तरकारीको सिन्थेटिक पाइरिथ्रोइड्सको मात्रा परीक्षण हुने

यो समाचार 116 पटक पढिएको

काठमाडौं । हरियो तरकारीमा प्रयोग हुँदै आएको सिन्थेटिक पाइरिथ्रोइड्स र फंगिसाइडको मात्रा परीक्षण गरिने भएको छ ।

नेपालमा सिन्थेटिक पाइरिथ्रोइड्स हरियो तरकारीमा व्यपक रूपमा प्रयोग हुँदै आएको किट्नाशक विषादी भए पनि उत्पादित तरकारीमा त्यसको मात्रा कति छ भनेर पहिलोपटक प्रयोग गर्न लागिएको कालिमाटीस्थित विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाले जनाएको छ ।

कृषि, भूमि व्यवस्थापन तथा सहकारी मन्त्रालयअन्तर्गतको बाली संरक्षण निर्देशनालयले स्थापना गरेको उक्त प्रयोगशालाले कालिमाटी तरकारी बजारमा बेच्न ल्याइएको तरकारीमा प्रयोग भएको अर्गानोफोस्फरस र कार्बामेट विषादीको मात्रा मात्र परीक्षण गर्दै आएको थियो ।

फंगिसाइड ढुसीविरुद्ध प्रयोग गरिने विषादी हो । ‘हामी अब सिन्थेटिक पाइरिथ्रोइड्स र फंगिसाइडको मात्रा परीक्षण गर्ने तयारी गर्दैर्छौं,’ बाली संरक्षण निर्देशनालयका वरिष्ठ बाली संरक्षण अधिकृत राजीव राजभण्डारीले बताए । त्यसका लागि प्रयोगशालाका कर्मचारीलाई तालिम दिइसकेको र परीक्षणका लागि आवश्यक टेस्ट किट्स ल्याइसकेको उनले जानकारी दिए ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :