यसरी गरौं प्लास्टिक मल्चको प्रयोग

यो समाचार 3898 पटक पढिएको

धेरै बर्षदेखि विभिन्न नयाँ किसिमको प्रविधिहरुको कृषिमा प्रयोग भइरहेको छ।

देशको विभिन्न क्षेत्रमा विषम जलवायु, जलस्रोतको कमि तथा विभिन्न प्राकृतिक आपत जस्तैः पाला आदिको बावजूद खेतीको महत्व बढीरहेको छ।

विवेक लम्साल

पछिल्लो केहि बर्ष देखि किसान चिस्यानको संरक्षणको लागि विभिन्न उपाय जस्तैः सुकेका पात, पराल आदिको प्रयोगमा लागि रहेका छन । यस्को लागि सबैभन्दा राम्रो तरीका प्लास्टिक मल्च गर्नु हो । प्लास्टिक मल्च भनेको संयुक्त रूपमा बिरुवाको आसपासको सतहलाई ढाक्ने प्रक्रिया हो । जसबाट बिरुवा वा उस्को जराको तापक्रमको बढने घटने प्रक्रियामा प्रभावकारी तरिकाले नियन्त्रण गर्न सकिन्छ ।

वर्तमान समयमा कार्बनिक मल्चींगको बढी मात्रामा सजिलोसँग नहुने कारणले तथा बढी लागतको कारणले प्लास्टिक मल्चींग एउटा रामो विकल्प हो । यो सजिलोसँग उपलब्ध हुन्छ र एउटा ठाँउबाट अर्को ठाँउमा लान सजिलो हुने र बिछाउन पनि सजिलो हुने हुन्छ ।

प्लास्टिक मल्चींगको फाइदाहरु
-बिरुवा को चिस्यान तथा तापक्रम नियंत्रणमा सहायक
– झारहरुको वृद्धिमा अवरोध
– हावा वा पानीबाट माटोको कटाई कम गर्द्छ
– बिरुवाको वृद्धिको लागि अनुकुल बाताबरण प्रदान गर्द्छ
– उत्पादनमा वृद्धि

प्लास्टिक मल्चींग
प्लास्टिक जब मल्चींगको रूपमा प्रयोग गरिन्छ त्यसलाई प्लास्टिक मल्चींग भनिन्छ । यो सस्तो, सजिलोसँग उपलब्ध हुने र सबै मोटाई अनि रङ्गमा उपलब्ध हुन्छ ।

प्लास्टिक मल्चींगको प्रकार
प्लास्टिक विभिन्न रङ्ग जस्तै कालो , पारदर्शी, पहेलो, कालो , सेतो, कालो , कालोर रातो प्लास्टिकको रुपमा उपलब्ध हुन्छ । सामान्यत कालो या सेतो कालो रङ्गको प्लास्टिक मल्चींग मुख्यत प्रयोग गरिन्छ ।

प्लास्टिक मल्चींगको छनोट
यसको छनोट खेतीको आवश्यकता अनुसार नै गरिन्छ । जस्तै झारपात नियन्त्रण, तापक्रमलाई बढी कम गर्ने एवं रोग नियन्त्रण इत्यादि। सामान्यत ढण् ( ज्ञद्दण् सेमी चौड़ा प्लास्टिक को प्रयोग गर्नु पर्दछ जसकारण कृषि कार्य सजिलोसँग सम्पन्न हुन सकोस ।

प्लास्टिकको मोटाइ

यो सामान्यत: खेती को प्रकार एवं उसको समय को अनुसार छनोट गर्नु पर्दछ । विभिन्न खेती को लागि प्लास्टिक को मोटाइ निम्न प्रकार हुनु पर्द्छ मोटाई 7 माइक्रोन मुंगफली , 20-25 माइक्रोन वार्षिक अवधि को खेती , 40-45 माइक्रोन द्विवार्षिक मध्यम अवधि खेती , 50-100 बहुवार्षिक लामो अवधि खेती

प्लास्टिक बिछाउने तरिका
प्लास्टिकलाई बिरुवा लगाउनुभन्दा अगाडी नै प्रयोग गरिन्छ । खेतमा क्यारी बनाउनुका साथै प्लास्टिकको बिछायर किनाराबाट दबाईन्छ । यसको लागि कामदार लगाएर गर्दा समय वा धन दुबैको नोक्सान हुन्छ । अत: वर्तमान समयमा ट्रेक्टरद्वारा प्लास्टिक बिछ्याउने मेसिन पनि उपलब्ध छ ।

प्लास्टिक बिछ्याउने समयमा निम्न कुराको ध्यान दिनु पर्द्छ
– मल्चींग सब्जीको खेती जस्तै टमाटर, गोबि आदिको लागि प्रयोग गारिन्छ ।
– प्लास्टिक मा प्वाल ठुलो पाइप हतौडा तथा पंचको माध्यमबाट बनाइन्छ ।
– खेतीको लागि चाहिने मल खादहरु प्लास्टिक भुइँमा बिछ्याउनेभन्दा पहिलै मिलाउन एकदम उपयुक्त हुन्छ ।
– बीउ वा बिरुवा प्लास्टिकको प्वालको सिधा लगाउनु पर्दछ ।

सिंचाई व्यवस्था
प्लास्टिक मल्चींग प्रयोग गरिएको खेतीमा ड्रिप सिंचाई विधि उपयुक्त हुन्छ । यो विधिमा लेटरललाई प्लास्टिकको मुनि राखिन्छ जसबाट सिचाई राम्रोसँग र सजिलोसँग हुन्छ तथा बिरुवाको चिस्यानको नियंत्रण हुन्छ । अथवा लेटरल एवं ड्रिपरलाई प्लास्टिक माथि राखेर पातलो पाइपको माध्यमबाट वा प्लास्टिकमा छिद्र बनाएर पानीको प्रवाह सुनिश्चित गरिन्छ ।

प्लास्टिक हटाउने एवं पुन प्रयोग
प्लास्टिकलाई खेतीको कटाईपछि खेतबाट हटाएर सहि तरिकासग पुनः प्रयोगको लागि राख्नु पर्द्छ , यदि यो प्रक्रिया गरिएन भने खेतमा प्लास्टिक प्रदूषणको समस्या हुन सक्द्छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :