नेपालमै भेटियो अमेरिकन फौजी किरा, जसले मकै खेती नष्ट गर्छ

यो समाचार 67 पटक पढिएको

काठमाडौं । विभिन्न बालीनालीमा सिधै आक्रमण गर्न सक्ने विध्वन्सकारी अमेरिकन फौजी किरा नेपालमा पहिलो पटक भेटिएको छ ।

अन्यबाली भन्दा मकैमा सबै भन्दा बढी आक्रमण गर्ने अमेरिकन फौजी किरा नेपाल पहिलो पटक भेटिएको नेपाल कृषि अनुसन्धान परिषद नार्कले पृष्टि गरेको हो ।  नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तगर्त किट बिज्ञान महाशाखाका वैज्ञानिकहरुको टोलीले नवलपरासी जिल्लाको गैडाकोट क्षेत्रबाट यही बैशाख २६ गते नेपाल पहिलो पटक आक्रमणकारी अमेरिकन फौजी किरा भेटिएको आइतवार नार्क परिसरमा आयोजित पत्रकार सम्मेलन गरि जानकारी दिइएको हो ।

आयोजित पत्रकार सम्मेलनमा किट विज्ञान महाशाखाका प्रमुख डाक्टर प्रेमनिधि शर्माले नार्क अन्तगर्तको किट विज्ञान महाशाखाका वरिष्ठ वैज्ञानिक रत्न बज्राचार्य तथा प्राविधि अधिकृत बिनु भाटको टोलीले उक्त किराको पहिचान गरि प्रयोगशालामा अध्यन गरि खतरनाक फौजी किरा नै भएको पृष्टि गरिएको जानकारी दिनुभयो ।

किराको रोकथामका लागि जथाभावी रुपमा अनुपयुक्त बिषादीहरु प्रयोग गर्नले मानव तथा पशुपंक्षीको स्वास्थ्यमा नकारात्मक असर पार्नुका साथै अमेरिकन फौजी किराले भविष्यमा बिकाराल रुप लिन सक्ने खतरा रहेको भन्दै प्रमुख शर्माले आम किसानलाई सचेत रहन आग्रह पनि गर्नुभयो ।

खतरनाक अमेरिकन फौजी किराले नोक्सानी गरेको अवस्थामा नेपाली किसानहरुको खाद्य सुरक्षा तथा आर्थिक अवस्थामा समेत असर गर्ने भएको हुँदा यसको समुचित व्यवस्थापन तथा रोकथामका लागि एक साता भित्र विभिन्न विकल्प निकाल्न वैज्ञानिकहरुको टोली सक्रिय रहेको जानकारी पनि दिनुभयो ।

अमेरिकी महादेश बाहिर अफ्रीकी महादेशको नाइजेरियामा पहिलो पटक सन २०१६ को जनवरी महिनामा देखा परे पश्चात यो किरा ४० अफ्रीकी मुलुकमा फैलीसकेको छ भने एशिया महादेशमा पहिलो पटक सन २०१८ को मई महिनामा भारतको कर्नाटक राज्यमा उक्त किरा भेटिएको थियो । तत्पश्चात अमेरिकन फौजी किरा श्रीलंका, म्यानमार, भियतनाम, थाइल्याण्ड तथा चीनमा समेत भेटिसकेको आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

अन्नबालीमा व्यापक रुपमा नोक्सानी पुर्याउने सो कीराले अमेरिकाको रैथानी किरा हो । यस कीराको लार्भाले अन्नबाली लगायत विभिन्न ८० प्रकारका बालीनालीमा क्षती पुयाउने गरेको किट विज्ञान महाशाखाका वैज्ञानिक अजयश्री बज्रचार्यले जानकारी दिए ।

मुख्यतः मकै मन पराउने यो कीराले मकै नपाएको अवस्थामा जुनेलो, धान, गहुँ, कोदो, उखुबाली, घाँसेबाली, बन्दा, चुकन्दर, बदाम, भटमास, प्याज, कपास, गोलभेंडा, आलुबालीमा समेतमा क्षति पुर्याउने गरेको उनले बताए । बालीनालीका लागि अहिलेसम्मकै सबभन्दा खतरनाक यो किरा खाना तथा वासस्थानको खोजीमा यस कीराको वयस्क पुतली एकसय किलोमिटरसम्म पनि उडेर जान सक्छ । कीट विज्ञान महाशाखाको प्रयोगशालामा वैज्ञानिक अध्ययन गरि नवलपरासी क्षेत्रबाट फेला पारिएको कीरा नामक यो अमेरिकी फौजी कीरा नै भएको पुष्टि भएको उनले बताए ।

अमेरीका पछि अफ्रिकी महादेशको नाइजेरियामा पहिलो पटक सन २०१६ को जनवरी महिनामा देखा परेपश्चात यो कीरा ४० अफ्रिकी मुलुकमा फैलिसकेको छ । यो कीराले गर्दा सन २०१७ मा अफ्रिकाको मकै उत्पादन गर्ने १२ देशमा मात्र ४ करोड जनसंख्यालाई असर गरेको छ भने ५३ प्रतिशत मकै उत्पादनमा कमी ल्याएको छ । यसबाट झण्डै ६.१९ अर्ब अमेरिकी डलर बराबरको आर्थिक नोक्सानी पनि भएको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :