मासुका लागी पालिने खरायो को पोषण तथा प्रजनन व्यबस्थापन

यो समाचार 4069 पटक पढिएको

खरायो पालनबाट स्वरोजगारको अवसर पनि

परापूर्वकाल देखी नै अरु खाले पशुपंक्षी झै खरायो प्रजाती मानवीय सभ्यताको अभिन्न अंगको रुपमा रही आएको मानिन्छ । रोमनहरुले यस प्रजातीलाई मनोरंजनका लागी प्रयोग गर्न जंगली खरायो समाती घरपालुवा बनाएको तथ्य भेटिन्छ । त्यहाँ बाट यस प्रजातीको जनसंख्या क्रमश् : दक्षिण युरोप, उत्तरी अफ्रिका, तथा स्पेनमा विस्तार भएको तथ्य भेटिन्छ ।

तथापी उन्नाईसौं शताब्दीको शुरु सम्म यस्को व्यवसायीक पालन शुरु गरिएको थिएन । तर प्रथम तथा देस्रो विश्व युद्ध ताका युद्धको विभिषिका कारण हुन गएको खाध्यन्नको अभावले भने खरायो मासु तथा यसबाट प्राप्त हुने प्रणीजनय उत्कृष्ट प्रोटीनको महत्व बढाएको देखिन्छ । खरायोबाट प्राप्त हुने मासुलाई भुमीगत मासु भनिने गरिंदो रहेछ ।

आजभोली यो प्रजाती, छाला सहितको रौं (फर) मासु तथा उन उत्पादनका लागी प्रयोगशालामा अनुसंधान प्रयोजन अनी सौखका लागी पालीन्छ । खरायोको मासु अती पोषिलो, स्वादीलो, उच्च गुणस्तरका साथै पुर्ण प्रोटिन, न्यून वोसो तथा नुनीलो हुने हुँदा मुटुको रोगीका लागी प्रयोग गर्न गराउन सकिन्छ । घरबारीमा सानो स्तरमा पालीने खरायोको मासुलाई जैविक रेफ्रिजेरेशन भनिन्छ । यसको अर्थ जती वेला मासु खान मन लाग्यो काट्यो खायो ।

सोभियत चिनभिलिया, न्युजिलैण्ड सेतो, विभर वेभेरेन्स, क्यालफोरनियन यिनका जात हुन जुन मासु तथा उन तथा फर उत्पादनका लागी प्रयोग गरिन्छ । यी जनावरबाट उचित उत्पादन लीन यिनको व्यवस्थित तथा वैज्ञानीक पोषण तथा प्रजनन व्यवस्थापन आवश्यक पर्छ ।

पोषण व्यवस्थापन :

खरायोहरुले घाँसपात, जंगली झारपात, वगैंचाका झारपात भान्साका हरियो तरकारी सागपात, गाजर ,चकुन्दर, तरकारीका बोक्रा, पराल, झाडी, जडीबुटी, केराउका पात बोक्रा खाने गर्दछ । शाहाकारी जीव भएकोले यिनको खानपानको आवश्यकता सामान्य जस्तो लाग्छ तर यिनलाई यिनको स्वास्थ्य ठिक राख्न उचित धयान दिनु पर्ने हुन्छ । त्यसकालागी यिनलाई संतुलित आहारा दिनु उचित हानेछ । त्यसकालागी निम्न कुराको विचार पु्याउनु बुद्धिमानी हुनेछ ।

  • खरायोको भोजनमा ताजा खस्रो घाँस तथा कोसे घाँस ६० प्रतिशत हुनु पर्छ ।
  • झुस परेका वा धुलो भएको घाँस पराल दिनु हुँदैन यसले स्वास प्रस्वास सम्बन्धि समस्या निम्याउन सक्छ ।
  • टर्रो, अमीलो खाले खाने कुरा नदिनु नै बेस । त्यस्ता दाना आहारा दिनु अघि निविशिकरण गर्नु पर्छ ।
  • सफा तथा ताजा पानी २४ सै घण्टा दिनु उचित हुन्छ ।
  • एक्कासि दानाको मात्रा तथा किसिम परिवर्तन गर्नु हुँदैन ।
  • ५ प्रतिशत जती मोलासेस दाना आहाराको स्वाद बढाउन दिँदा हुन्छ ।
  • खरायोको खाने समय निश्चित गर्नु पर्छ ।
  • घाँसपात बाहेक केहि अन्न वा गोटा दाना आवश्यकता अनुसार दिर्नु पर्छ ।

खरायो हरुले दिँउसो भन्दा राती बढी खाना रुचाउँछन । यिनको खाने रुची, उमेर,लींग, दाना आहाराको किसिम, वातावरणिय तापक्रम, यिनको जात, गर्भीणी वा बच्चा स्याहारेको बेलामा भर पर्छ । वाली लाग्नु १ हप्ता पहिला, वाली लागे पछि १ हप्ता, बच्चा जन्माउने समय भन्दा १ हप्ता तथा बच्चा जन्माए पछिको ३ हप्ताको समय यिनको आहारा तथा पोषण व्यवस्थापन जोखीमपूण हुन्छ ।

खरायोलाई पोषण तत्वको आवश्यकता :

खरायो दाना आहारामा प्रोटिन, कार्वोहाईड्रेट, वोसो खनिज तथा भिटामिनका माध्यमबाट आपुर्ति गर्ने गरिन्छ । खरायोको लागी दाना आहारामा रेशा हुनु अन्य पशुपंक्षी भन्दा अपरिहार्य मानिन्छ । यस्को न्यूनता भएको अवस्थामा खरायोलाई छेरपट्र्टि लाग्नु, झाडापखाला लाग्नुका साथै खरायोले आफ्नौ रौ समेत लुछि खाने गर्छ ।

पुग नपुग १.० पैतिशत क्यालशियम, ०.५ प्रतिशत फसफोरस ३०–४० मिग्रा प्रतिशत म्यागनेसियम दाना आहारामा भए यिनको सामान्य शारिरीक विकाश अनी उत्पादनशील प्रजननका लागी प्रयाप्त मानिन्छ । खरायोहरुले आफ्नो विपचर (दिशा) आफै खाने हुनाले भिटामिन बि समुह तथा सि यिनलाई बेग्लै दिई राख्नु पर्दैन, तर भिटामीन ए भने दिनु पर्ने हुन्छ । यिनको दानामा ०.५–१ प्रतिशत नुन, सोडियमक्लोराईडका रुपमा दिनु आवश्यक हुन्छ । आज पशुपालनका आय क्षेत्रमा जस्तै यस जैविक प्रोटिन उत्पादन गर्ने जीवलाई पनी हुदै नहुने जीवाणु जन्य संक्रमण रोक्न एन्टिवायोरीक दानाबाट प्रयोग गराईने प्रचलन छ । बरु त्यसको साटो पूर्व जैवीक सहजैवीक तथा विषक्ती न्यूनीकरण गर्ने खाले औषधीको प्रयोग बुद्धिमानी हुने छ ।

त्यस बाहेक ग्लाइसिन, हिस्टाडीन, आइसोल्यासिन, लाइसिन, मिधोनीन फिनाइलथिमोनाइन, ट्रिप्टोफान तथा भालीन जस्ता अपरीहार्य अमीनो एसिड डिनु बुद्धिमानी हुनेछ । तर अमीनो एसीड दिनु बुद्धिमानी हुने छ । तर यि र यस्ता पोषक तत्व शुद्ध तथा प्राकृतिक स्वरुपका हुनु प्राथमिकतामा पर्नु पर्ने छ । यस्का साथै ग्लुकोज मिक्षित इलेकट्रोलाइट बेला बेलामा पानीमा राखी दिनु पर्ने छ । अनी मात्र हामीले पालेका खरायोहरु स्वस्थ्य तन्दरुस्त हुने छन् ।

प्रजनन् व्यवस्थापन :

खरायो छिटो छिटो वंश विस्तार गर्न प्रख्यात मानिन्छ । यिनले वर्षमा ६-७ पटक बच्चा जनमाउछन । यिनले एक पटकमा ३-१२ वटा बच्चा जन्माउछन , औसत यिनको ७ त्यस उसले भाले पोथीको व्यवस्थापन अनी माउबाट बच्चा छुट्याउनु जस्ता कार्य महत्वपूर्ण मानिन्छन । यस्ता बेला बच्चा, भाले, पोथी तथा बच्चाहरुका लागी पोषण व्यवस्थापन त छदैछ । बच्चा जन्माउनका लागी प्रयोग गरीने भाले तथा पोथीको उमेर करीब एक वर्ष पुगेको हुनुपर्छ । प्रजनन्का लागी पालीने खरायोहरुलाई प्रशस्त घाँसपात संतुलीत दाना आवश्यक खनीज तत्वको मिश्रिणका साथै पानी अटुट रुपमा आपुर्ती गर्नु पर्छ ।

भाले र पोथी खरायोलाई छुट्टा छुट्टै खोरमा राख्नु पर्छ । भाले लगाउने कार्य सकभर विहानी पख गर्नु ज्यादा उचित हुन्छ किनभने विहान पख भाले योनिक रुपमा सकृय हुन्छ । भाले लगाउदा पोथी खरायोलाई भालेको खोरमा राखी छाडी दिनु पर्छ त्यस बेला कुनै किसिको हस्तक्षेपिय तनाव दिनु हुदैन । भालेको खोरमा १० देखि २० मिनेट पोथीलाई राख्दा केही सांकेतीक आवाज निकाली भाले एकापटी ढली बस्यो भर्ने गर्भाधान सफल भएको मानिन्छ । त्यसका आधारमा पोथी व्याउने समय निश्चित गरी त्यसको व्यवस्थापन गर्न सकिनछ । पोथीको पूर्ण गर्भावस्था ३०-३२ दिन मानिन्छ ।

यसमा २ दिन ढिलो चाडो पनी हुन सक्छ । भाले लागेको २४ दिन पछि पोथी खरायोको खोरमा १.५ फिट लामो, १ फिट चौडाइ र १ फिट उचाइ भएको सुत्केरी वाकस राख्नु पर्छ । सो वाकसमा २०० ग्राम जती सफा सेतो कपास राख्नु पर्छ किनभने गर्भिणि खरायोले प्रसव वेदाना शुरु हुन २-३ दिन अघि यो कपासमा आफ्नो जीउको रौं मिसाइ सुत्केरी गुंड निर्माण गर्छे । जस्ले गर्दा जन्मेका बच्चा चिसोको असरबाट प्रभावित हुनबाट बच्छन् । पोथी खरायोले आफ्ना सन्तानको सम्पुर्ण स्याहार सुसार आफै गर्छे ।

डा. केदार कार्की

यस बेला मानिस वा अन्य खरायो सम्म चियाएको मन पराउँदैन । बच्चा सहितको पोथीलाई यथोचित संतुलीत आहारा प्रशस्त हरियो घाँसपात तथा पानीको निरन्तर आपुर्ति हुनु पर्ने छ । १०-१५ दिनको उमेर पछि नानी खरायोले आँखा उघार्छन र यिनको शरीरमा रौं पनी पलाइ सक्ने हुनाले माउसँग सुत्केरी गुंणबाट निस्केर दाना घाँसपात खान शुरु गर्दछन । बच्चालाई करिब २ महिना सम्म माउसँगै राखेर राम्रो स्याहार सुसार गरेको खड्मा खरायोका बच्चा सजीलै हुर्कन सक्छन । र ८४ दिनमा यिनको तौल २२००-२४०० ग्राम सम्म पुग्छ जुन मासु प्रयोजनका लागी बजारिकरण गर्न सकिन्छ । रौं सहितको छाला जसबाट फरकोट बनाइन्छ , रौंबाट निस्केको उन यसबाट बनाइने न्यानो लुगा, अन्य भन्दा महंगो नै हुने भयो । यसरी मासुको सहज आपुर्ति बहुमूल्य उप–उत्पादन अझ आफ्नै करेँसाँवारीमा उत्पादन गर्न सकिन्छ ।