कृषि ज्ञान केन्द्रको काम र आवश्यकता : डा. युवकध्वज जीसी, भाग दुई

यो समाचार 252 पटक पढिएको

काठमाडौं, २ असार । कृषि विकास बहुआयामिक क्षेत्र भएको हुनाले कृषि विकास सम्बन्धी कार्यक्रमहरु संचालन र प्राविधिक सेवाका लागि कुनै एक अधिकृत वा प्राविधिक कर्मचारी मात्रले उपलब्ध गराउने सेवा प्रयाप्त हुनै सक्दैन ।

विषय विशेषज्ञहरुको टिम रहने हुँदा स्थानीय स्तरमा आइपर्ने कृषकका समस्याहरुको प्राविधिक समाधान तुरुन्त उपलब्ध गराउन पनि ज्ञान केन्द्र कै जिम्मेवारी भित्र पर्दछ । त्यसैगरी स्थानीय तहमा रहेका कृषि प्राविधिकहरुलाई समय समयमा उन्नत प्रविधिहरु सम्बन्धी क्षमता अभिवृद्धिका साथै कृषकहरु सिपमुलक तालिमहरु उपलब्ध गराउने जिम्मेवारी पनि ज्ञान केन्द्रले बहन गर्नुपर्ने हुन्छ ।पहिलो भागमा के हो कृषि ज्ञान केन्द्र ? भनेर चर्चा गरिसकेको छु ।

साविक जिल्ला कृषि विकास कार्यालयहरुमा प्राविधिक उप सचिवको नेतृत्वमा विभिन्न विषय विज्ञहरु कृषि प्रसार बागवानी बाली विकास माटो विज्ञान मत्स्य लगायतको बहुविज्ञहरुको टोली मार्फत सेवा प्रवाह हुने गरेकोमा संघीय शासन प्रणाली अन्तर्गत कृषि तथा पशुपंछी विकास कार्यक्रमहरु मूलतः स्थानीय सरकारको कार्यक्षेत्र भित्र रहेको तर स्थानीय तहमा कृषि सेवा तर्फका कर्मचारीहरु निकै कम मात्र दरबन्दी रहेकाले प्रदेश मातहत रहने ज्ञानकेन्द्रहरु र पशुविज्ञ केन्द्र तथा भेटेनरी अस्पतालहरुको महत्वपूर्ण भूमिका रहने छ ।

त्यसैले स्थानीय समस्यामा आधारित परीक्षण गर्ने, प्रयोगशाला सेवाहरु, प्राविधिक र कृषकहरुको क्षमता विकास, स्थानीय कृषिका निकायहरुलाई प्राविधिक पृष्ठपोषण बीउ विजन तथा उन्नत नश्लको श्रोतकेन्द्र विकास, कृषि इन्र्टन, कृषि तथ्याङ्कहरु संकलन, कृषि व्यवसाय विकास सहयोग, किसान कल सेन्टर सन्चालन लगायत संघ र स्थानीय तह बिच सेतुको काम गर्ने जिम्मेवारी रहेको ज्ञानकेन्द्रले स्थापनाको सुरुवाती वर्षहरुबाट नै कार्यविवरण अनुसारकै कार्यहरु गर्दै कृषि क्षेत्रमा यस्ता निकायहरुको आवश्यकता र कृषि प्राविधिकहरुको महत्व झल्काउन महत्वपूर्ण हुनेछ ।

संवैधानिक व्यवस्था अनुसार कृषि विकास सम्बन्धी धेरै महत्वपूर्ण जिम्मेवारीहरु रहेको छ । त्यसैगरि साना र मझौलास्तरका कृषकहरूको प्रविधि, प्राविधिक एवं कृषि प्रसार सेवा सम्मको पहुँच वृद्धिका लागि कृषि विकासका कार्यक्रमहरु स्थानीय स्तरसम्म पुग्न जरुरी देखिन्छ । स्थानीय बीउविजन, स्थानीय प्रविधिहरु र जैविक विविधता एवं स्थानीय बालीनालीहरुको उचित संरक्षण, संबद्धन विकास र उपयोगमा वृद्धि गर्नुपर्ने देखिन्छ ।

त्यस्तै कृषि क्षेत्रमा हुने लगानी लक्षित वर्षसम्म पु¥याई कृषि प्रसार सेवामा कृषकहरूको पहुँचमा वृद्धि र स्थानीय संभाव्यता र तुल्नात्मक लाभका कृषिजन्य वस्तुहरूको पहिचान गरि उत्पादन, वितरण, आयात एवं निर्यातलाई लागत–प्रभावी बनाउनु, गुणस्तर एवं स्वच्छता नियमन कार्य प्रभावकारी तुल्याउँदै कृषिजन्य वस्तुहरूको प्रतिस्प्रर्धात्मक क्षमता वृद्धि गर्नु, गुणस्तरीय प्रमाणित बीउ, मलखाद, कीटनाशक तथा साना र मझौला स्तरका कृषियन्त्रको सुलभता, कृषि सामग्रीको समयानुकूल आपूर्ति बढाउनु पर्ने देखिन्छ ।

कृषि विकासका कार्यक्रमहरु कृषकका सामिप्यमा रहेर कार्यान्वयनका लागि प्रत्येक गाँउपालिकामा कृषि प्राविधिकहरु रहने व्यवस्था भएता पनि संख्यात्मक हिसाबले मात्र नभई सम्बन्धित विषय विज्ञताको हिसाबले पनि सिमित प्राविधिकहरुको उपस्थिती ज्यादै न्यून हो ।

कृषि विकास समबन्धी योजना तर्जूमा, विभिन्न रोग किराहरुको व्यवस्थापन, स्थान विशेषका हावापानी सुहाउँदो प्रविधि र जातहरु सम्बन्धमा कृषकहरुलाइ जानकारी लगायत माटोको अवस्था रोग किरा पहिचान रसायनिक र प्राङ्गारिक मल र बीउको गुणस्तर परीक्षण लगायतका प्राविधिक र प्रयोगशाला सेवा समेत उपलब्ध गराउनका लागि स्थानीय तहमा रहेका कृषि विकास शाखाहरु पर्याप्त हुदैनन ।

त्यस्ता शाखाहरुलाई आवश्यक प्राविधिक पृष्ठपोषण उपलब्ध गराउनुका साथै अन्तर स्थानीय निकायहरु समेतलाइ समेट्ने गरि बजार संरचनाहरु निर्माण परियोजनाहरु सन्चालनका लागि कृषि ज्ञान केन्द्रहरु आवश्यक रहेका हुन । त्यसैगरी कृषकहरुले अनुसरण योग्य प्रविधिहरुको परीक्षण र प्रदर्शनका साथै स्थानीय आवश्यकता अनुसार बीउ र बेर्ना र मत्स्य भुराहरु र मौरी र च्याउको श्रोतहरु व्यवस्थापनको जिम्मेवारी समेत ज्ञानकेन्द्रले गर्नुपर्ने हुन्छ ।

संघीय संरचनामा मुलुक गएको परिप्रेक्षमा कृषि सेवा प्रवाहको सबै भन्दा सशक्त माध्यम हुन सक्ने, र तीनै तहका सरकारहरु बिचमा सेतुको काम गर्न सक्ने ज्ञानकेन्द्रहरुलाई सबैले अपनत्व लिदै यसलाई प्रभावकारी रुपमा सन्चालन गर्दै आवश्यकता अनुसार थप गर्दै लैजान सकेमा कृषि विकास मार्फत सम्वृद्ध नेपाल बनाउने सपनामा महत्वपूर्ण योगदान पुग्न सक्नेमा दुईमत नरहला ।

विषय विशेषज्ञहरुको टिम रहने हुँदा स्थानीय स्तरमा आइपर्ने कृषकका समस्याहरुको प्राविधिक समाधान तुरुन्त उपलब्ध गराउन पनि ज्ञान केन्द्र कै जिम्मेवारी भित्र पर्दछ । त्यसैगरी स्थानीय तहमा रहेका कृषि प्राविधिकहरुलाई समय समयमा उन्नत प्रविधिहरु सम्बन्धी क्षमता अभिवृद्धिका साथै कृषकहरु सिपमुलक तालिमहरु उपलब्ध गराउने जिम्मेवारी पनि ज्ञान केन्द्रले बहन गर्नुपर्ने हुन्छ ।

यसरी कृषि ज्ञान केन्द्रहरुलाई तीनै तहका सरकारहरु बिचको सेतुका साथै कृषि सम्बन्धी अन्य निकायहरुसँग समेत सहकार्य र समन्वयात्मक रुपमा कृषि विकासका कार्यक्रमहरु संचालनको महत्वपूर्ण जिम्मेवारी रहेको छ ।

कार्य विवरण
कृषि ज्ञान केन्द्रहरुको स्विकृत कार्यविवरण निम्न अनुसार रहेको छ ।
– स्थानीय समस्यामा आधारित स–साना अध्ययन परीक्षण तथा भ्यालिडेशन परीक्षण सन्चालन गर्ने,

– माटो तथा मल, बाली संरक्षण र बीउविजन परीक्षण सम्वन्धी सामान्य प्रयोगशाला सेवा,

– नविनतम कृषि प्रविधि प्रसारको लागि आवश्यक कृषि प्रसार शैक्षिक क्रियाकलाप सन्चालन गर्ने,

– प्रदेश र स्थानीय तहमा कार्यरत प्राविधिक तथा व्यवसायिक कृषक र व्यवसायीहरुको लागि

– कृषि पशपंक्षीसँग सम्वन्धित विशिष्टीकृत ज्ञान सीप प्रदान गर्न एडभान्स तालिम संचालन गर्ने,

– स्थानीय तहको क्षमताले नभ्याउने प्रकृतिका विशेषज्ञ प्राविधिक सेवा टेवा,

– प्रदेश अन्तर्गत सन्चालन हुने संघीय कृषि विकास कार्यक्रम, आयोजनाको समन्वय तथा सम्पर्क विन्दुको रुपमा कार्य गर्ने,

– प्रदेश सरकार मार्फत सन्चालन हुने कृषि विकास कार्यक्रम, आयोजना संचालनमा प्रदेश
सरकारलाई सहयोग गर्ने,

– कृषि आर्थिक महत्वका स्थानीय कृषि जैविक विविधताको पहिचान, संरक्षण र उपयोग गर्ने,

– नेपाल कृषि अनुसन्धान परिषदको बाह्य अनुसन्धान स्थल ९इगतचभबअज क्ष्तभ०को रुपमा कार्य गर्ने,

– बीउ विजन तथा उन्नत नश्लको लागि स्रोतकेन्द्रको रुपमा कार्य गर्ने,

– स्थानीय तह र कार्यरत जनशक्तिको क्षमता विकास सम्वन्धि कार्य,

– बहु स्थानीय तह समेटी कार्यान्वयन हुने संघीय आयोजनाहरुको संचालन र नियन्त्रण,

– प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत कमाण्डक्षेत्र भित्रका पकेट, ब्लक, जोन तथा सुपरजोनहरुको लागि प्राविधिक सेवा टेवा,

– एग्रो इकोलोजिकल जोन अनुसारको प्राथमिकता प्राप्त बाली बस्तु विकासको योजना, मूल्य अभिवृद्धि श्रृंखला विकास तथा कार्यान्वयनको समन्वय

– कृषि स्नातक तथा जेटीए कोर्ष अध्ययनरत विधार्थीहरुका लागि इन्टर्नसिप कार्यक्रम संचालन,

– स्थानीय तहका कृषि विकासका इकाइहरुबाट कृषि सम्वन्धि तथ्याँक सँकलन तथा अध्यावधिक गर्ने । साथै सँकलित तथ्याँक प्रदेश र संघीय तालुक निकायहरुमा पठाउने,

– आफ्ने कमाण्ड क्षेत्रभित्र कृषि उद्यम तथा व्यवसाय सन्चालन गर्न चाहनेहरुको लागि व्यवसाय विकास सेवा उपलव्ध गराउने,

– किसान कल सेन्टर सन्चालन गर्ने,

– समग्र कृषि विकासको विषयमा प्रदेश र स्थानीय तहबीच पुलको काम गर्ने ।

ज्ञान केन्द्रहरु को संगठनात्मक संरचनाको विवरण

प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कृषि विकास निर्देशनालय अन्तर्गत रहने गरि हाल प्रदेश १ मा ११ वटा, प्रदेश २ मा ६ वटा, प्रदेश ३ मा ७ वटा, गण्डकी प्रदेशमा ६ वटा, प्रदेश ५ मा ८ वटा, कर्णाली प्रदेशमा ७ वटा र सुदुरपश्चिम प्रदेशमा ६ वटा गरि जम्मा ५१ वटा ज्ञानकेन्द्रहरु रहेका छन ।

कतिपय ज्ञानकेन्द्रहरुले १ भन्दा बढी जिल्लाहरु हेर्ने गरि कार्यक्षेत्र निर्धारण गरिएका हुनाले सोही बमोजिमको भौतिक सुविधाहरु र जनशक्तिको व्यवस्थापन गर्नुपर्ने देखिन्छ ।

निष्कर्ष
आगामी दिनमा कृषि विकासका कार्यक्रमहरु सन्चालनका लागि ज्ञान केन्द्रहरुलाई बलियो बनाउँदै आवश्यकता अनुसार थप गर्दै जानुपर्ने हुन्छ । कृषि ज्ञान केन्द्रहरुको कार्यविवरण अनुसारको कार्यहरु अनुसार नै सेवा प्रवाहका लागि यसको भौतिक र प्राविधिक क्षमतालाई सुधार गर्नु अत्यन्तै जरुरी हुन्छ ।

यी निकायहरुमा आवश्यक बजेट, प्राविधिक उपकरणहरु र दक्ष जनशक्तिहरुको व्यवस्थापन गर्दै ज्ञानकेन्द्रहरुको मर्म अनुरुपका कार्यहरुको शुरुवात हुनुपर्ने देखिन्छ प्रदेश सरकार मातहत रहेका यी ज्ञानकेन्द्रहरु हाम्रा क्षेत्र अधिकार भित्र पर्दैनन भनेर संघीय मन्त्रालयले कम चासो दिने र प्रदेश सरकारहरु श्रोत साधनमा समेत सिमितता र आफैंमा नयाँ भएका हुँदा उनीहरुको समेत प्रयाप्त ध्यान नपुग्दा यी निकायहरु टुहुरा हुने हुन की भन्ने समेत डरहरु रहन थालेका छन ।

संघीय संरचनामा मुलुक गएको परिप्रेक्षमा कृषि सेवा प्रवाहको सबै भन्दा सशक्त माध्यम हुन सक्ने, र तीनै तहका सरकारहरु बिचमा सेतुको काम गर्न सक्ने ज्ञानकेन्द्रहरुलाई सबैले अपनत्व लिदै यसलाई प्रभावकारी रुपमा सन्चालन गर्दै आवश्यकता अनुसार थप गर्दै लैजान सकेमा कृषि विकास मार्फत सम्वृद्ध नेपाल बनाउने सपनामा महत्वपूर्ण योगदान पुग्न सक्नेमा दुईमत नरहला ।

लेखक कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको सचिव पदमा कार्यरत हुनुहुन्छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :