यसरी गरौं मौरी पालन, सम्पूर्ण जानकारी

यो समाचार 2205 पटक पढिएको

कृषि पाठशाला : आफु बुझौ र अरुलाई पनि सिकाऔं

 

तालिममा सिकाईने विषय वस्तुहरु:

 

-मौरी घारहरू राख्ने ठाउँको १–१.५ कि.मी. वरिपरि मौरी चरन बाली-बिरूवा फैलिएको क्षेत्र, फूल फुल्ने प्रयाप्त अवधि, पानीको श्रोत भएको र विषादीको प्रयोग नहुने क्षेत्र हुनु जरूरी छ । मौरी क्षेत्र वरिपरि सकेसम्म चरन सालभर नै उपलब्ध हुनुपर्दछ ।
– मौरी घारलाई अगाडिपट्टि केही ढल्काएर २५–३० से.मी. उचाई भएको स्टैण्ड माथि राख्नुपर्दछ र स्टैण्डको चारवटै खुट्टामा पानीले भरिएको कचौरा राख्नुपर्दछ ।
– मौरीको प्रवेशद्वार अगाडि खुल्ला ठाउँ हुनुपर्दछ ।
– स्थानीय जातको मौरीको लागि दुई घार बीचको दूरी कम्तिमा १ मिटर हुनुपर्दछ ।

 

मौसममा व्यवस्थापन कार्य:

१. गर्मी याममा चर्को घामबाट बचाउन छहारीको प्रबन्ध गर्ने, प्रवेशद्वार ठूलो पार्ने, भेन्टीलेशनको व्यवस्था गर्ने, मौरीको लागि घार बाहिर भाँडोमा नुनिलो पानी (५–८ ग्राम १ लि. पानीमा) राखी दिने ।
२. जाडो याममा घारको वरिपरिका प्वालहरू थुनी दिने, प्रवेशद्वार उत्तर दिशातिर नराख्ने, बोरा या गोरखा पत्रले घार-छाउरा फ्रेमहरू माथि छोपि दिने, मौरीले नढाकेको फ्रेमहरू झिकी डमी बोर्ड प्रयोग गरी ठाउँ सानो बनाई दिने, खानाको अभाव भएमा चिनी चास्नी दिन, कमजोर गोलाहरूलाई आपसमा संयोजन गरी दिने ।
३. गृष्म र वर्षा याममा मौरीहरू घारको ताप नियन् त्रण तिर बढी लाग्दछन् र साथै यस याममा मौरीका शत्रुहरू जस्तैः अरिंगाल, बच्छयूँ, मैन पुतली, चराले दुःख दिन्छन् । यस याममा मौरी आहारको पनि अभाव र रोगहरू पनि लाग्ने हुँदा मौरीहरू गृहत्याग गर्न सक्ने हुँदा रोग नियन्त्रण गरी कृत्रिम आहारको व्यवस्था गर्नुपर्दछ ।
४. नियमित रूपमा घार निरीक्षण गर्दा मौरीहरू कम चरनमा जाने, संचित गरेको मह खाईदिने, फुल र छाउरामा कमी देखिएमा मौरीले गृह त्याग गर्न सक्छ । अतः तुरून्त प्रवेशद्वारमा रानू ढोका प्रयोग गर्ने, बलियो गोलाबाट टालेका छाउराहरूको फ्रेम राख्ने, रोगी गोलालाई तुरून्तै औषधी उपचार गर्ने ।
५. अनुपयुक्त मौसममा निरीक्षण गर्दा घार धेरै वेरसम्म खुल्ला राख्नु हुँदैन ।

गोलाको पहिचान

१. चाकाहरूमा छाउराहरू कम र छारिएका हुन्छन् । छाउराको रंग धमिलो खरो देखिन्छ । रोगग्रस्त चाकाबाट नराम्रो गन्ध आउँछ ।
२. टालेका छाउराको बिर्को केही तल धसिएको र सानो प्वाल हुन्छ र आसनवोर्ड भित्र मरेका छाउराहरू प्रशस्त देखिन्छन् ।
३. त्यस्तै रोगी मौरीहरू घार बाहिर घस्रेर हिंंडछन्, उड्न नसक्नु, घारभित्र जताततै मौरी बिष्टा देखिन्छ ।

उपचार विधि

१. सम्बन्धित विशेषज्ञको सल्लाह लिई यदि इ.एफ.वि. रोग हो भने एन्टिबायोटिक अक्सीटेट्रासाइक्लीन वा टेरामाईटिन २५ मि.ग्रा-फ्रेमको दरले चिसो चिनी चास्नीमा औषधी मिसाई ३ दिनसम्म लगातार दिने वा १ ग्राम औषधी १ लिटर चिनी चास्नीमा मिलाई मौरी, छाउरा चाका आदिमा ५ दिनसम्म लगातार स्प्रे गर्ने ।
२. टी.एस.वि.भी. रोग भाइरसद्वारा लाग्ने भएकोले व्यवस्थापनमा सुधार गर्ने र विशेषज्ञसँग सरसल्लाह गरी सो अनुसार गर्ने ।
३.सुलसुले लागेमा ८५ प्रतिशतको फर्मिक एसिड एब्जर्वेन्ट कार्डबोर्डमा राखी सानो कपासको डल्लोमा भिजाई सानो बट्टा भित्र राखी आसन बोर्डमा राखी दिने (२ मि.लि.-फ्रेम दरले) ।

रोकथाम गर्ने उपायहरूः

१. एपियरीमा बलियो गोला मात्र राख्ने, कमजोर गोलाहरू भएमा संयोजन गर्ने ।
२. फोहर पोखरीको छेउछाउमा घार नराख्ने । सकभर बगिरहेको पानीको श्रोत नजिकमा हुनुपर्दछ ।
३. घार निरीक्षण गर्दा बलियो र स्वस्थ गोला पहिले, कमजोर र रोगी गोला सबै भन्दा पछि निरीक्षण गर्ने ।
४. हरेक पल्ट एक घार पछि अर्को घार निरीक्षण गर्दा हात र प्रयोगमा आएका मौरी सामग्रीहरू राम्रोसँग साबुन पानीमा पखालेर मात्र प्रयोग गर्ने ।

मैरी गोला व्यवस्थापन कार्य तालिका:

चैत्र-वैशाख एपिएरीमा मौरी गोलाको प्रबन्ध
१ परम्परात घार सुधार गर्ने वा आधुनिक घार सफा गरी मौरी राख्ने ।
२ मौरी गोलाको अगाडि खुल्ला ठाउँ हुनेगरी दुई घार बीचको दूरी कम्तीमा १ मिटर राख्ने ।
३ हप्तैपिच्छे गोला निरीक्षण गरी हुल निर्यासबाट भाग्न सक्ने मौरीलाई छुट्याई गोला वृद्धि गर्ने ।
४ रानू पुरानो छ भने नयाँ रानू राख्ने ।
५ गोलामा मौरीको संख्या बढ्दै जाँदा खाली चौकोस थप्दै जाने ।
६ मौरीको संख्या बढेपछि प्रवेशद्वार बढ्ने गरी लामो प्वालतर्फ फर्काउने ।
७ छाउरा कक्षा भरिएपछि महकक्ष (Super) राख्ने ।
८ हावा खेल्ने गरी घारमा प्वालहरू मिलाउने ।
९ प्राकृतिक शत्रुहरूको नियन्त्रण गर्ने ।
१० तापक्रम-आद्र्रता बढ्ने हुँदा रोगको आक्रमण हुने भएकोले निरीक्षण गरी नियन्त्रण गर्ने ।
११ महकक्ष भरेर ९०% जति कोष टाली सकेपछि मदानीको सहायताले मह काढ्ने ।
१२ मह काढ्दा मौसम हेरी मौरीको लागि पनि मह छोडेर काढ्ने ।

जेष्ठ-अषाढ नियमित रूपमा मौरी घार निरीक्षण गरी गोला स्वस्थ राख्ने ।
१ चर्को गर्मी भएमा घार वरिपरि पानी छर्कने ।
२ घार वरिपरि नुन पानी (१ लि. पानीमा ८ ग्राम नुन) राखिदिने ।
३ चरन हेरी स्थानान्तरण गर्ने ।
४ कमजोर गोलालाई बलियो गोलाबाट छाउरा सहितको चौकोस ल्याई मिलाउने ।
५ घारको खुट्टामा कचौरा राखी पानी भर्ने र कमिलाबाट बचाउने ।
६ अन्य प्राकृतिक शत्रुहरूलाई नियन्त्रण गर्ने (अरिङ्गाल, बच्छयूँको गोला नष्ट गर्ने) या घार प्रवेशद्वार नजिक बसी चेप्टो लठ्ठीले हानी मार्ने ।

साउन-भदौ वर्षाबाट घारहरूलाई जोगाउने ।
७ मैनपुतलीको प्रकोप हुन सक्ने भएकोले नियन्त्रण गर्ने ।
८ कृत्रिम आहार (चिनी चास्नी) को व्यवस्था गर्ने ।

असोज-कार्तिक मौरीहरू फेरी सक्रिय भएर आउँछन् त्यसैले उपयुक्त क्षेत्र छनौट गरी स्थानान्तरण गर्ने ।
९ पुरानो रानू बूढी भएको भए नयाँ फेर्ने ।
१० हुल निर्यास व्यवस्थापन गर्ने ।
११ वसन्त ऋतुमा जस्तै सुपरको व्यवस्था गर्ने ।
१२ पाकेको मह काढ्ने ।