अब नुनिलो अण्डाको स्वाद लिनुस् !

यो समाचार 220 पटक पढिएको

काठमाडौं । भारतको केन्द्रिय पक्षी अनुसन्धान संस्थान(सीएआरआई) ले यस्तो अण्डाको विकास गरेको छ, जसलाई उमालि सकेपछि नुन हाल्नु पर्दैन् । अर्थात नुन हालेर खानु पर्दैन् ।

यो अण्डा पहिलेदेखि नै नुनिलो हुन्छ । यसले गर्दा खानेवेलामा यसमा नुन हाल्न आवश्यक पर्दैन् । भारतको बरेलीस्थित सिएआरआईको बैज्ञानिकले केही बर्षदेखि नुनिलो अण्डामाथि अध्ययन गरिरहेका थिए । बैज्ञानिकले विकास गरेको यो अण्डालाई सोझै उमालेर बोक्रा झिकेर खान सक्नुहुनेछ ।

यस्तो छ प्रविधि
सिएआरआईको बरिष्ठ बैज्ञानिक डा. एएस यादबकाअनुसार यो अण्डा सामान्य अण्डाजस्तै छ । यो अण्डालाई उमालेर ४८ घण्टासम्म राख्न सकिन्छ । तर सामान्य अण्डालाई २४ घण्टासम्म मात्र राख्न सकिन्छ । नुनिलो अण्डा तयार गर्न धेरै खर्च हुन्छ, सामान्य अण्डाजस्तै । यो अण्डा अहिले बजारमा उपलब्ध छैंन् । तर कसैले व्यवसायिक रुपमा यो अण्डा उत्पादन गर्न चाहन्छ भने यो संस्थाबाट पाँच हजार भारतीय रुपैयाँको लागतमा अनुमतिपत्र लिएर प्रविधि लिन पाउछ । साथै दुईदेखि तीन दिनको तालिम पनि लिन सकिन्छ ।

यो अण्डा उत्पादन गर्न बिजुली वा उपकरणको आवश्यकता पर्दैन । घरमा नै सजिलो रुपमा यस्तो अण्डा उत्पादन गर्न सकिन्छ । काँचो अण्डालाई फूड ग्रेड सल्युसनमा २० मिनेटसम्म डुबाएर राखिन्छ । यसपछि यो अण्डालाई त्यहाँबाट झिकेर अर्को सल्युसनमा ४२ घण्टासम्म डुबाएर राखिन्छ । यो प्रक्रियाको क्रममा अण्डामा नुनलाई इन्फयुज गरिन्छ । यो प्रविधिको प्रयोग गरी किसानले ठूलो आम्दानी गर्न सक्षम हुने बताइएको छ ।

-दिति बाजपेयको सहयोगमा

रचनात्मक प्रतिक्रिया दिनुहोस् :