गोलभेंडाको समस्या बुझदै स्थानीय गाउँपालिका

यो समाचार 70 पटक पढिएको

पाँचथर । विगत एक महिनादेखि गोलभेंडा भारत निकासी नहुँदा चिन्तित बनेका पाँचथरको याङवरक र हिलिहाङका कृषकको बारीमै पुगेर जनप्रतिनिधी सहितको टोलीले अनुगमन गरेको छ ।

गाउँपालिमामा उत्पादन भएको गोलभेडा जिल्लाकै विभिन्न बजारमा लगेर विक्री गर्ने वातावरण बन्ने हो भने भारत सम्म लैजानु नपर्ने निष्कर्ष टोलीले निकालेको छ ।

याङवरक गाउँपालिका उपाध्यक्ष कमला कुमारी योङहाङको नेतृत्वमा गएको टोलीले पालिका क्षेत्रभित्र रहेका विभिन्न किसानहरुको बारीमा पुगेर कृषकहरुको समस्या बुझेक थिए ।

गोलभेडा भारत निकासीका लागि भने स्थानिय तहबाट पहल हुन नसक्ने भएकाले यसका लागि प्रदेश सरकारलाई भारतको प्रदेश सरकारसँग पहल गरिदिन सिफारिस गर्ने तयारी भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत डम्बर आङदेम्बेले बताए ।

गोलभेडा निर्यात तथा बजारीकरण गर्न आगामी साउन ११ गते किसानहरु सँग छलफल तथा अन्तरक्रिया गरिने भएको छ । गोलभेंडा आयातको सूचीमा नपरेको भन्दै भारतले एक महिना देखि निकासीमा अबरुद्ध गरिदिँदा यस क्षेत्रमा मात्रै ३ करोड वढिको गोलभेंडा बारीमै कुहिएको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :