कृषि प्राविधिकको लागि खुशीको खबर, स्थानीय तहमा साविककै ‘एक गाबिस एक कृषि प्राविधिक’ परिचालन

यो समाचार 17514 पटक पढिएको

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साबिकमा विभिन्न गाबिसमा खटिएका एक गाबिस एक कृषि प्राविधिक अन्तर्गत करारमा भर्ना भएका कर्मचारीलाई स्थानीय तहमा परिचालन गर्न निर्देशन दिएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सहकार्यमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।

कृषि विभागअन्तर्गत एक गाबिस एक कृषि प्राविधिकतफृ कृषि सेवा तर्फ एक हजार पाँच सय २२ जना कर्मचारी करारमा नियुक्त भएका थिए । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चालु आर्थिक बर्ष २०७५।७६ मा उक्त कर्मचारीको तलब र भत्ता वापतको रकम सशर्त अनुदानमा सम्बन्धित स्थानीय तहमै उपलब्ध गराएकाले साविकमा कार्यरत उक्त कर्मचारीलाई नै परिचालन गर्न संघीय मन्त्रालयले देशभरका महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकालाई निर्देशन दिएको हो ।

एक गाबिस एक कृषि प्राविधिक व्यवस्थापन कार्यविधि २०७३ अनुसार छनौट भएर कार्यरत रहेका प्राविधिकलाई नै सम्बन्धित स्थानीय तहमा कामकाज गर्ने गरी व्यवस्थापन गराउँदा गत विगत बर्षदेखि किसानलाई प्रदान हुँदै आएको सेवा निरन्तरता दिन संघीय मामिला मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :