दुई सय ५० मेट गहुँ बीउ वितरण

यो समाचार 611 पटक पढिएको

कलैया । बारा जिल्लामा चालु आव ०७३/७४ का लागि गहुँखेती गर्न बीउबिजन कम्पनी हेटौँडाले दुई सय ५१ मेट्रिक टन गहुँको बीउ २२ डिलरमार्फत किसानलाई उपलब्ध गराएको छ ।

कम्पनीले उपलब्ध गराएको अनुदान बीउ करिब रु एक करोड १२ लाख ९५ हजार बराबरको छ । प्रजिअको अध्यक्षतामा रहेको बीउ आपूर्ति समितिको बैठकले जिल्लास्थित कृषि बीउ बिक्री डिलरमार्फत प्रतिकेजी रु ४५ का दरले किसानलाई उपलब्ध गराएको थियो ।

उपलब्ध भएको अनुदान गहुँ बीउको सदुपयोग भए-नभएको अनुगमन कृषि विकास कार्यालयले गर्ने छ । यस वर्ष जिल्लामा करिब २८ हजार नौ सय हेक्टर क्षेत्रफलमा गहुँखेती गरिएको कृषि विकास कार्यालय बाराका प्रमुख शिवरत्न साहले बताउनुभयो ।