७० करोडमा प्रांगारिक कृषि प्रवद्र्वन कार्यक्रम

यो समाचार 115 पटक पढिएको

काठमाडौं। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पाँचवर्षे प्रांगारिक कृषि प्रवद्र्धन मिसन कार्यक्रम कार्यान्वयन कार्यविधि सञ्चालनमा ल्याएको छ । सो कार्यविधि पश्चात प्रांगारिक कृषि प्रवद्र्धन कार्यक्रम सञ्चालनमा आउन लागेको छ ।

कार्यक्रम मन्त्रालयले सोमबार सार्वजनिक गरेको हो । सो कार्यक्रमको बजेट ७० करोड रुपैयाँ रहेको छ । कार्यक्रमका लागि ५० करोड यूएनडीपीको सहयोग र २० करोड रुपैयाँ मन्त्रालयले विनियोजन गरेको छ । यो कार्यक्रम प्रदेश नम्बर ३ र गण्डकी प्रदेशमा सञ्चालन हुन लागेको छ ।

४० करोड रुपैयाँ बजेट कार्यक्रमको विनियोजन भइसकेको छ । सो कार्यक्रमका लागि बाँकी अर्थ मन्त्रालय माग गरेको छ । कार्यक्रमको उद्देश्य रासायनिक मल तथा विषादीको प्रयोग न्यूनीकरण गर्दै सुरक्षित कृषि उपजको उत्पादन तथा बजारीकरण प्रवद्र्धधन गर्ने रहेको छ । व्यावसायिक रूपमा कृषि उत्पादन भइरहेका क्षेत्रमा रासायनिक मल तथा विषादीको प्रयोग क्रमशः न्यूनीकरण गर्दै प्रांगारिक खेतीतर्फ उन्मुख गराउने रहेको छ ।

व्यावसायिक प्रांगारिक तथा रैथाने बालीको उत्पादन र बजारीकरणबीचको दूरीलाई कम गर्दै विशेष प्रांगारिक मूल्य विकास गर्ने कार्यविधिमा उल्लेख छ । प्रांगारिक उत्पादनका लागि आवश्यक पर्ने गुणस्तरीय प्रांगारिक मल, बीउ, जैविक विषादी, सुरक्षित उत्पादन संरचना आदिको व्यवस्था गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्न सहयोग गर्ने पनि सोही कार्यविधिमा छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :