नापी र मालपोतलाई कृषिमन्त्रीले दिए निर्देशन

यो समाचार 492 पटक पढिएको

काठमाडौं । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले देशभरका नापी र मालपोत कार्यालयलाई पारदर्शी र छिटो छरितो सेवा प्रवाह गर्न निर्देशन दिएका छन् । सोमबार नापी विभागलाई यस्तो निर्देशन मन्त्री खनालले दिएका हुन् ।

मन्त्री खनालले सेवाग्राही जनतालाई अनुभूती हुने गरी सेवा प्रवाह गर्न निर्देशन दिएका छन् । सेवा प्रदायक कर्मचारीलाई अनिवार्य रुपमा निर्धारित पोशाक र कर्मचारी परिचयपत्र लगाउन, मन्त्रालयबाट घोषणा भएको मार्गचित्रको कार्यान्वयनको अवस्थाको बारेमा प्रत्येक १५ दिनमा जानकारी गराउन निर्देशन दिइएको छ ।

कार्यालय प्रमुखले नियमित रुपमा आफै प्रत्यक्ष अनियमितताका बिषयमा पनि अनुगमन गरी प्रत्येक दिन माथिल्लो निकायमा प्रतिवेदन बुझाउनुपर्ने, हेल्प डेस्क स्थापना गर्नुपर्ने, मालपोत र नापी कार्यालयमा डकुमेन्ट डिजिटाइजेसन तथा कम्प्युटर डाटा इन्ट्री प्रणाली कार्यान्वयनमा ल्याउने लगायतका बिषयमा मन्त्री खनालले निर्देशन दिएका छन् ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :