मोबाइल बाटै चल्छ खुमटार फार्मका सबै काम

यो समाचार 130 पटक पढिएको

काठमाडौं, २६ जेठ । नेपाली कृषि क्षेत्रलाई प्रविधि सिकाउने, नियमन र निर्देशन गर्ने सरकारीकार्यालयहरुको काम कारबाही हर्ने हो भने समान्य किसानले कृषि फार्म गर्दाको भन्दा पनि कम्जोर देखिन्छ ।

नेपाली पुरानो “उखान नै छ सरकारी काम कहिले जाला घाम ” । सरकारी काम राम्रो हुन्न वा ढिलासुस्ती हुन्छ भन्ने आम मान्यतालाई गलत साबित गर्दै तरकारी विउ उत्पादन केन्द्र हाल तरकारी विकास केन्द्रका फार्म प्रबन्धक अरुण काफ्लेले अत्याधुनिक नयाँ प्रविधिको प्रयोग गरी फार्म केन्द्रलाई नेपाल कै नमुना र उच्च प्रविधि प्रयोग भएको फार्म केन्द्रको रुपमा विकास गरेका छन् । तीन आर्थिक वर्षको बजेट सदुपयोग गरी काफ्लेले फार्म केन्द्रमा पछिल्लो समय विकास भएका सबै किसीमका प्रविधिहरु,थोपा सिँचाई, मल्चिङ प्लाष्टिकको प्रयोग, माटो बिनाको खेती प्रविधि, आक्वापोनिक प्रविधि, हाइड्रोपोनिक प्रविधि सहित उच्च प्रविधि प्रयोग गरी मोबाइलबाट नै थोपा सिँचाइबाट पानि राख्ने, आटोमेटिक सिस्टम समेत जडान गराएका छन् ।

१४ रोपनी क्षेत्रमामा फैलिएको खुमलटारमा रहेको यस फार्म साँच्चै नै हेर्न लायक र प्रविधिको प्रयोग गर्न चाहाने किसानको लागि बुझन लायक ठाँउ भएको छ । फार्मको गेट बाट नै व्यवसायिक तरकारी खेती प्रविधि र उच्च प्रविधि सँग सम्बन्धित जानकारी सहित सुन्दर फूल बगैँचाले किसानलाई स्वागत गरेको अनुभव हुन्छ । २ वर्ष अघिको फार्म केन्द्र र आज भोलिको फार्म केन्द्रमा आकाश जमिनको फरक देख्न सकिन्छ ।
प्राङगारिक खेतीको एक नमुना सेट

आव ०७२।७३ बाट फार्म प्रबन्धको जिम्मेवारी समालेका काफ्लेले आफ्नो सुझबुझ सहित कम लागतको प्रयोगमा इन्जिनियरिङ पढिरहेको विद्यार्थिहरुको साहयता लिई एउटा उच्च प्रविधि भएको हाइटेक ग्रिन हाउस मात्र १४ लाख रुपैँया लागतमा मोबाइल बाट फार्मको अवस्था बारे जानकारी लिन सक्ने एप्लिकेसन सहितको ग्रिनहाउस निर्माण गराएका छन् । यस सँगै उनले मोबाइलबाटै नियन्त्रण गर्न मिल्ने हाइड्रोपोनिक सिस्टम भएको २ सेट, अटोमेटिक सिस्टम सहितको आक्वापोनिक र्फामिङ नमुना एक सेट फार्ममा जडान गराएका छन् । २ वर्षको विचमा नै फार्मले धेरै कोल्टेफेरेको देख्न सकिन्छ । केहि वर्ष अघि सम्म फार्म केन्द्रमा प्रबन्धको रुपमा काम गर्न गाह्रो मान्ने कर्मचारीहरु अहिले यस फार्म केन्द्रमा आउनकालागि प्रतिस्पर्धा गर्न थालेका छन् । पछिल्लो समय फार्म केन्द्रमा अध्ययन तथा अवलोकन गर्न आउने किसान तथा व्यवसायिहरुको घुइँचो नै लाग्ने गरेको छ । व्यवसायिक तरकारी खेतीमा विकास भएका पछिल्लो सबै प्रविधिहरुको नमुना यस फार्म केन्द्रमा अवलोकन गर्न पाइने हुनाले देशका विभिन्न भागबाट यस केन्द्रमा आउनेको संख्या दिनानु दिन बढ्दै गएको छ ।

१ करोड लागतमा १४ रोपनि क्षेत्रफलमा सम्पूर्ण नयाँ प्रविधिको प्रयोग
मोबाइलबाट सञ्चालन गर्न मिल्ने १४ लाख लागत मै तयार भएको हाइटेक नर्सरी

प्रविधि प्रसारमा मन्त्रालयको ध्यान पुगेन
काफ्ले फार्म प्रबन्धक भएर आएपछि उनले ३ वटा आर्थिक वर्ष आएका बजेटहरुलाई उपयोग गरि यस केन्द्रलाई सबैले हेर्न लायक र नमुना फार्म केन्द्रको रुपमा चिनाउन सफल भएका हुन् । उनले आव २०७३।७४ को कुल उत्पादन सामाग्री बजेट ४६ लाख, आव ०७४।७५ को कुल उत्पादन सामाग्री बजेट ३३ लाख र आव ०७५।०७६ को २१ लाख बजेटको सदुपयोग गरी ग्रिन हाउस, थोपाँ सिचाई प्रविधि, मल्चिङ प्रविधि,उच्च स्तरको हाइटेक प्रविधि सहितको ग्रिन हाउस, माटो विना खेती गर्न मिल्ने प्रविधि, हाइड्रोपोनिक प्रविधि जस्ता विभिन्न नयाँ प्रविधिहरु सहित कसरी उत्पादन गर्न सकिन्छ भन्ने नमुनाहरु फार्म केन्द्रमा जडान गराएका हुन् ।

यस फार्म केन्द्रले प्रत्येक वर्ष तरकारीका विभिन्न विरुवा र बिउ विक्री गरेर राम्रो राजस्व पनि संकलन गर्दै आएको छ । काफ्ले यस केन्द्रको फार्म प्रबन्धक भएर आउदा फार्म केन्द्रले बार्षिक रुपमा १० लाख मात्र राजस्व संकलन गर्दै आएकोमा उनले केन्द्रको नेतृत्व समाले यता प्रति वर्ष १८ देखी २५ लाख रुपैया सम्म राजस्व संकलन हुदै आएको छ । यस फार्म केन्द्रमा अफिस स्टाप १५ जना रहेका छन् भने फार्ममा १४ जना ज्यामी काम गर्नेले नियमीत रुपमा रोजगारी पाएका छन् । कृषि क्षेत्रमा काम गर्ने कर्मचारीले साँच्चै काम गरेर देखाउन चाहाने हो भने काफ्ले एक नमुना पात्र हुन्, उनले फार्म केन्द्रका नाममा आएको बजेटलाई सहि अर्थमा र सहि स्थानमा सदुपयोग गरी साँच्चै नै प्रशंसा योग्य काम गरेका छन् । उनको जस्तै काम गर्ने लगन कृषि क्षेत्रमा काम गर्ने सबै कर्मचारीमा हुने हो भने नेपाली कृषि क्षेत्र र किसानले पनि सरकारी क्षेत्रबाट प्रविधिको राम्रो जानकारी पाउन सक्थे । कृषि क्षेत्रमा अनुसन्धानको काम गर्ने भनिएको संस्था कृषि अनुसन्धान परिषद्ले पनि उनको काम बाट केहि सिक्नुपर्ने समय आएको छ ।

आक्वापोनिक प्रविधिको विषयमा जानकारी दिदै फार्म प्रबन्धक अरुण काफ्ले

काफ्ले भन्छन् बजेट ठुलो कुरा होइन काम गर्ने इच्छा शक्ति नै ठुलो हो, कम भन्दा कम लागतमा बढी भन्दा बढी फाइदा दिने उच्च स्तरको प्रविधि नेपाली किसान र कृषि क्षेत्रले उपयोग गर्न सक्ने भएपनि विभिन्न वाहानामा प्रविधिलाई नेपाली किसानले महँगो तिर्नुपरेको उनको अनुभव छ । किसानलाई महंगो महंगो संरचनामा अनुदान होइन कि उनिहरुलाई दिने सिप र प्रबिधि सिकाइ दक्ष बनाउने र सरल रुपमा कृषि कर्जा सहित सजिलो र सस्तो संरचना निर्माण गरी अहिलेको अनुदान मोडल नै परिर्वतन गर्नुपर्ने उनको बुझाइ छ । कामदारलाई विहान, दिउँसो र बेलुका गरि विभिन्न सिफ्टमा काम गर्न लगाउँदा फरक फरक भरपाइ बनाउनुपर्ने कागजि झमेला रहेको उनले जानकारी दिए । पछिल्लो समय नेपाली कृषि क्षेत्रमा अनुदानको आडमा कृषि क्षेत्रको संरचना ९ग्रिन हाउस, लागयतका संरचना०मा अनुदान दिने होडबाजी नै चलेकाले यसले किसानलाई दिर्घकालिन रुपमा फाइदा नहुने फार्म प्रबन्धक काफ्ले बताउँछन् ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :