किसानलाई खेतीपाती सिकाउदै बैज्ञानिक

यो समाचार 199 पटक पढिएको

काठमाडौं । परम्परागत शैलीमा खेतीपाती गर्दैआएका किसानहरुलाई नेपाल कृषि अनुसन्धान परिषद(नार्क) ले बैज्ञानिक रुपमा खेतीपाती गर्न सिकाउन थालेको छ ।

नार्कअन्तर्गतका विभिन्न महाशाखाका बैज्ञानिकका साथै छिमेकी मुलुक चीनका कृषि बैज्ञानिकहरुले किसानहरुलाई खेतीपाती सम्बन्धी नयाँ नयाँ प्रविधि सिकाएका छन् । नार्कको खुमलटारमा काभ्रे, काठमाडौं, भक्तपुर, धादिंग र ललितपुर जिल्लाका २२ जना महिला तथा पुरुष किसानले सहभागिता जनाएका थिए ।

किसानहरुलाई खाद्यान्नको सक्कली वीउ कसरी छनौट गर्ने, ब्याड कसरी राख्ने, मल बीउ र सिंचाई कति परिमाणमा कुन कुन समयमा प्रयोग गर्ने, कृषि यान्त्रिकरणको बिषयमा जानकारी दिनुका साथै खेतीपातीको फिल्डमा अवलोकनसमेत गराइएको थियो ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :