मुलुकभरका ६ फार्मलाई नमूनाको रुपमा विकास गरिने

यो समाचार 445 पटक पढिएको

काठमाडौं, प्रयोगबिहिन अवस्थामा रहेका कृषि, पशु तथा नार्कअन्तर्गतका ‘कृषि फार्म’ लाई सरकारले स्तरउन्नति गरेर नमूनाको रुपमा विकास गर्ने भएको छ।

Agriculture-Ministry-Of-Nepकृषि विकास मन्त्रालयले नेपाल कृषि अनुन्धान परिषद् (नार्क), पशुसेवा र कृषि विभागसँग भएका फामबाट छनोट गरेर ६ वटालाई स्तरउन्नति गर्न लागेको हो। ‘कुन कुन क्षेत्रमा भएका फामलाई विस्तार गर्ने भन्ने बारेमा टुंगो लागेको छैन,’ मन्त्रालयका प्रवक्ता उदयचन्द्र ठाकुरले भने, ‘जीर्ण अवस्थामा रहेका फाममध्येबाट स्तरउन्नति गर्ने तयारीमा लागेका छौं।’

राज्यले खोलेका फाम भन्दा निजीक्षेत्रबाट सञ्चालित फाम बलियो हुनु र सरकारले खोलेका फामप्रति कृषककको विश्वास घटदै गएकाले नयाँ स्वरुपमा सञ्चालन गर्न लागिएको ठाकुरको भनाइ छ। ‘करोडौ रुपैयाँ लगाएर फार्म सञ्चालिन गरियो, संरक्षणको अभावमा जिर्ण भएका छन्,’उनले भने, ‘यसपालि भएका फाम मध्येबाट ६ वटालाई स्तरउन्नति गर्ने तयारीमा जुटेका छौं,।’

सरकारले स्तरउन्नति गर्न लागेका फामलाई तरकारी, पशु र अनुसन्धानको नमूनाको रुपमा विकास गर्ने मन्त्रालयको तयारी छ। कुन–कुन फार्मलाई के केमा स्तरउन्नति गर्ने भन्ने बारेमा मन्त्रालय, विभाग तथा नार्कका पदाधिकारीबीच छलफल भइरहेको मन्त्रालयको बताएको छ।

मन्त्रालयले विकास गर्न लागेको फार्ममा हरेक प्रकारको अनुसन्धान गरेर कृषकलाई बिउ बिजन बितरण गरिने जनाइएको छ। अहिले भएका फार्म केन्द्रले सोचेजति प्रतिफल दिन नसकेपछि त्यसैलाई स्तरउन्नति गरेर लैजान लागिएको हो।

मन्त्रायलको योजन अनुसार प्रत्येक अञ्चलमा एक–एक वटा फार्म केन्द्रलाई नमूनाको रुपमा विकास गरिने छ। ‘एउटा क्षेत्रमा एउटा नमूना फार्म केन्द्र बनाउन सकियो भने, राम्रो सन्देश जाने मन्त्रालयको बुझाइ छ। एउटा क्षेत्रमा एउटा फाम केन्द्र बनाउँदा पाँच विकास क्षेत्रमा पाँच वटा हुन्छ,’ ठाकुरले भने, ‘थप एउटा बढी जिल्ला भएको क्षेत्रमा राख्न पनि सकिन्छ।’

अहिले पशु तथा कृषितर्फ भएका फाम केन्द्रको भौतिक पूर्वाधार समेत जीर्ण भइरहेको छ। ‘न यसले राज्यलाई आम्दानी दिन सकेको छ, न अनुसन्धान समेत गर्न सकेको छ,’ मन्त्रालयका सहप्रवक्ता शंकर सापकोटाले भने, ‘ती फाम मध्ये ६ वटालाई यसवर्ष स्तरउन्नती गर्ने कार्यक्रम रहेको छ।’

नयाँ नयाँ बिउको सृजना तथा परीक्षण गर्ने र किसानलाई वितरण गर्ने गरी फामलाई विकास गर्ने योजना रहेको छ। संसदको कृषि तथा जलस्रोत समितिले पनि भएका अनुसन्धान केन्द्र र फामलाई स्तरउन्नति गर्न निर्देशन दिएको छ। सोही निर्देशनलाई आधार मानेर मन्त्रालयले काम गरिरहेको मन्त्रालयले जनाएको छ।

केही दिन अघि बसेको समितिको बैठकले भएका फाम तथा स्रोतकेन्द्रलाई तत्काल स्तरउन्नति गरेर नमूनाको रुपमा विकास गर्न निर्देशन दिएको हो। ‘भएका फामको विजोक भएको छ, त्यसलाई स्तरउन्नति गर्न मन्त्रालयलाई निर्देशन दिएका छौं,’ समितिका सभापति गगन थापाले  भने, ‘त्यसमध्य केही मात्र स्तरउन्नति हुन सकेमा किसानले राहत पाउने छन्,।’

‘करोडौ लगानीमा स्थापना भएका फामबाट राज्यले बार्षिक रुपमा घाटा बेर्होदै आएको छ। घाटामा सञ्चालित फामलाई तत्काल स्तरउन्नति गरेर किसानलाई सेवा पुर्या उ निर्देशन दिएका छौं,’ थापाले भने, ‘जीर्ण अवस्थामा रहेका फामले न किसानलाई राहत पुर्योयो, न राज्यले नै फाइदा लिन सक्यो,।’

मन्त्रालयका प्रवक्ता ठाकुरका अनुसार स्तरउन्नति गर्ने फामको नाम मागिएको बताए। त्यसैगरी, पशु सेवा विभाग र नेपाल कृषि अनुसन्धान परिषद (नार्क)सँग पनि स्तरउन्नति गर्ने फामको नाम मागिएको मन्त्रालयले जनाएको छ। स्रोतका दुइ वटा पशुतर्फ, दुइ वटा तरकारी र दुइ वटा फलफूल तर्फका फाम नमूनाको रुपमा विकास गर्ने सरकारी योजना रहेको छ।

मन्त्रालय आफैले पनि भएका फामबाट सोचेजति प्रतिफल आउन नसकेपछि सरकारले नमूनाको फामको रुपमा केही केन्द्रलाई विकास गर्न लागेका हुन। तर, नार्क अन्तर्गत रहेका धेरैजसो अनुसन्धान केन्द्र अहिले पनि सफल रुपमा सञ्चालन भइरहेको नार्कले दाबी गरेको छ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :