च्याउ किसानलाई खुशीको खबर, अब च्याउको पनि बीमा

यो समाचार 525 पटक पढिएको

काठमाडौं। नेपालमा बढ्दो च्याउ खेतीलाई मध्यनजर गर्दै बीमा समितीले च्याउको गर्ने भएको छ ।

काठमाडौँको नेपालमा च्याउखेतीको बिमा, अवसर र चुनौती विषयक अन्तक्रियात्मक कार्यक्रममा बोल्दै बिमा समितीका उप निर्देशक कुन्दन सापकोटाले च्याउको लागि पनि छुट्टै बिमा निती आवश्यक परेको र किसानलाई थप सहयोग गर्न च्याउ निती बनाउन बिमा समिती तयार रहेको बताउनुभयो ।

उक्त अवसरमा व्यवसायिक किट विकास निर्देशनालयका प्रमुख गणेश चन्द्र ढकालले सरकारले बिमामा आकर्षण बढाउन बिमाको प्रिमियममा अनुदान बढाउनुपर्ने बताउनुभयो ।

सो अवसरमा एसिया फ्रेण्डसिप एसोसिएसन जापानका अध्यक्ष अनोज शाक्यले आफुले नेपाली च्याउ कृषकलाई प्रविधिमुखी बनाउन जापानका विभिन्न निकायसंग समन्वय गरी कृषकलाई सहयोग गर्न आफु तयार रहेको बताउनु भएको थियो ।

२ सय ५० जना च्याउ कृषक, विज्ञ तथा सरोकारवालासँगको बिचमा समस्या जिज्ञासाहरु उठान गर्दै समाधान समेत खोजीएको थियो । कार्यक्रममा निर्जिवन बिमा कम्पनी अन्तर्गत १० ओटा बिमा कम्पनीका पदाधिकारीहरु उपस्थिती रहेको थियो ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :