तराई क्षेत्रमा कृषि यन्त्रको प्रयोगले हलगोरु हराउँदै

यो समाचार 99 पटक पढिएको

बर्दिया, २७ जेठ । बर्दिया जिल्लाको राजापुर ७ भिम्मापुरका किसान पहाडी चौधरी कृषिको काम गर्दा मुस्किलले १० प्रतिशत मात्र मानवीय जनशक्तिबाट गर्छन् ।

उनको सबैजसो काम कृषि यन्त्रले गर्छ। उनीसँग कृषि कार्यका एक दर्जनभन्दा बढी अत्याधुनिक कृषि औजार छन् । दुई वटा ट्र्याक्टर, खेत जोत्ने कल्टिभेटर र डिस्क ह्यारो, मड बाइन्डर ९आली लगाउने०, ट्र्याक्टरबाट जमिन सम्याउने लेबलर छ आदी छ । उनी ट्रेमा बीउ उमार्छन् । उनि सँग बिउ उमार्ने ट्रे मात्र १ हजार एक सय वटा छन् ।

राइस प्लान्टर ९धान रोप्ने० ह्विट सिड ब्रिल ९गहुँ छर्ने०, मेइज सिड ब्रिल ९मकैै छर्ने०, राइस सिड ब्रिल ९धान छर्ने० र हेप्पी सिडर ९बिना खनजोत धान गहुँ छर्ने० मेसिन छन् । कम्प्युुुुटर प्रविधिबाट जमिन सम्याउने लेजर ल्यान्ड लेकलर पनि छ। ट्र्याक्टरको पछाडि जोडेर प्रयोग गर्ने तीन सय किलो फलामे हेंगा त आफैंले डिजाइन गरेर प्रयोग गरिरहेका छन् ।

धान, गहुँ र मकै दाउने छुुुुट्टा छुुुुट्टै थ्रेसर पनि छ । सबै बालीका लागि साझा प्रयोग हुने छुट्टै थ्रेसर पनि छ। धान र गहुँ काट्ने रिपर छ। अर्को रिपर पावर टिलरमा जोड्न मिल्ने खाल्को छ। कृषि कार्यमा विगतमा तीन हल राँगा र गोरु पाल्ने गरेका थिए चौधरीले हाल आएर कृषि क्षेत्रमा पुरै आधुनिक उपकरणको प्रयोग गरेका छन् । नेपालमा एक जना किसानले सम्भवतः यति धेरै अत्याधुनिक कृषि मेसिन प्रयोग गर्नेमा उनी अग्रपंक्तिमा आउँछन् । उनले एक करोडभन्दा बढी रुपैयाँ कृषिका मेसिन किन्न खर्चिसकेका छन् ।

उनि भन्छन्, आधुनिक प्रविधिको प्रयोग गरी व्यावसायिक खेती गर्छ चाहन्छु। बीउ छरिदिने सिड थ्रोइङ, सबै बाली काट्न मिल्ने कम्बाइन हार्भेस्टर र रोटाबेटर ल्याउन बाँकी छ’‘ट्र्याक्टरले जोत्न थालेको सात आठ वर्ष नै भइसक्यो। अत्याधुनिक मेसिन प्रयोग गर्न थालेको तीन वर्ष मात्र भयो।’

चौधरी मुक्त कमैया हुन् । जसको घरमा उनका बुवा कमैया बसेका थिए। आज तिनै जमिन्दारको जग्गा उनले किनेका छन् । चौधरीसँग अहिले आफ्नै सात बिगाह जग्गा छ। शिक्षा शास्त्र संकायबाट स्नातक उत्तीर्ण चौधरी शिक्षण पेशा छाडेर कृषि पेसामा लागेका व्यक्ति हुन् । परम्परागत कृषिबाट खर्च बढी हुने र उत्पादन कम हुने भएकाले उनले कृषिमा यन्त्रीकरण गर्न लागेको बताए। ‘एक बिगाह जग्गामा राँगा र गोरु प्रयोगबाट खेती गर्नुभन्दा मेसिनकोे प्रयोगबाट कम्तीमा पनि नौ दश हजार रुपैयाँ फाइदा हुन्छ’, उनले अनुभव सुनाए।

उनी तीन बाली लगाउँछन्। आफ्नो र लिजमा लिएको समेत गरी २२ बिघा क्षेत्रफलमा खेती गरिरहेका चौैधरी तीन वर्षभित्र कम्तीमा पनि ५० बिघा क्षेत्रफलमा खेती गर्ने लक्ष्य रहेको बताउँछन्।

पहाडी मात्र होइनन् । जिल्लाका राजापुर, मधुवन, बारबर्दिया, बढैयातालका किसान राँगा र गोरुको बिकल््पमा अहिले यन्त्रको प्र्रयोग गरिरहेका छन् । बाँसगढी ७ चौधरीयाका राजु थारु, बारबर्दिया ११ बेलभारका छित्रु थारु, बढैयाताल ७ बकोटियाका कृष्ण थारुले पनि हल गोरु र राँगा विस्थापित गरिसकेका छन्। जिल्लामा कृषि औजारको प्रयोगबाट खेती गर्ने किसानको संख्या बढ्दो छ।

सदरमुकाम गुलरियाको दहित ट्रेडर्सका सञ्चालक चुल््लुराम थारु जोत्न र दाँइ हाल््न अधिकांश किसानले मेसिनको प्रयोग गरिरहेको बताउँछन् । २०७० सालयता बर्दियामा मात्र झन्डै नौै सयको हाराहारीमा पावर टिलर र रिपर बिक्री भइसकेको छ। उनले भने, ‘एक लाख ६० हजार रुपैयाँदेखि दुुुुई लाख १० हजार मुल्यका रिपर बिक्रीमा छन् ।

सामान्य रिपरबाट धान र गहुँ काटिरहेका किसान मुठा पनि मेसिनले पारेको देखेर दंग थिए। बाइन्डर रिपर त्यो ठाउँका लागि नयाँ थियो। धान, गहुँ र तोरी काट्न रिपर प्रयोग गरेको चार पाँच वर्ष नै भइसकेको थियो।

रिपर प्रयोग गर्नेमध्येका एक थिए, टीकापुर नगरपालिका ७ डाडाँबोझीका कन्हैयालाल चौधरी। उनले राँगा बेचेर एक लाख ७५ हजारमा दुई वर्षअघि किनेको पावर टिलरमा जोड्न मिल्ने रिपरलाई हल गोरु र राँगाको विकल्प भएको बताए। वर्षभरी राँगा पाल्नुभन्दा मेसिनबाट दोब्बर फाइदा भएको उनको दाबी थियो। ‘हलोले जस्तो गहिरो खन्न त सक्दैन। बीउ लगाउन भने राम्रो हुन्छ। यसैमा ट्राली जोड्न सकिन्छ।’ उनले पाँच बिघा जग्गा बटैयामा लगाएका छन् ।

जोशीपुर ६ का शिवप्रसाद कठरिया कैलालीमा मात्र रिपर दुई हजार पाँच सय वटा प्रयोग भइरहेको बताउँछन्। ‘पहिले राँगा र गोरु पाल्थे। अहिले मेसिनले उनीहरूको सबै ठाउँ ओगटेको छ। डल्लब चलाउन पनि हुन्छ’, उनले अनुभव सुनाए, ‘कैलालीमा अहिले कृषि कार्यका लागि राँगा र गोरु पाल्ने क्रम करिब आधा घटेको छ। विगतमा ५ देखि ६ हल पाल्नेको घरमा कम्तीमा एउटा पावर टिलर र रिपरले काम चलेको छ।’

कैलाली र कन्चनपुरमा कृषि औजारको विक्रेता धनगढीको जेके ट्रेड एन्ड सप्लायर्सका तर्कराज भट्ट जिल्लामा दुुुुई लाख ६० हजार रुपैयाँदेखि ६ लाख ८० हजार रुपैयाँसम्मका रिपर बेचिरहेको बताउँछन्। यस्ता रिपर धान, गहुँ, तोरी, जैतो, चना काट्न प्रयोग भइरहेका छन्। राँगाभन्दा सस्तोे पर्ने उनको दाबी छ। एक लिटर डिजलले १२ कठ्ठा जग्गाको धान काट्न सक्छ। एक बिघामा धान काट्न तीन हजार रुपैयाँ भाडा तिरेर पनि प्रयोग गरिरहेका छन्।

संघीय सरकारको कृषि विभागका अनुसार तराईका जिल्लामा हल राँगा र गोरुको विकल्पमा तराईमा अत्याधुनिक कृषि औजारको प्रयोग बढिरहेको छ। विभागका उपमहानिर्देशक मधुसुधन सिंह बस्न्यात भन्छन्, ‘पश्चिम तराईका जिल्लामा दाँइ हाल्ने ९५ प्रतिशत र ६० देखि ७० प्रतिशतले खनजोत गर्न कृषि यन्त्रको प्रयोग गरिरहेका छन्।’

जोत्ने, जमिन सम्याउने, आली लगाउने, बीउ राख्ने, बीउ छर्ने, रोप्ने, दाँइ हाल्ने, बाली निफन्ने सबै काममा यन्त्रको प्रयोग भइरहेको छ। खास गरी पश्चिम तराईका जिल्ला कैलाली, बर्दिया र बाँकेलगायतमा हल गोरु र राँगा पाल्ने प्रचलन घट्दै गइरहेको छ। कृषिमा यन्त्रको प्रयोगले कृषि श्रमिकको अभाव पूरा गरेको उनको ठम्याइ छ। उनले प्रष्ट पारे, ‘तराईका जिल्लामा धान र गहुँ काट्न सिजनका बेलामा कामदार भारतबाट आउँथे। अहिले उनीहरूको स्थान मेसिनले लिएको छ।’

हरेक वर्ष देशभर कम्तीमा पाँच ६ सय वटा रिपर बिक्री भइरहेको विभागले जनाएको छ। यस्तो यन्त्र किन्न स्थानीय, प्रदेश र संघीय सरकारले अनुदान दिन्छ। अनुदान कम्तीमा ५० प्रतिशतदेखि ७५ प्रतिशतसम्म रहेको उपमहानिर्देशक बस्न्यात बताउँछन्। सानो कृषि औजार अधिकांश चीनबाट र ठूला औजार भारतबाट आइरहेका छन्। नेपालमा कम्तीमा ४० हजारदेखि बढीमा झन्डै सात लाख रुपैयाँसम्मका कृषि औजार बजारमा किन्न पाइन्छ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :