कृषिमन्त्री अर्यालको दावी ‘किसानको उत्पादनको जिम्मा सरकारले लिन्छ’

यो समाचार 20 पटक पढिएको

स्याङ्जा । भूमी व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पद्माकुमारी अर्यालले किसानले उत्पादन गरेका वस्तुको बजारीकरणको जिम्मा सरकारले लिने दाबी गरेकी छिन् ।

तुलसीभञ्ज्याङमा आज साना किसान कृषि सहकारी संस्था लिमिटेडले गरेको साना किसान कृषि सहकारी संस्थाहरुको व्यवस्थापन हस्तान्तरण कार्यक्रममा उनले देशमा बढ्दो बेरोजगारी समस्या र गरिवी न्यूनीकरणका लागि सबै जनतालाई उत्पादनसँग जोड्नुपर्नेमा जोड दिए ।

उनले स्रोत र साधनको सही सदुपयोग गर्न नसके आत्मनिर्भर बन्न नसकिने बताउँदै यसका लागि गाउँगाउँबाट अभियान थाल्नुपर्ने बताइन । साना किसान सहकारीलाई ठूला उद्योग र हाइड्रोपावरमा लगानी गर्न उनले आग्रह गरिन ।

सरकार भूउपयोग नीति ल्याउने तयारीमा रहेको उल्लेख गर्दै उनले भू उपयोगसम्बन्धी स्पष्ट नीति नहुँदा खेतीयोग्य जमीन मासिँदै गएको र गाउँघरमा जमीन बाझो हुने क्रम बढ्दै गएकामा चिन्ता व्यक्त गरिन । मन्त्री अर्यालले जनताको स्वामित्वमा रहेको जमीन सके सरकार आफैले भाडामा लिएर काम गर्ने र अरु कसैले चाहे भाडामा दिएर भए पनि खेतीयोग्य जमीनको सदुपयोग गर्नुपर्ने जानकारी दिइन ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :