारिता गर्दैआएका पत्रकारहरुलाई अझ सशक्त रुपमा कृषि सम्बन्धी निष्पक्ष तथा सहि समाचार संपे्रषण गर्न  सहयोग पुग्नेछ ।

१. (२.) प्रशिक्षक उत्पादन :
क. नेपाल कृषि पत्रकार प्रतिष्ठानले कृषि बिषयमा विभिन्न समयमा पत्रकारिता तालिम उपलब्ध गराउन यो कृषि कार्ययोजना लागु भएको पहिलो दुई बर्षमा कम्तिमा बिकास पत्रकारितातर्फ दुई र खोज पत्रकारितातर्फ दुई जना गरेर चारजना प्रशिक्षक उत्पादन गर्नेछ । कार्ययोजनाको चौथो बर्षसम्ममा दुवै क्षेत्रमा थप एक एक प्रशिक्षक उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

२. कृषि पत्रकारका लागि बिशेष सुविधा :
२. (क.)
श्रमजिवी पत्रकारहरु आर्थिक रुपमा सवल नहुने भएकाले र समय समयमा स्वास्थ्य , आकस्मिक दुर्घटना तथा दैवी प्रकोपजस्ता समस्याहरु आइपर्ने भएकाले त्यस्ता समस्याहरु समाधान गर्न संस्थाले एउटा अक्षय कोष खडा गर्ने योजना बनाएको छ । विभिन्न सरोकारवाला निकायको सहयोगमा यो कोष खडा गरिनेछ । स्वास्थ्य, दुर्घटना तथा दैवी प्रकोपजस्ता समस्यामा परेका संस्थासंग आवद्ध साथीहरुलाई कूल लागत खर्चको ४० प्रतिशत सहयोग गर्ने व्यवस्था मिलाइनेछ ।
२. (ख.) अस्पतालमा सुलभ दरमा उपचारका लागि अस्पतालको सहकार्यमा बिशेष छुटको व्यवस्था मिलाइनेछ ।
२. (ग.) कृषि क्षेत्रमा कार्यरत रहेका पत्रकार साथीहरुका लागि दुर्घटना तथा स्वास्थ्य विमाको योजनालाई मूर्त रुपमा दिइनेछ ।

  • मासिक बुलेटिन तथा अन्य अनुसन्धानात्मक प्रकाशन :

नेपाल कृषि पत्रकार प्रतिष्ठानले हरेक महिनामा एउटा मासिक बुलेटिन प्रकाशित गर्नेछ । जसमा कृषिसम्बन्धी खोजी समाचार, लेख र रचनालाई बिशेष प्राथमिकता दिनेछ । यो कार्यका लागि आवश्यक सेवा सुविधा उपलब्ध गराएर आवश्यक संख्यामा कृषिसम्बन्धी जानकारी राख्ने संचारकर्मी भर्ना गर्न सक्नेछ । यसबाहेक आवश्यक परेको समयमा थप प्रकाशनहरु प्रकाशित गर्न सकिनेछ ।

  •  कृषि खोजमुलक बुलेटिन प्रकाशन :
    नेपाल कृषि पत्रकारिता प्रतिष्ठानले कृषिसम्बन्धी खोज पत्रकारिता समिति बनाएर उक्त समितिमार्फत फेलोसिपको सहयोगमा महिनामा कम्तिमा ३ बटा कृषि खोज समाचार तयार पारेर “कृषि खोज समाचार” बुलेटिन मार्फत बिक्रि वा सहुलियत दरमा बिक्रि बितरण गर्ने व्यवस्था मिलाउनेछ । यसका लागि खोजी समाचार संकलन गर्ने सञ्चारकर्मीलाई आवश्यक सेवा सुविधा प्रतिष्ठानले उपलब्ध गराउनेछ ।
  • एफएम रेडियोका लागि सामाग्री उत्पादन, बितरण तथा प्रसारण 
  • टेलिभिजनका लागि सामाग्री उत्पादन, बितरण तथा प्रसारण 

केन्द्रिय कार्यालय :
सिंहदरबार पूर्वी गेट(युनियन हाउस जाने बाटो)
अनामनगर, काठमाडौं

फोन नंं. : ०१— ४१०२८६३

Email :

नेपाल कृषि पत्रकार प्रतिष्ठान(जोना)  :

[email protected]/ [email protected]

कृषि उपभोक्ता डबली :

[email protected]

न्युज एग्रो डट कम :

[email protected]

News Online Portal : www.newsagro.com

Facebook : https://www.facebook.com/agronewsnepal/

https://www.facebook.com/jonna.agro

Follow Us  On  Twitter : https://twitter.com/[email protected]

News Agro Like Paje : 
https://www.facebook.com/pages/Newsagronepal/186598844868676


 हाम्रा सामाजिक सञ्जालहरु : 

नेपाल कृषि पत्रकार प्रतिष्ठान(जोना) को फेसबुक :

plz search: ‘Jonaa Agriculture Journalist’

रचनात्मक प्रतिक्रिया दिनुहोस् :