कृषि बीमा किन गर्ने ? केका लागि गर्ने, के के चाहिन्छ ?

यो समाचार 1075 पटक पढिएको

नेपाल कृषि प्रधान देश हो । नेपालको आधा भन्दा बढी जनशक्ति यसै पेशामा लागी रहेका छन् ।

बैदेशीक रोजगारमा जाने व्यक्तिहरुको सङख्या पनी दिनप्रती दिन बढ्दै गईरहेको छ आखिर नेपालमै जग्गा खाली राखेर कती दिन चाही हामी वैदेशीक रोजगारको लागि विदेश मात्र धाईरहनु पर्ने यस्तो परिस्थितिलाई कहिलेसम्म हामीले अल्झाईरहने त ? प्रशन चिन्ह यहाँ खडा भएको छ ।

एक त वैदेशीक रोजगार एक अवसरको रुपमा रहेको छ कैयौ युवाहरुको लागी केही सिप सिकेर नेपाल मै कृषि क्षेत्रमै नयाँ काम गर्न युवाहरुले सफलता हासिल गरेको कुरा पनी हामी सुन्दौ आईरहेका छौ । समय परिर्वतन भईसकेको छ विज्ञान प्रविधिको उपस्थिति पनी कृषि पेशामा भईसकेको छ । त्यसैले यस पेशाा पनी केही फरक तरीकाले गर्दा पक्कै पनी राम्रो नतिजा हात पर्न सक्छ ।

यहाँ कृषिप्रधान देश भएपनि कृषि व्यवसाय राम्रोसँग अझै फस्टाउन सकेको छैन । तर कृषि व्यवसायलाई सुरक्षित र व्यवसायिक बनाउनको लागि पनि कृषि बीमाको उपलब्धता छ । जसमा सरकारले ७५ प्रतिशतसम्म अनुदानको व्यवस्था गरेको छ ।

बीमा समितिले ०६९ साल देखि कृषि बीमा सुरु गरेको हो । समितिले निर्जीबन बीमाको व्यवसाय गर्दै आएका सबै बीमा कम्पनीलाई जिल्ला तोकेरै गाउँ–गाउँमा गएर कृषि बीमा गर्न निर्देशन समेत दिएको छ ।

कृषि बीमाले रक्षावरण गर्ने जोखिम
कुनै पनि प्रकारका प्राकृतिक वा मौसमी समस्याका कारण किसानले कृषिजन्य कार्य गर्दा गरेको लगानी खेर जाने अवस्थामा लगानी सुरक्षित गर्ने एउटा उत्तम उपाय हो । कृषि बीमा गर्दा किसानहरुको लगानीको जोखिम कम हुन्छ । कृषि बीमाका लागि तराईमा न्यूनतम १ कठ्ठा र पहाडमा आधा रोपनी जग्गामा पशुपन्छी पालन तथा खेती गरेको हुनुपर्छ । बाली रोपियो अथवा छरियो तर बालीले फल दिएन भने त्यस्तो अवस्थामा क्षतिपूर्ति पाइँदैन । बिउको समस्या हो भने आफैले नै कभर गर्नुपर्ने हुन्छ । सामान्य विषयहरु आफैले व्यहोर्नुपर्ने हुन्छ । तर रोग ब्यादी, बाढी, पहिरो, चट्याङ, असिना आदीले असर गरेको छ भने त्यस्तोमा बीमाले नै क्षतीपूती गर्छ ।

त्यस्तै, बीमित पशू पंक्षी वा बाली हराएमा वा चोरी भएमा, निर्धा्रित अवधिभित्र दाबी प्रक्रिया सुरु नगरेमा, बीमित पशू पंक्षी वा बालीको बीमाशुल्क नबुझाएको अवस्थामा वा नवीकरण गर्नुपर्ने बीमालेख समाप्त भएको ७ दिनभित्र नवीकरण गरी तोकिएको संस्थामा बीमाशुल्क प्राप्त नभएमा भुक्तानी पाइँदैन ।

बीमित पशु पंक्षी वा बालीको शरीरमा लगाई राखिएको सङ्केत पट्टा मृत पशुधनको शरीरमा नभेटिएमा पनि बीमा कम्पनी दाबी भुक्तानीका लागि बाध्य हुने छैन । बीमित पशू पंक्षी वा बालीको शरीरमा राखिएको सङ्केत पट्टा कुनै कारण विशेषले हराएमा सोको जानकारी तत्काल बीमक वा तोकिएको संस्थालाई नगराएमा, चरन, स्वास्थ्य उपचार र प्रजनन प्रयोजनको लागि मात्र गोठदेखि ५ किलोमिटर भन्दा बढीको दुरीमा दुर्घटना भएमा अथवा बीमकको सहमतिबीना पशूपन्छीलाई जुन प्रयोजनको लागि ल्याएको हो सो बाहेक अन्य प्रयोजनमा प्रयोग गरेमा र पन्छीमा बर्डफ्लू भएमा बिमित भुक्तानी नपाउने व्यवस्था छ ।

कृषि बीमा गर्न चाहिने आवश्यक कागजातहरु
कृषि बीमाको बारेमा त सायद नै जो कोहीले पनि बुझनु भएको होला तर यसको बारेमा बुझेर मात्र हुदैन । बीमा गर्दा चाहिने आवश्यक कागजातको बारेमा जान्न पनि जरुरी देखिन्छ ।

सामान्य रुपमा कृषि बीमा गर्दा चाहिने कागजातहरु यस प्रकार रहेको छ ।
१। पूर्ण रुपले भरिएको प्रस्ताव फाराम
२। सम्बन्धित प्राविधिकको सिफारीस पत्र
३। आवश्यकतानुसार सम्बन्धि कृषि कार्यालयको सिफारीस पत्र

दाबीका लागी चाहिने कागजातहरु यस प्रकार रहेको छ।
१। सक्कल बीमालेख (आशिंक क्षति भएको अवस्थामा बीमालेखको छाँया प्रति)
२। पूर्ण रुपले भरिएको दाबी फाराम
३। सम्बन्धित प्राविधिकको प्रतिवेदन
४। सम्बन्धित गापा वा नपा वा वडा वा कम्तिमा नजिकको दुईजना छिमेकी/संधियारको सर्जमिन मुचुल्का
५। आवश्यक फोटो

रचनात्मक प्रतिक्रिया दिनुहोस् :