यसरी गरौं आधुनिक तबरबाट गाई पालन ! आवश्यक सम्पूर्ण जानकारीसहित

यो समाचार 14694 पटक पढिएको

वाछावाछी पालनदेखि रोग, औषधी र दानासम्मको पूर्ण विवरण

• भरतराज गौतम

नेपालमा पछिल्लो समयमा गाई पालन व्यवसायिक रुपमा फैलिदै गएको छ । नेपालमा परम्परागत जातका गाईदेखि जर्सिगाईको व्यवसायिक रुपमा पालन सुरु भएको छ । योसँगै दूध उत्पादनको क्षेत्र पनि फराकिलो भएको छ ।  यहाँ हामीले गाई पालनका लागि आवश्यक पर्ने अत्यावश्यक सम्पूर्ण जानकारी उपलब्ध गराउने जमर्को गरेका छौं । यो जानकारीबाट आधुनिक तथा व्यवसायिक रुपमा गाई पालन गर्न सकिन्छ ।

गाई फार्मका लागि गोठ आहारा व्यवस्थापन कसरी गर्ने ?

गोठ बनाउने जमीनको छनौट ध्यान दिनुपर्ने कुराहरु
–ओभानो,पहिरोलो, तुलानत्मक रुपले वरपरभन्दा केही अग्लो र सुरक्षित ठाँउमा ।
–यातायात, बिजुली,पानी तथा बजारको उपलब्धता भएको स्थानमा ।
–प्राविधिक सेवा सुविधा, औषधि,दाना आदि उपलब्ध भएको स्थानमा ।
–घाँस चरन नजिक भएको वा लगाउन सकिने ठाँउमा ।
–जंगली जनावर नलाग्ने ठाँउमा ।
–मलमूत्र खेतबारीमा लान नजिक हुने ठाँउमा ।
विभिन्न उमेर र अवस्थाका पशुको लागि छुट्टाछुट्टै लम्बाई, चौडाई भएको बस्ने ठाउँको आवश्यकता पर्छ । पशुको किसिमका आधारमा गोठ बनाउनुपर्छ । धेरै साँगुरो ठाँउमा धेरै पशु राखेमा व्यवस्थापनमा कठिनाईका साथै अन्य रोगले पनि आक्रमण गर्न सक्छ । त्यसैले विभिन्न किसिमका पशुको लागि तल लेखिएको वा चित्रमा देखाइए बमोजिमको ठाउँ चाहिन्छ ।

विवरण आवश्यक क्षेत्रफल वा नाप
भुइको स्टल क्षेत्रफल (साधारण दुधालु गाई,र्भौसीको लागि दानापानीको डुँड तथा भकारोसहित ) २.३मी १.३मी =२.९९ वर्ग मी
नालीका चौडाई ३० से.मी.
दानाको डुँडको पिंधको भित्री चौडाई  ४० से.मी.
पानीको डुँडको लम्बाई ३५ से.मी.
बाटो ५ फिट
प्रजनन योग्य राँगा ३० वर्ग मी.
गर्भिणी गाईभैसी  १२ वर्ग मी.
सुत्केरी कक्ष प्रत्येक २० गाई बराबर १ वटा १२ वर्ग मी.
विरामी कक्ष प्रत्येक २५ बराबर १ वटा १५ वर्ग मी.

गोठका आधारभूत विशेषताहरु
– बस्ने ठाउँ जमिनबाट ५० से.मी. ( एक हातजति) माथि उठेको ।
– गाईगोठको चौडाई ७ मी तथा लम्बाई आवश्यकता अनुसारको बनाउनु पर्छ ।
– बस्ने ठाउँ अगाडिदेखि पछाडिसम्म १ः१०० को अनुपातमा भिरालो हुुनुपर्छ ।
– घासपात दिने डुंडको व्यवस्ष हुनुपर्छ ।
– गोठ बनाउँदा मुत्र बगेर जाने ७ से.मी. गहिरो र ३० से.मी. चाक्लो नालीको व्यवस्ष गर्नुपर्छ र पिसाब आफै बगेर गई थुप्रने खाल्टो बनाउनुपर्छ ।
– बस्ने ठाउँमा घाम वा प्रकाश छिर्ने बनाउनुपर्छ ।
– ठण्डी ठाउँमा ताजा हावा खेल्ने झयाल तथा अन्यमा विना पर्खालको बनाउन सकिन्छ ।
– गोबर (मल) थुपार्ने ठाउँ अलग र पशुभन्दा १० मिटर टाढा हुनुपर्छ ।
– बस्ने ठाउँ ओभानो र खाल्टाखुल्टी नभएको हुनुपर्छ ।
– पाडा बाच्छाको लागि सानो टाँड बनाउनृपर्छ ।
– गोठ बनाउँदा ठाउँ र अवस्ष हेरी चारैतिर वा दुईतिर खुल्ला राख्न सकिन्छ । जाडो ठाउँमा घामको प्रकाश आउने तिर खुल्ला राख्नु पर्छ । ज्यादै जाडोमा झयाल राखी खोल्न र बन्द गर्न मिल्ने बनाउनु पर्छ ।
– भुईको क्षेत्रफलको कम्तीमा १० प्रतिशत भेन्टिलेसन हुनैपर्छ ।

पशुपंक्षीको खोर, गोठमा निम्नानुसार विकृतिहरु हुन्छन् :
– चिसो, फोहर ठाउँमा विभिन्न रोगका किटाणु हुन्छ जसले गर्दा पशुलाई चाँडै रोग लाग्न सक्छ ।
– अध्याँरो ठाउँमा उपियाँ, किर्ना,सुलसुले, जुम्रा, लामखुट्टे र अन्य सुक्षम जीवहरु बस्छन् ।
– हावा नखेल्ने, ठाउँमा चिसो र बाफिलो हुन्छ जसले गर्दा पशुमा निमोनिया र अन्य रोग लाग्न सक्छन् । हावा खेल्ने गोठमा सोत्तर र चिसोबाट निस्केको बाफ बाहिर उडाउँछ ।
–घामबाट पशुुले भिटामिन तथा शरीर संचालनका लागि चाहिने हार्मेन निकाल्न पाउँछन ।

माथि उल्लेख भए बमोजिम भकारो, नाला, दानापानीको डुँड आदीको नाप राखी गोठ बनाउँदा गोठ बनाउँदा दुवैतिर लाइनमा एकातर्फ टाउँको फर्काएर गाई राख्ने (हेड टु हेड सिस्टम) गरी गोठको निर्माण गर्दा तलको चित्रमा देखिए बमोजिम हुने गरि निर्माण गर्नुपर्दछ । तर एकापट्टी मात्र घाम लाग्ने प्रकृतिको जग्गा वा खासगरि मध्यपहाडी जिल्लाका डाँडा र बेसीहरुमा गोठ बनाउँदा दुवैतिर केही घण्टाको लागि भए पनि घाम लाग्ने जमीन छैन भने एकातिरमात्रै पशु राख्ने गरि गोठ बनाउनुपर्छ । त्यस्तो अवस्थामा हेड टु हेड वा टेल टु टेल कृषिकहरुले गोठ बनाउँदा दोहोरो लाइनमा पशु राख्ने गरी गोठ बनाएपनि घाम लाग्ने पट्टीको पशुभन्दा अर्को साइडको घाम नलाग्ने पट्टीको साइडमा राखिएका पशुहरु धेरै रोगी हुने र परजीवले पनि सताउने गरेको पाइएपछि त्यस्तो गोठमा गरिएको खर्च अर्थहिन सावित हुन गएको छ । पछी त्यस्तो घाम नलाग्ने साइडमा उहाँहरुले दाउरा घाँस जस्ता सामाग्रीहरु राखेर उपयोग गर्नुपरेको अवस्था देखिन्छ ।

चितवन जिल्लाका कतिपय व्यावसायिक फार्महरुमा भने कृषकहरुले चमेराको प्रकोप भएको र गाईवस्तुलाई दुःख दिएको भन्दै खोरको सम्पूर्ण भागमा तटवन्धमा प्रयोग गरिने जाली लगाउने गरेको समेत पाइएको छ । आर्थिक रुपले थेग्न सक्ने अवस्थामा यस्तो व्यवस्ष गर्नु पनि उपयुक्त नै हुन जान्छ । तर जालीको व्यवस्था गरेपछि दुवैपर्फ तलदेखि माथिसम्मै कभर गर्ने गरि ग्रिलयुक्त ढोकय पनि व्यवस्ष गर्नुपर्ने हुन्छ । यसरी व्यवस्था गर्न सकेको खण्डमा बहुलाहा कुकुर,स्यालजस्ता जीवजन्तुबाट रेबीज रोगको जोखिम पनि हुन पाउँदैन भने चोर, फटाहा आदिबाट पनि सुरक्षा दिन सकिन्छ । तर सकभर अनावश्यक खर्चहरुलाई कटौती गर्नतिर नै ध्यान केन्द्रित हुनुपर्छ किनकि सम्पूर्ण लागत अन्तत : दुधको उत्पादन लागतमा गएर जोडिन्छ । उत्पादन लागतको सिधा सम्बन्ध व्यावसायिक सफलता र प्रतिस्पर्धी क्षमतासँग हुन्छ ।

गाईभैसींको लागि दाना बनाउने तरिका :
गाईभैसीं पालनमा हुने कुल खर्चको मुख्य भाग वा ५० देखि ६० प्रतिशत आहारामा खर्च हुनुका साथै पशुको स्वास्थय र उत्पादन प्रत्यक्ष रुपमा आहारमा नै निर्भर हुनाले व्यवस्थापन गाईभैसींपालनको सबैभन्दा महत्वपूर्ण पक्ष हो भन्न सकिन्छ । तर हाम्रो अधिकांश कृषकहरुले अज्ञानता वा हेलचक्राइका कारण पशुपंक्षीलाई सन्तुलित आहारा खुवाउन सकिरहनु भएको छैन । पौष्टिकताभन्दा पनि घरमा ढुटो,चोकर वा मकै आदि जहिले जे छ वा अनुकुल हुन्छ त्यो मात्रै खुवाउने चलन छ । यसरी खुवाउँदा पशुको लागि आवश्यक पर्ने सम्पुर्ण पौष्टिक तत्वहरु संन्तुलित रुपमा आपूर्ति हुन नसक्ने हुनाले पशुवस्तुबाट आशातीत उत्पादन प्राप्त गर्न सकिदैन । किनकि प्रत्येक जीवित प्राणीहरुलाई स्वस्थ रहन,जिवन धान्न,हुर्कन, सन्तान वृद्धि गर्न तथा उत्पादन दिन सबै खालका पौष्टिक तत्वहरुको आवश्यकता पर्दछ । आहारामा हुने पौष्टिक तत्वलाई कार्बोहाइडे्रट, प्रोटिन, चिल्लो पदार्थ, भिटामिन, खनीज तथा पानी गरि ६ समुहमा विभाजन गरिएको छ र एउटा सन्तुलित आहारामा यी ६ वटै तत्वहरु ठिक–ठिक मात्रामा हुनु आवश्यक छ । खासगरि हाम्रा कृषकहरुले खुवाउने दानामा गाईभैसींलाई प्रोटिन तथा खनीज र भिटामिन तत्वको अभाव भएको देखिन्छ । गाईभैसींलाई खुवाउने आहारामा प्रतिकेजि दानामा २६०० किलोक्यालोरी शक्ति तथा १४ देखि १६ प्रतिशत प्रोटिन तत्व हुन आवश्यक छ जुन तल दिइएको दानाको नमूनाबाट प्राप्त हुन्छ । कतिपय दाना उद्योगले २५०० किलो क्यालोरी प्रतिकेजी मात्र शक्ति भएको दाना वजारमा ल्याएको पाईन्छ जुन व्यस्क गाईको लागि उपयुक्त मानिदैन । अझ कतिपयले भने २३ प्रतिशतसम्म प्रोटिन भएको दाना समेत विक्ति गरीरहेको पाईन्छ । गाईको दानामा व्रोइलर कुखुराको भन्दा पनि बढी प्रोटिन भएको दावी गरेर विक्रि गर्नु अनुपयुक्त मात्र होइन आपत्तिजनक समेत छ । यहाँनिर हामीले विचार गर्नुपर्ने कुरा के छ भने हामीले गाईको आहारामा आवश्यक पर्ने प्रोटिन वा शक्ति केवल दानामा मात्रै नभई पौष्टिक घाँस, हे तथा साइलेज आदिबाट पनि (तल उल्लेख भएवमोजीम) खुवाउन सकेको खण्डमा माथि भनिएका महँगा र उच्च प्रोटिनयुक्त दाना खुवाईरहनु आवश्यक पर्दैन।

गाईभैसींलाई दिइने दानाको नमूना( १०० केजी) :

कच्चा पदार्थ मात्रा ( केजी) कैफियत
गहुँको चोकर २५
ढुटो (राइस पोलीस) २५ सेलर मिलको ढुटो
मकै २० पहेंलो वा रातो मकै
तिलवा तोरी पिना (भुटेको) २५ तोरी पिना भए भुटेको
चुनढुंगा वा चक पाउडर राम्री पिसेको
रखजीज भिष्टामीन मिश्रण बजारमा उपलब्ध
वोनमिल अर्थात हड्डीचूर्ण ५०० ग्राम किटाणुरहित पारिएको
नुन आयोेडिनयुक्त प्याकेट नफुटेको नुन
मोलासेस, खुदो वा भेली २ केजी मेशीनले मिक्सींग गर्ने भएमात्र प्रयोग गर्ने ,बाक्लो लेदोवाला खुदो हुनुपर्ने (८०) ब्रिक्स

नोट :
यो एक नमूना दानामात्र हो, यसमा चोकर, ढुटो र मकैमा बजारमा जुन सस्तो र सहजै उपलब्ध हुन्छ सोको आधारमा मात्रा थपघट गर्न सकिन्ट किनकि यी सबै पदार्थहरु शक्तिको लागि राख्ने हो तर पिनाको स्थानमा यिनीहरुलाँई प्रयोग गर्न सकिदैन किनकि यी पदार्थहरुमा पिना वा गेडागुडीको जति मात्रामा प्रोटिन पाइदैन । सबैलाई धुलो हुने गरि पिसाइसकेपछि सफा सिमेन्टेड भुइँमा वा प्लाष्टिक बिच्छाएर सबैभन्दा धेरै भाग भएको ढुटो, चोकर, पिना आदिलाई तलतिर पर्ने गरी खन्याउने भिटामिन खनीजजस्ता भागलाई थुप्रोकये माथिल्लो भागमा चारैतिर पर्ने गरी खन्याउने गर्नुपर्दछ । त्यसपछि सबैलाई बेल्चाको माँध्यमबाट तल–माथि र दायाँ–बायाँ गरी तबसम्म चलाउने जबसम्म प्रत्येक गाँसमा भिटामिन, खनीज, नुन आदि पुगेको आभास हामीलाई हुँदैन । यदि धेरै संख्यामा गाईभैसीं पालिएको छ र दानाको मिक्सर प्रयोग गरी दाना बनाउने हो भने माथि उल्लेखित दानामा २ प्रतिशत भेलीको पनि प्रयोग गर्नु राम्रो हुन्छ । तर हातैले बेल्चाको प्रयोग गरी मोल्नुपर्ने अवस्थामा भेली राख्नुहुँदैन किनकि यो लुँडिन्छ र राम्ररी घोल्न सकिदैन । तैपनि विनामेशीन हातैले वेल्चा प्रयोग गरी वनाइने दानामा पनि भेली राख्न परेको खण्डमा पहिले सबैकुरा मोलिसकेरमात्र भेली राखेर मोल्नुपर्छ तर यसो गर्दा वढी श्रम लाग्ने हुन्छ । यसरी आफ्नो पशुसंख्या हेरी दाना बनाउनुपर्छ र एकैचोटि धेरै दाना बनाएर सड्ने गरी राख्नुहुँदैन । एकपटक बनाएको दाना पन्ध्र–बीस दिनजतिमा खपत भयो भने त्यसलाई राम्रो मानिन्छ ।

पशुलाई दाना घाँस कति खुवाउने ?
यसरी बनाइने आहारलाई दैनिक १० लि. सम्म दुध दिने गाईलाई खुवाउँदा दैनिक ३.५ केजि खुवाउनुपर्छ भने प्रत्येक थप ३ लि. दुधको लागि १ केजि थप गर्दै लैजानुपर्दछ । जस्तै, यदि १३ लि. दुध दिन्छ भने ४.५ केजि दैनिक र १६ लि. दैनिक दुध दिने खालको पशु हो भने ५.५ केजी गर्दै लैजानुपर्दछ ।तर प्रशस्त मात्रामा कोशे तथा अकोशे घाँस खुवाउन सकेको खण्डमा माथिको मात्रामा १ देखि १.५ केजी दाना कम गरे पनि हुन्छ । घाँस खुवाउँदा १ भाग कोशे खुवाइन्छ भने २ भाग अकोशे खुवाउनुपर्छ । घाँस होस या पराल काटेर खुवाउने गर्नुपर्छ। हे वा पराल दैनिक अधिकतम ५ देखि ६ केजी, घाँस २० देखि २५ केजी खुवाउने गर्नुपर्छ । ढुसी परेको दाना र पराल खुवाउनु हुँर्दन । दाना दिदाँ पहिलो दिनमा नै पूरा मात्रा नखुवाउने र अलिअलि गर्दै पूरा मात्रा मनतातो हुने गरि पकाएर खुवाउने गर्नुपर्छ । धेरै पकाउनु हुँदैन र पकाउन नसक्ने अवस्थामा १–२ घण्टा भिजाएर भए पनि खुवाउनुपर्छ । कृषकले हे तथा साइलेज बनाएर खुवाउन सके हिउँदमा पनि दुध उत्पादन घट्न पाउँदैन ।

पौष्टिक तत्वको कमीले देखिने लक्षण तथा पौष्टिक तत्वका स्रोतहरु :

पोषक तत्वको नाम कमीले देखिने मूख्य लक्षणहरु मुख्य स्रोतहरु
कार्वोहाईडेट पशु दुब्लाउने,कमजोर हुने,पेटभित्रको बच्चाको तौल कम हुने वा गर्भ नअडिने अन्नवालीहरु,अकोेशे घाँसहरु,ढुटो, चोकर, खुदो,भेली आदि

 

प्रटिन बाच्छा पाडाको जन्मतौल कम हुने, दुब्लाउने,कमजोर हुने

 

गेडागुडी वा दालवालीहरु,कोेशेघाँस वालीहरु पीना, माछा, मासु ,आदि
क्यालसियम ब्याउने क्रममा पाठेघर तथा अन्य मांशपेशी खुम्चन नसक्ने, रिकेट्स, हडडी कमजोर भै भाँचिने , जोर्नी ठूलो हुने, ब्याएपछि मिल्क फिभर वा सितांग ज्वरो हुने, ओस्टीयोपोरोसिस, ओस्टीयोमालासिया आदि हड्डीको धुलो, चुनढुंगा, दुध, माछा,मासु,कोशे, घाँसवाली,पीना ,आदि

 

फस्फोरस पाइका, रिकेट्स्, हड्डी कमजोर भै भाँचिने, वनेको भ्रूण टिकाउ नहुने आदि हड्डीको धुलो, माछा मासु, कोशे घाँसेवाली, पीना आदि

 

प्लाम

 

माउ तथा पछि जन्मने बाच्छाबाच्छी पाडापाडीलाई रक्त अल्पता हुने हरियो सागपात वा घाँस, आइरन साल्ट, खुदो ,भेली,रातोमाटो आदि
तामा, म्यान्गानीज र जिंक छाला खस्रो हुने, फुट्ने, रक्तअल्पता, हड्डी कमजोर हुने तथा भाँचिने,तुहिने आदि कपासको बिउ,केराउ,माछा,पीना,खुदो,ढुटो, चोकर आदि

 

सोडियम,क्लोरीन दिमागले राम्ररी काम नगर्ने, पानीको कमी हुने, कमजोरी नुन तथा पशुजन्य स्रोतबाट आएका पदार्थहरु

 

आयोडिन दिमागले राम्ररी काम नगर्ने,बाच्छाबाच्छी पुड्को भै नबढ्ने, रौं झर्ने, तुहिने,छाला चाउरिने,कमजोरी

 

आयो नुन, माछाको सिद्रा, जलचर आदि

 

भिटामिन ए यसलाई प्रजनन् हार्मोन पनि भनिन्छ। हिँड्दा लरखराउने,रतन्धो, तुहिने,कमजोर पाठा पाउने,हड्डी कमजोर भै व्याउन अफठ्यारो हुन सक्ने, साल अड्किने कलिलो हरियो घाँस,पहेंलो फलफुल तथा पहेलो मकै एवं  कोशे घाँसहरु, चिल्लो पदार्थ

 

भिटामिन इ, सेलेनीयम साल अड्कने, मासुमा सेतो थोप्ला देखिने, पानी जम्नु र सुन्नीने,भ्रुणको शुरु अवस्थामा नै मृत्यु हुन सक्ने, प्रजनन् सम्बन्ध अन्य समस्या कलिलो हरियो घाँस एवं कोशे घाँसहरु, चिल्लो पदार्थ

 

।भिटामिन डी

 

रिकेट्स, हड्डी कमजोर भै भाचिने, जोर्नी ठूलो हुने,भिटामीन ए सँग सहकार्य हुने सूर्यको किरण,घाममा सुकाएका खानेकुरा तथा चिल्लो पदार्थ
भिटामीन वि कम्पलेक्स दानामा अरुची,तुहिने,रौ झर्ने,रक्तअल्पता,वृद्धिदरमा कमी,फोलेट(फोलीक एसीडको कमीले भ्रुणको नर्भस , सिस्टमको विकासमा कमी)

 

कलिलो हरियो घाँस एवं कोशे घाँसहरु,फलफुल,माछामासु, दुध,पीना आदि
 भिटामिन के  रक्तअल्पता,ढिलो रगत जम्ने,छालाभित्र रक्तश्राव देखिने कलिलो हरियो घाँस एवं कोशे घाँसहरु, फलफुल,माछामासु,दुध,भट्मास,पीना आदि

व्यवसायिक पशुपालनमा उत्पादन लागत घटाउन ध्यान दिनुपर्ने १० बुदाँहरु :

१.  पशुको नश्ल सुधार तथा उपयुक्त नश्लको पहिचान ।

२.  सन्तुलित तथा स्थानिय रुपमा उपलब्ध पशुआहारा ।

३.  मांसमा आधारित पशुपालन ।

४.  पशुखोप, गोठ व्यवस्थापन, परजीवी नियन्त्रण, जैवीक सुरक्षा,उपचार आदिको उचित व्यवस्थापन ।

५.  व्यवसायिक रुपमा (धेरै संख्यामा ) पशुपालन गर्ने तथा सकभर सम्भव भएसम्म मेशीनको प्रयोग गर्ने ।

६.  पशुजन्य पदार्थको उचित बजारीकरण ।

७.  पशुपंक्षीजन्य पदार्थको उत्पादन तथा बजारीकरणका लागि सहकारी ।

८.  हे, साइलेजको प्रयोग तथा कमसल आहाराको स्तरवृद्धि ।

९.  दाना खपत, आम्दानी खर्च, प्रजनन् उपचार आदिको फार्म अभिलेख राख्ने ।

१०. बजार  सुचना प्रणालीको उपयोग गर्ने ।

गर्भिणी तथा सुत्केरी गाईभैसीं, बाच्छा बाच्छीको हेरविचार एवं बिगौती दूधको महत्वः

पशुपालन व्यवसायमा पशुहरुको राम्रो स्याहार सुसार र उचित व्यवस्थापन मिलाउन सकेमा मात्र व्यवसायले राम्रो फाइदा दिन सकिन्छ । संचालन गर्दा सबै सम्भावित र आवश्यक कार्यहरुको मिति सहितको समयमा नै तालिका बनाइ व्यवस्थित गरिसकेको हुनु पर्दछ । गर्भिणी तथा सुत्केरी माउको र बाच्छाबाच्छीहरुको हेरचाह एक महत्वपूर्ण कार्य भएको हुनाले फार्मधनीले आवश्यक चाँजोपाँजो मिलाउनको लागि पनि यस कार्यले सहज बनाउँदछ । पशुधनीले गाईभैसीं ब्याउने अवधि थाहा पाउनु पर्दछ । साधारणतया बाली गएको साढे नौ महिना अर्थात २८० दिनपछि गाई ब्याउँछ भने भैसीं ३१० दिनमा ब्याउँछ ।  माउले गर्भाधारण गरेपछि लगभग ६ महिनासम्म पोषक तत्वहरुको आवश्यकतामा वा थप दानामा विशेष जोड दिनु पर्दैन । तर माउ ब्याउनु अघि दुई–तिन महिना अघि गर्भासयमा रहेको बच्चाको तौल  अत्याधिक मात्रामा बढ्छ । यस अवस्थामा गर्भिणी माउलाई जीवन निर्वाह आहारामा थप पौष्टिक आहारा दिनुपर्छ । दुध दिई रहेको गर्भिणी माउलाई व्याउनुभन्दा दुई महिना अघिदेखि दुध सुकाउनु पर्छ र पोषणयुक्त आहाराको व्यवस्ष मिलाउनु पर्छ । यस अवधिमा माउलाई जीवन निर्वाहको लागि र गर्भाशयमा हुर्किरहेको गर्भको लागि अति पोषिलो तथा रोग प्रतिरोधक विगौती दुध उत्पादनको लागि तथा आउने वेतको लागि शरीरमा पोषण तत्वहरु पर्याप्त मात्रामा भण्डारण गर्नका लागि बढी पोषणयुक्त आहाराको जरुरत पर्दछ । त्यसैले व्याउने संभाव्य मिति याद गरि राख्नुपर्दछ । त्यसपछि निम्नलिखित कुराहरुमा ध्यान दिन आवश्यक देखिन्छ ।:

१. व्याउने माउलाई व्याउनु भन्दा २ देखि ३ हप्ता अगाडी देखि वथानबाट अलग राख्नु वेश हुन्छ । सकेसम्म छाडा नछाड्ने र सार्वजनिक चरनहरुमा नछोड्नु वेश हुन्छ । नत्र भने पशु लडेर वा आपसमा जुधेर तुहिने डर हुन्छ ।

२. गाई व्याउने संभाव्य मिति भन्दा केहि दिन अगाडि देखि व्याउने गाईसलाई दैनिक थोरै समय हल्का हिँडडुल गराउनु पर्दछ । यसो गर्नाले गाई व्याउने समयमा हुन सक्ने संभावित कठिनाई (जस्तै डिस्टोकिया समस्या ) मा केहि हद सम्म कम हुन जान्छ

३. व्याउने मितिभन्दा करिव दुई महिना अगिदेखि दुध दुहन वन्द गर्नु पर्दछ । यसो गर्नाले आगामि आपूर्ति हुन्छ र माउ दुब्लो हुन पाउँदैन ।

४. व्याउने भएको ६ महिना पुगे पछि गाईलाई थप दाना र प्रसस्त हरियो घाँस दिनु पर्दछ । यसबाट तिव्र गतिमा बढ्दै गरेको वच्चाको लागि पौष्टिक तत्वहरुको आपूर्ति हुन्छ र माउ पनि स्वस्थ रहन्छ ।

५. गाई व्याउने एक हप्ता अगाडि अलग्गै व्याउने कोठामा राख्नु पर्दछ । अलग्गै व्याउने कोठा नभए प्रसस्त हावा खेल्न सक्ने गोठको एक छेउमा राम्रोसँग सफा गरेर फिनाईल पानी वा चुन छर्कन र ओभानो सोत्तर राखी व्याउने गाईलाई सफा गरेको ठाउँमा राख्नु पर्छ । यसरी व्याउने ठाउँ तयार गर्दा अगाडि पट्टी अलि होचो र पछाडि पट्टी अलि अग्लो बनाउनु पर्दछ । यसबाट गाईको भण्डारो फर्कने डर कम हुन्छ ।

६. व्याउने अन्तिम अवस्थामा पुगेको गाईभैसींमा कल्चौडा डम्म परेको सुत फुलेको र पुच्छरको फेदमा ख्याप्प देखिने हुन्छ ।

७. यदि राख्नुपर्ने कुरा के छ भने स्वस्थ अवस्थाको गाई वा भैसीं साधारणतया सजिलै व्याउँछ र कुनै सहयोग चाहिदैन । तर सहयोगको लागि तयार भएर चाहिँ बस्नु पर्छ ।

८. र्गभिणी गाईलाई शारीरीक तौल, शारीरिक अवस्ष र उत्पादनको आधारमा र पेटभित्रको भ्रुण खास गरि ३ महिनामा छिटो छिटो वृद्धि हुने हुनाले गर्भिणी माउको आहारमा विशेष ध्यान दिनु पर्दछ । साथै नरम हरियो घाँस दिनाले कब्जियत हुनबाट बचाउँछ र व्याउन सजिलो हुनुको साथै भण्डार फर्कन संभावना पनि कम हुन्छ ।

९. साधारणतया व्याउने व्याथा लागेको ३ देखि ४ घण्टामा गाई व्याइसक्नु पर्दछ । यदि समस्या परेमा पशु स्वास्थ्य प्रविधिक अथवा तालिम प्राप्त व्यक्तिको सहयोग लिन राम्रो हुन्छ ।

१०. व्याएको ३ देखि ४ घण्टामा साल झर्नु पर्दछ । यदि ८ घण्टासम्म पनि साल नझरे रिप्लेन्ट पाउडर वा एक्जापार झोल औषधि ५० देखि ६० मि.लि. दिनको ३ देखि ४ पटक खुवाउने र चौबीस  घण्टासम्म पनि साल नझरे पशु चिकित्सकसँग सम्पर्क गर्ने । साल नझरेसम्म गाईलाई एक्लै छोड्न   साल खान दिनु हुँदैन । साल खाएमा (अति बढी मात्रामा प्रोटिन हुने हुँदा) गाईवस्तुलाई अमन भई दाना खान छाडी दुध सुक्न सक्दछ ।

११. व्याएकै दिनमा माउलाई पोषिलो दाना दिनुहँदैन । माउलाई मनतातो खोले अथवा नुन, सख्खर र पानीको घोल खान दिने । यसबाट गाई भैसींलाई तुरुन्त शक्ति पाउन मद्यत पुग्छ ।

१२. व्याइसकेको माउलाई शुरुमा चोकर, ढुटो,भुषा आदि मनतातो पानीमा मिसाई खुवाउने र केहि नरम हरियो घाँस पनि खुवाएर कव्जियत कम भई दिशा सफा र नरम हुन्छ । २ देखि ३ दिनपछि अलिअलि गर्दै दाना खुवाउन सकिन्छ । दानाको मात्रापनि विस्तारै बढाउँदै गएर १२ दिनसम्ममा पूरा मात्रा दिन सकिन्छ ।

सुत्केरी माउको स्याहारमा ध्यान दिनुपर्ने थप कुराहरुः

– सिंताग वा दुधे ज्वरो सम्वन्धमा : धेरै दुध दिने गाई भैसीलाई खनिज तत्वहरु (खास गरी क्यालसीयम) को कमि र सिंताग वा दुधे ज्वरोबाट वचाउन दैनिक आहारामा कम्तीमा २५ ग्राम वोनमिल मिसाई (तर दानामा उचित मात्रामा क्याल्सीयमभ ए यो मात्रा दिनुपर्दैन) ख्वाउनको साथै प्रशस्त पोषिलो हरियो घाँस पनि दिनुपर्छ । साथै व्याउनु एक हप्ता अघिदेखि नै भिटामिन डिको सुई दिनुपर्छ ।

– बच्चा कसरी जन्मन्छ ? : गाई भैंसीको सुतवाट पानीका फोकय निस्कन्छ । उक्त पानीको फोका फुटेपछि वच्चाको अगाडिको दुवै खट्टा र थुतुनो सुतबाट बाहिर निस्कन्छ । वच्चा राम्रो अवस्थामा जन्मिदा अगाडिको खुट्टाहरु फाटिने टाउको दुईटा घण्टाको विचमा रहने साथै शरिर र पछााडिको खुट्टाहरु सिधा अवस्थामा  रहन्छन् ।

– गाई भैंसी व्याएपछि तत्काल गर्नु पर्ने कृयाकलापहरु : गाई भैंसी व्याएपछि सर्वप्रथम मनतातो पानीले (सकेसम्म पोटास या डिटोल मिसाएर फाँचो कल्चौडो) वरिपरि राम्रोसँग सफा गर्नु पर्दछ।  प्रत्येक थुनबाट ३ देखि ४ सर्का दुध दुहेर फयाकी दिनु पर्छ । यसो गर्दा थुनमा रहेकय किटाणुहरुलाई हटाउन सकिन्छ । त्यसपछि वच्चालाई विगौती दुध ख्वाउनु पर्छ । दुध दुुहुने वेलामा गाई भैंसीको शरीरले अक्सीटोसिन नाम गरेको हर्मोन निकाल्दछ र यसैको कारणले पशुले दुध छाड्दछ । यो हार्मोनका असर थोरै समयमा हराएर जाने हुनाले (करिव ७ मिनेट सम्ममा) हराएर जाने हुनाले दुध फटाफट दुहुनु पर्दछ । दुध दुहुदा मुठिमा थुन राखेर निर्चोन पर्दछ । नंग लाग्ने गरी तान्नु हुँदैन । यसो गर्दा थुनमा नंगले घाउ लागेर थुनेलो हुन सक्दछ ।

– गाई भैंसीलाई व्याएको २ महिना नपुगी साढे राँगो लगाउनु हुँदैन । किनकि पाठेघर पहिलाको अवस्था (सामान्य अवस्ष) मा आउन करिव २ महिना लाग्दछ । त्यसैले २ महिना नपुग्दै वाली लगाएमा गाई भैंसीको स्वास्थ्यमा प्रतिकुल असर पर्न जान्छ ।

– गाई भैंसीको दुध उत्पादन पहिलो वेतवाट चौथो वेत सम्म विस्तारै बढ्दै जान्छ र पाँचौ वेतबाट क्रमशः घट्दै जाने हुनाले गार्र्ई भैंसी खरिद गर्दा कुन वेतको हो थाहा पाइराख्नु पर्दछ ।

– नियमीत रुपमा परजीवी नियन्त्रणको औषधि खुवाउने गर्नु पर्दछ भने सुरुवा रोगको रोकथामको लागि भ्याक्सिनेसन गर्नु पर्दछ ।

 पाडापाडी तथा बाच्छाबाच्छीहरुको हेरचाह तथा व्यवस्थापन :

पाडापाडी तथा बाच्छाबाच्छीहरु नै पछि गएर गाई, गोरु, साँढे वा भैंसी, राँगा हुने भएकोले शुरु देखि नै यिनीहरुको राम्रो हेरविचार तथा स्याहार सँभार हुन सकेमा मात्र पछि गएर यिनीहरु राम्रो गाई वा भैंसी वन्न सक्ने हुन्छन् । भरखर जन्मेकय बाच्छाबाच्छीहरुको हेरविचार तथा स्याहार सुसार राम्रो भएमा तिनीहरुको मृत्युदर कम हुनका साथै स्वस्थ हुने हुनाले शारिरिक वृद्धि पनि राम्रो हुन जान्छ । गाई भैंसीले गर्भाधारण गरि पछि गर्भाशयमा हुर्कदै गरेको बाच्छाबाच्छीको लागि पनि आवश्यक व्यवस्थापन पनि शुरुबाट नै गर्नु पर्दछ । त्यसैले बाच्छाबाच्छी हुर्काउन निम्न कुरामा ध्यान दिनु आवश्यक छ।

१. बाच्छाबाच्छी पाडा पाडी जन्मने वित्तकै नाक मुखबाट जालो हटाई शरीर पुछि माउले चाट्न सक्ने गरि नजिकै राखी दिनु पर्दछ ।

२. जन्मेको करिव १ घण्टाभित्रमा माउको कल्चौडा सफा गरि सवै थुनवाट २ देखि ४ सिर्को दुध निकालेर फयाक्ने र बाच्छाबाच्छी पाडापाडीलाई दुध चुसाउने गर्नु पर्दछ । भरखर जन्मेको बाच्छाबाच्छी पाडापाडीलाई विगौती दुध अनमोल आहारा हो । विगौती दुधमा विभिन्न पौष्टिक तत्वहरु प्रशस्त मात्रामा हुन्छन् । यसमा रोग प्रतिरोधक तत्वहरु समेत पाउने हुँदा बाच्छाबाच्छीलाई विगौती दुध खुवाउन विर्सनु हुँदैन ।

३. भरखरै जन्मेकय बाच्छाबाच्छी पाडापाडीहरुको नाभी ४ अंगुल जति छाडि सफा व्लेड वा कैचीले काटिदिनु पर्छ र डिटोल वा टिन्चर आयोडिन जस्ता औषधि लगाई दिएमा नाइटो पाक्ने वा धनुष्टंकार जस्ता रोग तिनीहरुमा लाग्न बाट वचाउन सकिन्छ ।

४. बाच्छाबाच्छी पाडा पाडीहरुलाई साधारणतया एक महिनासम्म उनीहरुको शारिरिक तौलको दश खण्डको एक खण्ड दुध खुवाउनु पर्दछ । यसबाट दुध वढि भै छेर्ने र दुध कम भै कमजोर हुने हुँदै । सालाखाला १८ देखि १० केजी जिवीत तौल भएका बाच्छाबाच्छी पाडापाडीलाई डेढ दुई लिटर दुध खान दिनु पर्दछ ।

 ५. दुई तिन हप्ताकोे उमेर देखि नै बाच्छाबाच्छी पाडापाडीको अगाडि केही नरम र हरियो घाँस राख्ने गर्नु पर्दछ । यसबाट बाच्छा बाच्छी पाडा पाडीले छिट्टै घाँस खान सिक्छन् । १ महिना पछि दुधको मात्रा घटाएर बाच्छा बाच्छी पाडा पाडीको शरिरको तौलको १५ भागको एक भाग र पछि विस्तारै घटाएर ३ महिना पछि दुध खुवाउन छुटाउनु पर्दछ ।

६. बाच्छा बाच्छी पाठापाठीहरुलाई ३ हप्ता भित्र पहिलो पटक र दुध छुटाए पछि एक पटक अनिवार्य रुपमा जुकय विरुद्ध औषधि खुवाउनु पर्दछ ।

७. ४ देखि ६ महिनाको उमेर पुगेपछि यस पुस्तकको खोप तालीकामा उल्लेख भएवमोजीम रोग विरुद्ध भ्याक्सिनहरु लगाई रोग व्याधिबाट सुरक्षित पार्नु पर्दछ । खाना दिने भाँडा र गोठ राम्रासँग सफा गर्नु पर्दछ  । बाच्छी पाडीले चाडै वाली खोजेमा १८ महिना उमेर भएपछि मात्र (पाडीमा २८ महिनापछि )

पशुहरुमा विगौती दूधको महत्व :

भरखर जन्मेकय बाच्छा बाच्छी पाडा पाडीलाई विगौती दुध अमृत समान हुन्छ किनभने साधारण दुधको तुलनामा यसमा पौष्टिक पदार्थहरु जस्तै प्रोटिन, भिटामिन ए, डि, इ प्रशस्त मात्रामा पाइन्छ । अझै महत्वपूर्ण कुरा रोग विरुद्ध लड्ने एन्टीवडिजहरु यसमा निहित हुन्छ । विगौती दुधले पाडा पाडी बाच्छा बाच्छीको गर्भावस्थमा आहारामा जम्मा भएको नयाँ लेदो पदार्थहरुलाई सफा गरेर सोस्ने क्षमतालाई पनि बढाई दिन्छ । त्यसैले भरखर जन्मेको पाडा पाडी बाच्छा बाच्छीलाई जन्मेकय आधा घण्टामा नै विगौती दुध खुवाउनु पर्दछ । किनभने गाई भैंसी व्याए पछि उत्पादन हुने पहिलो दुध पाडा पाडी बाच्छा बाच्छीको लागि महत्वपूर्ण खानाको रुपमा प्रकृतिले प्रदान गरेको हुन्छ । यदि पाडा बाच्छा माउसँग छोडिएको छ भने व्याए पछि उठ्ना साथ माउको दुध खान थाल्दछ । यदि माउसँग पाडा बाच्छालाई छुट्याएको छ भने त्यस्ता पाडा पाडी तथा बाच्छा बाच्छीलाई कमसेकम ३ देखि ४ दिन सम्म नियमित रुपमा विगौती दुध दिनु पर्दछ । विगौती दुध पाडा पाडी बाच्छा बाच्छीको शारिरिक तौलको आधारमा १० प्रतिशत सम्म प्रति दिन दिनु पर्दछ । यदि छेरौटी लागेमा आधा भाग घटाउनु(सन्चो नहुन्जेल सम्म) पर्दछ । विगौती दुध वाक्लो र पहेलो हुन्छ । अतः यसप्रकार विगौती दुध खाए पछि पाडा बाच्छालाई सजिलै रोगले आक्रमण गर्न सक्दैन ।

बाच्छाबाच्छीलाई दुधको सट्टामा खुवाइने आहारा तथा खुवाउने तरिकाः

आजकल बाच्छा बाच्छीहरुलाई दुधमात्रै खुवाएर हुकउनु खर्चको हिसाबले निकै चुनौतीपूर्ण वन्दै गइरहेको छ । यहि कारणले गर्दा कतिपय कृषकहरु आफ्नो फार्ममा सकभर बाच्छो नै नजन्मोस भनेर कामना गर्छन् भने जन्मीहालेको खण्डमा पनि त्यसलाई कतै लगेर मर्नका लागि छाडीदिन्छन् । तर यहाँ हामीले बाच्छाबाच्छीहरुलाई दुधको सट्टामा खुवाउने आहाराको वारेमा उल्लेख गर्न गइरहेका छौं । यदि तलको तालिकामा उल्लेख भएवमोजीम आहारा वनाएर खुवाउने हो भने दुधमाध खुवाएको भन्दा लगभग आधामूल्यमा बाच्छी हुर्काउन सकिने कुरा छिमेकी भारतका कृषकहरुमा भएको अध्धयनहरुले देखाएका छन् । तर यसमा सावधानीहरु भने अपनाउनुपर्छ र मात्राको विषयमा पनि सजगता अपनाउनु पर्छ । यसप्रकारको आहारालाई मिल्क रिप्लेसर पनि भन्निछ । यसलाई वनाउने र खुवाउने तरिकय निम्नानुसारको छ ।

आहारा वनाउने कच्चा पर्दाथ मिलाउने भाग दैनिक खुवाउने मात्रा(४ दिनसम्म अनिवार्य विगौती दुध)
बदामको पिना २५ भाग

 

भटमासको पिना

 

२५ भाग
धुलो दुध ७ भाग

 

हाडको धुलो

 

१ भाग
खनिज, भिटामिन १ भाग

 

यीष्ट,एन्टीवायोटिक्स वा अन्य एडिटाइभ्स

पशुहरुमा प्रयोग गरिने खोपहरु र तिनीहरुको प्रयोग तालिका :

क्र.स. खोपको नाम रोगको नाम उमेर खोपको मात्रा र खोप दिने ठाउँ खोपको थप मात्रा(वुस्टर) नियमित खोप दिने समय खोप दिने सिजन

 

एफएमडि भ्याक्सीन(हेक्टस्) खोरेत ३ देखि ८ हप्ता १० मि.ली. छालामुनी ३ महिनापछि प्रत्येक ६ महिनामा भाद्र मसान्त र फाल्गुन मसान्त

 

रक्षा एफ एम डि खोरेत ४ महिना ३ मि.ली. छालामुनी १ महिनापछि

 

एच एस वा्रथ भ्याक्सीन भ्यागुते सबै उमेर ५ मि.ली. छालामुनी ६ महिनापछि वार्षिक वर्षात् शुरुहुनुभन्दा अघि
एचएस आयल एड्जुभेन्ट भ्यागुते सबै उमेर ३ मि.ली. छालामुनी ३ महिनापछि वार्षिक वर्षात शुरुहुनुभन्दा अघि

 

पोलीभ्यालेन्ट वि क्यु भ्याक्सीन चरचरे सबै उमेर ५ मि.ली. छालामुनी ६ महिनापछि वार्षिक

 

वर्षात् शुरुहुनुभन्दा अघि
एचएस र वि क्यु भ्याक्सीन भ्यागुते र चरचरे सबै उमेर १ मि.ली. छालामुनी ६ महिनापछि वार्षिक वर्षात् शुरुहुनुभन्दा अघि

 

एन्थाक्स स्पोर भ्याक्सीन पटके सबै उमेर १ मि.ली. छालामुनी ६ महिनापछि वार्षिक वर्षात् शुरुहुनुभन्दा अघि

 

टिस्यु कल्चर भ्याक्सीन गौगोटी सबै उमेर १ मि.ली. छालामुनी ३/३ वर्षमा जाडो समयमा

 

 

टेट भ्याक टिटानस सबै उमेर २ मि.ली छालामुनी ४ हप्तापछि वार्षिक कुनैपनि समयमा

स्रोतः भरतराज गौतम, व्यावसायिक गाईभैंसी पालन पुस्तक

प्रकाशकः पाँचपोखरी प्रकाशन प्रालि, न्युरोड, काठमाण्डौं