अलैंचीको मूल्य हालसम्मकै उच्च
यो समाचार 240 पटक पढिएको
विगत १० वर्षदेखि अलैंचीको व्यापार गर्दै आएका जोशीका अनुसार यो मूल्य हालसम्मकै उच्च हो। यस वर्ष अलैंचीको मूल्य अझै बढ्ने व्यवसायीको अनुमान छ। यस वर्ष उत्पादनमा भारी गिरावट आएकाले बजारमा अलैंचीको अभाव भई मूल्य वृद्धि हुने अलैंची व्यवसायी तुलसी ढकाल बताउँछन्।
उनका अनुसार विगतका तुलनामा यस वर्ष अलैंची उत्पादन आधाले घटेको छ। यस वर्ष असारसाउनमा अलैंचीको मूल्य प्रतिमन एक लाख रुपैयाँको हाराहारीमा पुग्ने अलैंची व्यवसायी ढकालले बताए। तेह्रथुमसहित पूर्वी नेपालमा उत्पादित अलैंची भारत हुँदै श्रीलंका, बंगलादेश र खाडी मुलुकसम्म पुग्ने गरेको व्यवसायीले बताएका छन्।
विशेषगरी मसला, औषधि र सेन्ट निर्माणका लागि अलैंची अन्तर्राष्ट्रिय बजारसम्म पुग्ने गरेको छ। अलैंची धेरै गर्मी हुने क्षेत्र खाडी मुलुकमा बढी निकासी हुने व्यवसायीको भनाइ छ। तेह्रथुममा मात्र यस वर्ष ४१ करोड रुपैयाँको अलैंची उत्पादन भएको छ। जिल्लामा यस वर्ष दुई सय ४५ मेट्रिक टन अलैंची उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत तपेन्द्र शाहले बताए।
जिल्लामा ६ सय ५० हेक्टर जग्गामा अलैंची उत्पादन भइरहेको छ। अलैंचीमा ढुसीजन्य रोगका कारण कही वर्षयता उत्पादनमा गिरावट आए पनि यस वर्षदेखि तेह्रथुममा सुधार आएको जिल्ला कृषि विकास कार्यालयको दाबी छ।
अरू जिल्लामा अलैंची उत्पादनमा भारी गिरावट आइरहेको बेला यस वर्ष तेह्रथुममा भने ६ प्रतितशले उत्पादन बढेको कार्यालयको वागवानी शाखाका प्राविधिक सहायक हरिगोपाल आचार्यले बताए। उनका अनुसार गएको वर्ष जिल्लामा दुई सय ३२ मेट्रिक टन अलैंची उत्पादन भएको थियो भने यस वर्ष दुई सय ४५ मेट्रिक टन उत्पादन भएको छ।
अलैंची खेती संरक्षणका लागि सरकारले अलैंची रोग व्यवस्थापन तथा नर्सरी स्थापना कार्यक्रम लागू गरेपछि उत्पादन वृद्धि भएको उनको भनाइ छ। सरकारले तीन वर्षअघि तेह्रथुमसहित पूर्वी पहाडमा अलैंची रोग व्यवस्थापन तथा नर्सरी स्थापना कार्यक्रम सुरु गरेको थियो।
रचनात्मक प्रतिक्रिया दिनुहोस् :