बेसार खेती गर्ने तरिका

यो समाचार 661 पटक पढिएको

Q 1. बेसार(Turmeric) को खेतीको लागी कस्तो हावापानी चाहिन्छ ?

बेसार खेतीको लागी २०–३० डि.से. तापक्रम, ७०–८० प्रतिशत आद्रता भएको उष्ण देखि उपोष्ण (१५०० मीटर उचाई सम्म) प्रदेशको हावापानी आबश्यक पर्दछ ।

Q 2. बेसार खेतीको लागी माटो कस्तो हुनुपर्दछ ?

बलौटे दोमट, कालो, रातो र चिम्ट्याइलो माटो समेतमा खेती गर्न सकिन्छ । तर पानी नजम्ने जग्गा हुनुपर्दछ।

Q 3. बेसार रोप्ने महिना कुन हो ?

चैत्र वैशाख महिना उपयुक्त महिना हो ।

Q 4. जमिनको तैयारी कसरी गर्ने ?

बेसार रोप्नु भन्दा एक महिना पहिले नै २० से.मि. गहिराई सम्म ४/५ पटक खनजोत गरी माटो बुरबुराउदो बनाउनु पर्छ र पानी निकासको लागी ५० मीटरको दुरीमा सा–सानो चैनल बनाउनु पर्छ

Q 5. बेसार खेतीको लागी मलखानको मात्रा कति हो ?

  • २०० के.जी. निमको पात
  • २५ के.जी. नाइट्रोजन
  • ६० के.जी. फसफोरस
  • ६० के.जी. पोटास प्रति रोपनीका दरले दिनु पर्छ ।

Q 6. बेसार रोप्ने तरिका के हो ?

हार देखि हारको दुरी ५० से.मि. र बीउ देखि वीउको दुरी २५ से.मी. हुने गरी खाल्डो, ड्याङ वा कुलेसो जे बनाएर पनि रोप्न सकिन्छ ।

Q 7. बेसार खेतीमा बीउ दर कति चाहिन्छ ?

प्रति कठ्ठा २५०० के.जी.।

Q 8. नेपालमा कुन जातको बेसारको खेती गरिन्छ ?

हाल सम्म नेपालमा स्थानिय जातको मात्रै खेती गरिएको पाइएको छ ।

Q 9. बेसारको उन्नत जातहरु पनि छन् ?

बेसारको उन्नत जातहरुमा सि.आ–१, सगुन, सुवर्ण आदी छन् ।

Q 10. बेसार कति महिनामा तयार हुन्छ ?

७–९ महिनामा।


Q 11. प्रति रोपनी कति जति उत्पादन हुन्छ ?

सरदर प्रति रोपनी १ मे.ट. उत्पादन हुन्छ।

Q 12. बेसार भण्डारण गर्ने राम्रो तरिका के हो ?

स्थानियस्तरमै पनि गोठ, कटेरो, रुखको छाहारीमा थुप्रो बनाएर भण्डारण गर्न सकिन्छ ।

Q 13. मुख्य मुख्य कुन रोग लाग्छ ?

बेसारमा जरा कुहिने रोग नै मुख्य हुन । यसको अलवा पात कुहीने रोग पनि लाग्न सक्छ ।

Q 14. रोग नियन्त्रण गर्न के गर्नु पर्छ ?

विज्ञको सल्लाह अनुसार गर्नु पर्छ ।

Q 15. बेसारमा मुख्य रुपले के तत्व पाइन्छ ?

बेसारमा मसलाको अलावा अति महत्वपूर्ण औषधीय तत्व कारकोमीन पाइन्छ जुन क्यान्सर रोगको उपचारमा प्रयोग गरिन्छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :