बुंगुर पालनसम्बन्धी जानकारी

यो समाचार 3249 पटक पढिएको

डा. केदार कार्की
बरिष्ठ पशु चिकित्सकBangoor

बुंगुर पालेको ठाउँमा बथानमा संक्रमक रोगको प्रसार तथा एक ठाउँको बथानबाट अर्को ठाउँको बथानमा रोग प्रसार न्युनगरी बंगुरपालन व्यवसायमा रोग प्रदत जोखीम न्युनीकरण गर्ने गरी गरिने व्यवस्थापकीय व्यवहारीक व्यवस्थापनको अर्को नाम हो बंगुरपालनका जैविक सुरक्षा । आफुले पालेको बंगुरको उपयुक्त जैविक सुरक्षा व्यवस्था गर्नु भनेको व्यवसायको आपेक्षा गरिएको आम्दानी प्राप्त हुनेमा ढुक्क हुनु पनि हो ।

 


स्वाइन फिभर (बंगुरको हैजा) इन्जोटिक निमोनिया, प्लुरो निमोनिया, पि. आर. आर. एस., प्रोसाइन रेसपाइरेटोरी डिजिज रोगहरु हामीले पालेका बंगुरका लागि नियमित चुनौतिका रुपमा रहेका छन् । यीनका असरले विभिन्न उमेरका बंगुरमा हुने मृत्यु दर, बाचेका रोग देखा परेका बथानका बाकी बचेका बथानमा पनि उपयुक्त शारीरिक तौल वृद्धिदर सन्तोष जनक नहुनुका साथै, बथानमा प्रजनन् क्षमताको लाखौंको आम्दानीबाट प्रत्यक्ष विमुख हुन पर्ने हुन्छ । यस बाहेक रोग देखिदा, फैलिदा, आपतकालीन खोपको व्यवस्थापनको खर्च, औषधि उपचारमा लाग्ने खर्चले बंगुर पालक कृषकलाई थप व्यय भार बढाउछ पनि ।

 
बंगुर पालन गरेको ठाउँमा उचित जैविक सुरक्षाको व्यवस्था गर्नु भनेको बंगुरलाई लाग्न सक्ने स्थानीय स्तरमा स्थापित रोग तथा अन्यत्रबाट भित्रन सक्ने, माहामारी जन्य, सरुवा तथा संक्रमक रोगबाट बचाउन सुरक्षात्मक उपाय पनि मानिन्छ । बंगुरको खोर गोठमा कुनै नौलो अन्यत्रबाट सरी आएको रोग निर्मुल पार्न, रोकथाम गर्न, उपचार गर्न, खर्चिलो मात्र हुदैन बरु त्यस्ता रोगले अझ बंगुरपालन व्यवसायमा गम्भिर असर पार्न सक्छ ।

 

 

अझ अन्तराट्रिय बजारमा हाम्रा आफ्ना बंगुरबाट उत्पादित मासु, तथा मासु जन्य परिकार स्थापित गराउन चाहने हो भने हाम्रा बंगुरमा केहि प्रचलित सरुवा तथा संक्रमक रोगहरुको अवस्थिती नरहेको प्रमाणित गर्नु पर्ने हुन्छ । त्यसको भरपर्दो अधार भनेको हाम्रा बंगुर पालन क्षेत्रमा अन्तराष्ट्रिय स्तरमा स्थापित मापदण्ड अनुशारको जैविक सुरक्षा प्रणाली अवलम्बन गरेको छौं कि छैनौं मा भर पर्दछ । उपयुक्त जैविक सुरक्षा प्रणाली बंगुर पालन क्षेत्र तथा फर्म अवलम्बन गर्नाले सरुवा तथा संक्रमक रोगलाई एउटा खोरबाट अर्को खोरमा सर्न वा एउटा फर्मबाट अर्को फार्ममा सर्नबाट निषेध गर्छ ।

 
बंगुरको बथानमा रोग कसरी सर्छ ?
बंगुरहरुमा सरुवा रोग, बंगुरहरु एक आपसमा सम्पर्क हुदा, लुकिचोरी ओसार पसार गर्दा, प्रदुषित रोगी बंगुरका मासु तथा मासु जन्य उत्पादन जथाभावी फ्याक्दा, बंगुर गोठमा काम गर्ने कामदारले प्रयोग गरेका लुगा जुत्ता, बंगुर पालेको खोर गोठमा प्रयोग गरिएमा, भाँडाकुडा, औषधि उपकरण, सवारी साधन, प्रदुषित दाना पानी, टोक्ने किरा फट्याङ्ग्रा, लामखुट्टे, उडुस, किर्ना, झिंगा, जंगली जनावर, कुकुर, बिरालाहरुले बंगुरमा एक अर्कालाई साथै एउटा फार्मबाट अर्को बंगुर फार्ममा सार्दा सरुवा तथा संक्रमक रोग सार्न मद्दत गर्छ ।

 
१. जैविक सुरक्षाका आधारभुत व्यवस्थापन होटल रेस्टुरेन्ट तथा भान्छाका रछयान ।
हाम्रो आफ्नो परिवेशमा जुनसुकै स्तरको घरायसी, अर्ध व्यवशायीक वा व्यवशायीक स्तरको बंगुरपालन होस तीन मुख्य आहाराको श्रोत छन् ः तारे होटल, सडक किनारका होटल रेस्टुरेन्ट तथा नगरक्षेत्रमा थुप्रिएका घरायसी भान्छाबाट बटुलिएको रछयान नै रहेको छ, खास गरी शहरी तथा शहर उन्मुख क्षेत्रमा ।
यस्तो दाना खुवाएर बंगुर पाल्दा, बंगुरहरुमा, खोरेत, स्वाइन फिभर, इपिस्थ्रो जुनोसीस, इन्जुटिक निमोनिया, प्रोसाई रेसपाइरेटोरी डिजिज, कम्प्लेक्स, हेमर हेजीक बोवेल सिन्ड्रम, अचानक मृत्यु हुने जस्ता रोग पटक पटक देखिने गर्दछ । यसकारण पनि कतिपय विकसित पश्चिमा मुलुकमा यस्ता दाना खुवाउन राज्यले कानुनीरुपमा निषेध सम्म गरेको पाइन्छ । तर हामी कहाँ यो उत्तम प्रचलनमा छ । जस्का कारण वर्षौनी कतिपय ठाउँमा बंगुरका खाइलाग्दा उमेरका पाठा तथा माँउ बंगुर मर्ने गरेको पाइन्छ । जस्को ज्वलन्त उदाहारण गत वर्ष हेटौडाको कर्रा क्षेत्रमा मात्र करिब २०० जती माउ तथा बजार बिक्रि गर्ने उमेरका २०० बंगुर उपचार गर्दा गर्दै महिना दिनमा मरेको अभिलेख छ । औसतन प्रति बंगुर रू ५००० मात्र मुल्य आँकलन गर्ने हो भने पनि १ करोडको आर्थिक क्षती कृषकले व्योहोरेको देखिन्छ । तसर्थ यसरी रछयान नै खुवाएर बंगुर पाल्ने हो भने यीनको बैज्ञानीक, निर्मलीकरण, निसंक्रमण, तथा निर्विषिकराण गरि मात्र खुवाउने हो भने पनि ३/४ मृत्यु दर घटाउन सकिन्छ, हाम्रो परिवेशमा ।

 
२. बंगुर पाल्ने क्षेत्रको अवस्थिति व्यवस्थापन ।
सकभर बंगुर पालिने फार्म मानव बस्ती, धान खेती हुने फाँट भन्दा टाढा नै हुनु वेश । अझ एउटा बंगुर फार्म भन्दा अर्को बंगुर फार्मको दुरी क्रमिक ३–५ कि.मि. राखेमा बंगुर तथा बंगुरको खोर तथा फार्महरुमा रोगको ओसार पसार न्युन हुन सक्छ ।

 
३. पहिलेनै बंगुर पाली राखेको बंगुर फार्म वा खोरमा नयाँ बंगुरका पाठा पाठी मिसाउन परेमा तपाईंले पाली राखेका बंगुरहरुमा अवलम्बन गर्नुपर्ने उचित जैविक सुरक्षा अपनाएर पानि अन्यत्रबाट नयाँ बंगुर मिसाउदा रोग भित्रिने खतरा हुन सक्छ । संक्रमण अन्यत्रबाट बंगुरका पाठापाठी ल्याउन परे सकभर एउटै बथानबाट ल्याउनु उचित हुन्छ । थरी थरीका बथानबाट बटुली ल्याएका पाठा पाठीबाट विभिन्न खाले रोग भित्रिन सक्छ । यसरी ल्याइने बंगुरका पाठा पाठी पनि उचित स्वास्थ्य परिक्षण गरि, दक्ष पशु चिकित्सकबाट स्वास्थ्य सम्बन्धी सवै अभिलेख प्रमाणित भएको अुन आवश्यक हुन्छ ।
ल्याइएका नयाँ बंगुरलाई ६–८ हप्ता सम्म आफ्नो पुरानो मुल बथानबाट ५ कि.मि. टाढा छुट्टाएर राखिनु पर्छ । यस अवधिमा स्वास्थ्य सम्बन्धी कुनै कैफियत नदेखिएमा मात्र पुरानो बथान पालेको ठाउँमा मिसाउनु पर्छ । प्रत्येक खोरमा काम गर्ने कामदारका लागि बुट लागाएको बेग्लै व्यवस्था गर्नु उचित हुन्छ । एउटा खोरको क्रम सकाएपछि कामदारले गर्नुपर्ने व्यक्तिगत सरसफाई, खोर गोठको भूँइ, पर्खाल, दाना पानीका भाँडाको नियमित निर्मलिकरण, निसंक्रमण गर्नु त परि हाल्यो । हुर्काएर बेच्ने गरी बंगुर पाल्ने हो भने एकै पटक हुल्ने, एकै पटक बेच्ने पद्दति उचित हुनेछ ।

 
४. बंगुर पालन क्षेत्रमा अन्य जनावर निषेध ।
बंगुर पालिने फार्म÷खोर नजिक अन्य छाडा बंगुर, कुकुर, बिरालो, चिल, काग आदि जस्ता जीव जान्तुको प्रवेश निषेध गर्नु उचित हुन्छ । झिंगा, लामखुट्टे, किर्ना, उपिँया, मुसा, छुचुन्द्रो जस्ता किरा फट्यांग्रा अनी शत्रु जीवहरुको नियमित नियन्त्रण उपाय अवलम्बन गर्नाले पनि रोग नियन्त्रणमा सहयोग नै पु¥याउछ ।

 
निम्न कुराको बंगुरपालन फार्म तथा खोर गोठमा पहुँच न्युनिकरण एवं व्यवस्थीत गरिनुपर्छ ।
क) पाहुना पर्यटकः बंगुर पालन व्यवस्थासँग सम्बन्धीत पूर्व निर्धारित व्यक्तिहरुलाई मात्र आफ्नो फार्म÷गोठको सुरक्षा प्रयोजन अनुसार मात्र प्रवेश गराउनु पर्छ । जथाभावी मानिसहरुलाई अवलोकन गराउने हो भने अन्यत्रका रोग खोरमा भित्रने सम्भावना हुन्छ । यसरी आवश्यकता वाहिरका व्यक्ति बंगुर खोरमा लैजान परे राम्ररी सफा गरि आवश्यक निसंक्रमण तथा निर्मलीकरण गरी फार्ममा प्रवेश गर्दा लगाउने लुगा, जुत्तालाई लैजानु उचिन हुनेछ । तपाई आफैं पनि अन्य बंगुर फार्म तथा खोरमा जथाभावी नजानु नै वेश ।
जैविक सुरक्षा बंगुर पालनका लागि ।
—बंगुर पालन फार्म गोठ, खोरमा काम गर्ने कामदारका लागिः प्रत्येक किसिम तथा खोरका लागि सकभर छुट्टै कामदारको व्यवस्था गरिनु उचित हुन्छ । कामदारको व्यक्तिगत सरसफाई बंगुरलाई रोग लाग्नबाट बचाउने पूर्व शर्त मानिन्छ । खोरमा पसी काम गर्दा लगाउने लुगा तथा जुत्ता भिन्न व्यवस्था गरिनु पर्छ । एउटा खोरमा काम गरि सकेपछि अर्को खोरमा सोही कामदार पठाउन परे राम्ररी नुहाई छुट्टै लुगा लगाई जानु पर्छ ।
बंगुरलाई उपचार गर्ने प्राविधिक चिकित्सक पनि निश्चित तोकिनु पर्छ । धेरै बंगुर फार्म चाहारी घुम्दै उपचार गरि हिड्नेलाई यसको जिम्मा नदिदा वेश । औषधि खुवाउन, लगाउन प्रयोग गरिने औजार सकभर फरक पार्नु नै उचित । सो नभए एक पटक प्रयोग पछि सफा गरि निर्मलिकरण अनि निर्मलिकरणमा पछिमात्र प्रयोग गर्नु उचित हुन्छ ।
— बंगुरका दानाका लागि प्रयोग गरी बोरा, सकभर गोठै पिच्छे साटफेर नगर्नु नै उचित ।
— ढुवानीका सवारी साधन:  कुनै पनि प्रयोजनका लागि प्रयोग गरिने यी साधन बंगुरपालन फार्म खोर सम्म प्रवेश गर्दा उचित सफाई निर्मलिकरण निसंक्रमण गर्नु पर्ने अनिवार्य हुन्छ ।
निषेधात्मक औषधि उपचार एवं स्वास्थ्य व्यवस्थापन
बंगुर पालन गरिने क्षेत्रमा स्थानीय स्तरमा स्थापीत सरुवा तथा संक्रमक रोग, परजीवीको खोप बंगुरको उमेर, समय तालिका अनुसार आंशिक व्यवस्थापन गर्नु उचित हुनेछ । बेला बेलामा बंगुरको उमेर समुह अनुसार परजीवीको औषधि दिनै पर्ने हुन्छ । अनी पो भन्ने योर्कशायर लैण्डस, धराने काले बंगुरको ग्रेन, मासु बेच्दा नोटैनोट ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :