सर्लाहीको एक हजार हेक्टरको मकैको बोटमा घोघा लागेन

यो समाचार 99 पटक पढिएको

दाना नलागेको मकैको घोगा देखाउँदै सर्लाहीका स्थानीय किसान ।

सर्लाही, ४ चैत । एक हजार हेक्टर जमिनमा लगाएको मकै खेतीले सर्लाहीका किसानलाई यतिखेर रुनु न हास्नु बनाएको छ ।

सो क्षेत्रफलमा जिल्लाको अन्न भन्डारका रुपमा चिनिएको राजघाट, शंकरपुर, हजरिया, बरहथवा, मुर्तिया लगायत क्षेत्रका किसानले लगाएको मकैमा रहरलाग्दा घोगा लागेपछि उत्साहित बनेका किसान त्यसमा दाना भने नदेखेपछि चिन्तित बनेका छन् । जिल्ला कृषि विकास कार्यालयका अनुसार सर्लाहीको यस क्षेत्रमा ११ हजार २ सय हेक्टरमा मकै खेती हुने गरेको छ ।

त्यसमध्ये हजार हेक्टरभन्दा बढीमा लगाइएको मकैका घोगामा भने दाना नलागेको हो । फलेर मकै काट्ने समय नजिकिँदै गर्दा घोगा लागेपनि दाना नलागेको हो । अहिलेको मकैको घोगामा दाना नलागेको देखेपछि मकै खेती लगाइसकेका किसानहरू सुर्तामा छन् ।

किसानले उत्पादन बढाउन उन्नत जातका भनिएका बन्नी, ड्रागन, श्रेष्ठा, सिपी ८३८ नामक हाइब्रिड मकैका बिउ महँगो दाममा किनेर रोपेका थिए । कृषि प्राविधिकको परामर्शअनुसार भिटामिन, मल, कीटनाशक औषधीको प्रयोग गर्नुको साथै आवश्यक सिंचाइ समेत गरेको किसानहरू बताउँछन् । बागमती नगरपालिका–६ राजघाटका मकै किसान डिल्लीबहादुर भण्डारीले २ बिगाहमा मकै लगाएका छन् ।

खेती लगाउँदा प्रतिकठ्ठा १५ सयदेखि २ हजारसम्म खर्च लाग्ने उनले बताए । अर्का किसान नारायण कोइराला भन्छन्, ‘खेतीको आम्दानीले सबै व्यवहार धान्नु पर्नेमा अब खेती लगाउँदाको खर्च पो कसोगरी पुर्ताल गर्ने हो भन्ने समस्या भयो ।’ मलखाद, बिउ, सिँचाईं लगायतका लागि गरेको खर्च मकै बेचेर तिर्ने गरेकोमा अब बारी नै बेच्नु पर्ने अबस्था आउन लागेको उनी चिन्ता व्यक्त गर्छन् । यस्तै अन्य स्थानीय किसानहरु सरस्वती न्यौपाने, निर्मला कार्की, जानुका कार्की र पुण्य खड्काले पनि मकै खेती कै कारण बास नै उठ्ने होकि भन्ने चिन्ता लागेको बताए ।

किसानले उत्पादन बढाउन उन्नत जातका भनिएका बन्नी, ड्रागन, श्रेष्ठा, सिपी ८३८ नामक हाइब्रिड मकैका बिउ महँगो दाममा किनेर रोपेका थिए । कृषि प्राविधिकको परामर्शअनुसार भिटामिन, मल, कीटनाशक औषधीको प्रयोग गर्नुको साथै आवश्यक सिंचाइ समेत गरेको किसानहरू बताउँछन् ।

थुपै्र स्थानीय किसानले जिल्लाको राजघाटका एग्रोभेट बीउ बिक्रेता वसन्त बुढाथोकीबाट मकैका उन्नत जातको बिउ खरिद गरेर बाली लगाएका हुन् । बीउ बिक्रेता बुढाथोकी भन्छन्, ‘म मकैको बीउ बिक्रेता मात्र नभएर स्थानीय किसान पनि हो । यसपाली ज्यादै ठण्डी भएकोले पनि दाना नलागेको हुन सक्छ । तर यसको खास कारण के हो भन्ने अनुसन्धान नगरी भन्न सकिन्न ।’ मकैमा दाना नलागेको गुनासो कहिकतैबाट पनि आफुसम्म आइनपुगेको जिल्ला कृषि कार्यालय सर्लाहीका निमित्त कार्यालय प्रमुख हरेन्द्रप्रसाद गोईतले बताए । उनले भने — ‘पहिलापहिला पनि मकैमा दाना नलाग्ने समस्या देखिएको थियो । त्यतिबेला मौसम अनुकुल नभएर दाना नलागेको बताइएको थियो ।

१० डिग्री सेल्सियसभन्दा कम तापक्रम लामो समयसम्म रह्यो भने यस्तो समस्या आउँछ । तथापि यसको खास कारण यही नै हो भन्न यसै सकिन्न ।’ सर्लाहीमा २०६६ / ६७ सालमा पनि किसानले करीव १६ हजार हेक्टरमा लगाएको मकै खेतीमध्ये करिब ४० प्रतिशत घोगामा दाना नलाग्ने तथा सुत्लासमेत नच्याप्नाले किसानहरूको बिल्लीबाठ भएको थियो । एकै सिजनमा दुई बाली सहजै भित्र्याउन सकिने भएकाले पनि मकै खेतीतर्फ किसान बढी आकर्षित भएका हुन् । तर उन्नत जातको बिउ भनेर बाली लगाउँदा घोगामा दाना नलागेपछि मकै खेतीबाट यसअघि पनि किसानले ठूलो नोक्सानी सहनुपर्दै आएको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :