आमुल परिवर्तन हुने गरी कृषि अनुसन्धान गर्नुस् : कृषिमन्त्री

यो समाचार 1226 पटक पढिएको

कास्की । कृषि तथा पशु पन्छी विकास मन्त्री चक्रपाणी खनालले कृषि क्षेत्रमा सुधार ल्याउनेगरी अनुसन्धान गर्न विज्ञ तथा वैज्ञानिकहरूलाई आग्रह गरेका छन् ।

कृषि अनुसन्धान परिषद्को पुनसंरचनाका लागि कास्कीको लुम्लेमा भैरहेको छलफलमा मन्त्री खनालले वैज्ञानिकको कामको उपलव्धि खोजेका हुन् । उनले वैज्ञानिकले कतिवटा विषयमा प्रमाणपत्र लियो भन्दापनि कृषकले के उपलव्धि पाए भन्ने आफ्नो चासो रहेको बताए ।नार्कको कार्यशैली बदल्नु पर्ने भन्दै नेपालमा वैज्ञानिक भएपनि भारतबाट आयात गर्नु पर्ने अवस्था रहनु ठिक नभ एको बताए ।

उनले तत्काल नतिजा निस्कनेगरी आफ्नो विषयमा अनुसन्धान गर्न कृषि बैज्ञानिकहरुलाइ निर्देशन दिए । आवश्क परे ऐन संसोधन नभई पुनरलेखन गर्न पनि सकिने तर कृषकले उपलव्धि पाउनु पर्ने उनको भनाइ थियोे ।नार्कले अहिलेको कार्यशैली पनि बदल्नु पर्ने मन्त्री खनाल्ले बताए।नार्कका संरचना मर्ज गर्नुपर्ने र क्षेत्रीय कार्यालयलाई विकास गर्न आवश्यक रहेको मन्त्री खनालको भनाई छ ।

‘तपाईहरूले कतिवटा विषयमा विज्ञता हासिल गर्नु भो त्यो मेरो चासोको विषय हैन, कृषकले र देशले के पायो त्यो मेरो चासो हो’, मन्त्री खनालले भने । कार्यक्रममा राज्य मन्त्री रामकुमरी चौधरीले कृषि मन्त्रालयको इजत राख्नेगरी काम गर्न आग्रह गरिन् । रिसर्चका लागि रिसर्च हैन, प्रयोगमा आउने खालका रिसर्च गर्न आव्श्यक छ, ‘ उनले भनिन् ।

अनुसन्धानलाई राजनीति भन्दा माथी राख्नु पर्ने उनको भनाइ छ । प्रदेश नं ४ का कृषिमन्त्री लेख बहादुर थापा मगरले अनुसन्धानको विषय प्रदेश मातहत भए स्थानीय आवश्यकता अनुसारको क्षेत्रमा अनुसन्धान गरीने र तत्काल उपलव्धि हुने दाबी गरे ।

क्षेत्रीय कार्यालय र प्रदेश सरकारबीच सहकार्य हुन नसकेको क्षेत्रीय कार्यालयका प्रमुखले गुनासो गर्दै यस्ता विषय प्रस्ट पार्न आग्रह गरे।कृषि अनुसन्धान परिषद् नार्कको पुनरसंरचनाका लागि छलफल कास्कीको लुम्लेमा छलफल भइरहेको छ । कार्यक्रम भोलिसम्म चल्ने छ ।गत वर्ष असोजमा गठन भएको कार्यदलले तयार गरेको मस्यौदा अनुसारनै नार्कको नयाँ संरचना बनाउन लागिएको हो । यस्तै गत असारमा पनि संसोधन मस्यौदा तयार गर्न समिति गठन गरिएको थियो । २७ वर्ष पहिले स्थापना भएको नार्कलाई नयाँ संरचनामा लैजान लागिएको हो । मंगलबारसम्म चल्ने छलफलले कस्तो संरचनामा जाने भन्ने टुंगो लगाउने छ । कार्यक्रममा केन्द्र र प्रदेशका कृषीमन्त्री,  कृषि विज्ञ, वैज्ञानिकहरू सहभागी छन् ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :