तरकारी खेतीको बीमा गर्दा यस्ता छन फायदा

यो समाचार 148 पटक पढिएको

तरकारी खेती एक नगदे बाली पनि हो । कृषहरुको आम्दानीको स्रोत पनी हो । तर कृषि पेसालाई कसरी व्यवस्थित गर्न सकिन्छ त भन्ने कुरामा चैँ कमै व्यक्तिको मात्र जिज्ञासा रहन्न सक्दछ ।

कृषि पेसालाई पनि किन उच्चस्तरीय कार्यको रूपमा नराख्ने त ? कसरी आफूले गरेको काममा भई परी आउने क्षतिबाट बच्न सकिन्छ भन्ने कुरा पनि खोज्नु जरुरी देखिन्छ । कुनै पनि व्यवसाय वा कुनै पनि काम आरम्भ गदा भावी दिनमा आउने जोखिमलाई पनि मध्यनजर गनिपर्दछ ।

कृषकहरू प्रति हेरिने दृष्टिकोण नै अलिकति फरक किसिमको रहेको छ । यसलाई पनि पेसाको रूपमा हेरिनुपर्छ भन्ने कुरामा कमै व्यक्तिको मात्र ध्यान गएको पाइन्छ । ग्रामीण क्षेत्रमा बाझौँ जमिन राखेर होस् वा जग्गा धितो राखेर भए पनि वैदेशिक रोजगार कौ लागि उसको पहिले गन्तव्य बन्दछ । आखिर कहिलेसम्मको लागि यसरी जग्गालाई प्लटिङ गर्न र खाली राख्ने काम गरी रहने त युरोपियन देशहरूमा कृषि पेसालाई जुन किसिमले अघि बढाएको छ । त्यसको तुलनामा हामी निकै पछाडि छौ भन्दा त्यसमा दुई मत त पक्कै पर्दैैन होला ।

युवाहरूमा पनि केही शौक्षिक योग्यता हासिल गरिसकेपछि कृषि पेसामा त लाग्नै हुँदैन भन्ने जुन किसिमको मान्य तन रहेको छ , त्यसलाई बदल्न जरुरी छ । बरु शौक्षिक योग्यता हासिल गरेर दश हजार कै जागिर गर्न तम तयार रहन् छन् तर कृषि पेसामा लागेर राम्रो आम्दानी गर्न सकिन्छ भन्ने ध्यान कमैमा मात्र देख्न सकिन्छ । हामीहरुले यस्तै समस्याहरुबाट बच्न कृषि बिमा गर्नु जरुरी नै देखिन्छ । कृषि बीमा भित्रको पनि तरकारीखेतीलाई व्यवस्थित ढङगबाट अघि बढाउदा पक्कै पनि यसमा पनि केही परीर्वतन आउन सकछ ।

बीमालेखले रक्षावरण गर्न जोखीमहरु
बिशेष गरी तरकारी खेतीको बिमा गर्दा बीमकले बीमाको अवधि भित्र तरकारी खेतीको विवरण तालिकामा उल्लेख भए बमोजिमका तरकारी खेतीको क्षती/ हानी नोक्सानी भएमा लागत मूल्य अनुसारको क्षतीपूर्ती रकम सम्बन्धित पक्षलाई दिने गर्दछ । यदि कुनै पनि कारणबस तरकारी खेतीको बिमा अवधिभरी हानी नोक्सानी भएमा लागत मूल्यको अनुसारको क्षतीपूर्ति रकम भुक्तानी गर्न गर्दछ । बीमकले उक्त अनुसूचीमा उल्लिखित बीमाङक रकमको ९० प्रतिशत रकम बीमितलाई भुक्तानी गर्नछ ।

१. आगलागी ,चट्याङ
२. भूकम्प
३. बाढी ,पहिरो
४. आधिँबेहरी, असिना, हिँउ वा तुसारो
५. आकस्मित, दुर्घटनाजन्य बाह्य कारणहरु
६. किरा आदिबाट हुने नोक्सानी

तरकारी व्यवसायलाई सुरक्षित र व्यवसायिक बनाउनको लागि पनि तरकारी खेती बीमाको उपलब्धता छ । जसमा सरकारले कृषि क्षेत्रको लागि ७५ प्रतिशतसम्म अनुदानको व्यवस्था गरेको छ ।

बिमा समितिले ०६९ साल देखि कृषि बिमा सुरु गरेको हो । समितिले निर्जीबन बीमाको व्यवसाय गर्दै आएका सबै बिमा कम्पनीलाई जिल्ला तोकेरै गाउँ–गाउँमा गएर कृषि बिमा गर्न निर्देशन समेत दिएको छ । यसमा सरकार र बिमा समितिले मात्र नभई कृषक आफलै पनि यस्ता कुरामा बुझनु जरुरी देखिन्छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :