यस्तो छ लोगो, पहिलो उत्पादनमै अनुदानः कृषिमन्त्री खनाल

यो समाचार 615 पटक पढिएको

काठमाडौं । सन् २००४ मा नेपालले पनि विश्व व्यापार संगठन (डब्लूटीओ) को सदस्य राष्ट्र भन्यो । त्यस भित्र दुई विशेष प्रभाव पार्ने सम्झौता छन्, ति हुन, कृषि र स्वस्थता तथा स्वच्छता सम्बन्धि सम्झौता (एसपीएस) ।


यसैलाई आधार मानेर कृषि क्षेत्रभित्रको आधारभूत समस्या र त्यसको समाधान लगायत थुप्रै कुराहरुको अध्ययनपछि किसान, कृषि उद्यमी मात्रै नभएर स्वस्थकर कृषि उत्पादन सेवन गर्न उपभोक्ताले पाउँन भन्ने उद्येश्यले असल कृषि अभ्यास भएको पाईन्छ । यसलाई अग्रेजीमा ग्लोबल ग्याप भनेर चिनिन्छ ।

यसको सुरुवात सन् १९९९ मा फ्रान्सको पेरिसमा १७ जना खुद्रा व्यापारीहरु भेला भई खाद्य श्रृंखलालाई सुरक्षित बनाउन असल कृषि अध्यास सुरु गरे । जसलाई यूरोपग्याप भनेर बुझिन्छ । नेपालमा पनि अन्ततः नेपाल असल कृषि अभ्यासको सुरुवात विधिवत रुपमा मंगलबारदेखि सुरु भएको छ । ललितपुरस्थित होटेल हिमालयम यसको लोगो पनि सार्वजनिक गरिएको छ ।

२०७२ कात्तिक १६ गते नेपाल कृषि अभ्यास कार्यान्वयन निर्देशिका तयार भएपनि विविध कारण लागू गर्न नसकिएपनि अन्ततः कृषि सचिब डा. युवकध्वज जिसीको अग्रसरमा राखिएको प्रस्ताव कृषि मन्त्री चक्रपाणी खनालले स्वत स्वीकार गरे । आधुनिक कृषि विकासको विकल्पको रुपमा ‘नेपाल असल कृषि अभ्यास’ लिदा हुने कृषि सचिब जिसीले बताए ।

कृषि तथा पशुपक्षी मन्त्रालयले तयार पारेको यस अभ्यासलाई पाँच मोडेल बनाएका छन् । खाद्य स्वच्छता, वातावरण व्यवस्थापन, उपजको गुणस्तर, कामदारको सुरक्षा तथा कल्याण तथा नियमहरु सम्बन्धि मोड्युल रहेका छन् । यि माडेलहरु विश्वको प्रमुख कृषि उद्यम वा ग्लोबल ग्यापका आधारमा तयार भएको कृषि प्रसार अधिकृत अरुण जिसीले जानकारी दिए ।

कृषि र स्वस्थता तथा स्वच्छता सम्बन्धि सम्झौता (एग्रीमेन्ट अन स्यानिटरी एन्ड फाइटोस्यानटरी मेजर्स एपीएस) ले पनि के स्पष्ट पारेको छ भने वैज्ञानिक तवरले खाद्य, विरुवा तथा जनावरहरुको व्यापार नियमन गर्नकालागि विभिन्न मापदण्ड तयार गर्ने अधिकार सुरक्षित गरेको छ । विश्व भूमण्डलिकरणले गर्दा कृषि तथा पशु बस्तुहरुको व्यापार तथा पारवहनमा व्यापाकता ल्याएको छ । योसंगै विभिन्न महामारी फैलने गरेको पाईन्छ ।

विश्व स्वास्थ्य संगठन तथा विभिन्न रसायनहरुको संक्रमणभई दुई सय भन्दा ज्यादा रोगहरु लाग्ने गरेको छ । प्रति बर्ष अस्वच्छ खाना खाएकै कारण ६० करोड विरामी हुन्छन् । तिमध्ये एक लाख २५ हजार विराम पाँच बर्षमुनीका बालबालिले ज्यान गुमाउनुपरेको छ ।

उत्पादनदेखि भान्छासम्म कृषि उपज आईपुग्दा खानामा संक्रमण हुने वा खानायोग्य नहुने तथा असुरक्षित हुने गरेको पाइन्छ । अझ, नेपालजस्तो मुलुकमा कृषिमा विषादी लगाएको रसायनको प्रयोगबाट कृषक स्वयम, उसको वातावरण, कृषि पद्यति र उपभोक्ता सवैलाई गम्भीर असर परेको कृषि विज्ञहरुको राय छ ।

नेपाल असल कृषि अभ्यास लोगो

नेपाली कृषक तथा कृषि उद्यमीलाई के फाईदा ?
नेपाल असल कृषि अध्यास लागू भएपनि किसानलाई मात्रै होइन, कृषि उद्यम गर्नेलाई पनि उत्तिकै फाइदा हुनेगर्छ । कृषि मन्त्री चक्रपाडी खनालले भने, ‘यस्ता कुरा घोषणामा मात्रै सीमित राखिनुहुन्न, के कसरी, कुन मोडेल वा अनुदान दिएर भएपनि कृषि क्षेत्रमा लागेका सवैलाई फाईदा हुनेगरी लागू गरिहाल्नूस ।’

लोगो सार्वजनिक गर्ने क्रममा मन्त्री खनालले भने, ‘यस्ता प्रयासहरु संसारभरी प्रयोग भईरहेका छन् । किसानलाई पहिलो उत्पादन मै अनुदान दिएरै भएपनि यसलाई सफल पार्नुपर्छ ।’ सफल भएका देशहरुबाट पनि हामीले सिक्नुपर्ने कृषिमन्त्री खनालले बताए । कृषकहरुलाई मात्रै होइन कृषि उद्यमकर्तालाई पनि निश्चित दायरा बनाएर अनुदान दिन सकिने पनि उनले उपाय दिए ।

कुरामा होइन व्यवहारमा कसरी टुङ्याउनुपर्छ । किसानले यसबाट सहयोग पाउँनेछन्, र उनीहरुले उत्पादन गरेको कृषियोग्य कुरा बजारसम्म ल्याउन पनि कृषिमन्त्रालयले सधै सहयोग गर्ने खनालले जानकारी दिए । नीतिगत रुपमा सफल भएको यस अभ्यासलाई छिटोभन्दा छिटो कार्यन्वयनमा ल्याउन कृषिमन्त्रीले कृषि सचिबलाई हौसला दिएका छन् ।

कृषि सचिब डा. युवकध्वज जिसीले पनि यो अभ्यास लागू गर्न केही चुनौति भएपनि कृषि क्षेत्रका सवै निकायको साथ पाए कार्यन्वयनमा केही गाह्रो नभएको जानकारी दिए ।

‘पहिलेजस्तो अवस्था अहिले छैन, केही व्यापारीहरु किसानले उत्पादन गरेको अर्गानिक सामाग्री सिधै खरिद गर्न तयार छन्’, सचिब जिसीले भने, ‘किसानले उत्पादन गरेको अर्गानिक सामाग्रीलाई सिधै निःशुल्क प्रमाणिकरणगरी लोगो तथा प्रमाणपत्र वितरण गर्न सकिन्छ ।’

प्रमाणिकरण वा लोगो प्राप्त गरिसकेका किसानले सिधै बजारमा वा कृषि उद्यम गर्नेलाई विक्रीवितरण गर्न सक्छन् । त्यति मात्रै होइन यो लोगो टासिएको खाद्य पदार्थ उपभोक्ताले कुनै संकोच नमानि खान सक्छन् ।

– हलोखबर

रचनात्मक प्रतिक्रिया दिनुहोस् :