अर्घाखाँचीमा महद्वारा अतिथि स्वागत

यो समाचार 227 पटक पढिएको

NPC honey manuka

अर्घाखाँची । भूमिकास्थान नगरपालिकामा अवस्थित धनचौरका कृषक मौरी पालन व्यवसायतर्फ आकर्षित भएका छन् ।

थोरै लगानी र कम मिहिनेतबाट राम्रो आम्दानी लिन पाएपछि यहा“का कृषक मौरी पालन व्यवसायमा आकर्षित भएका हुन् । पहिलेदेखि नै मौरी पालन गर्दै आएको भए पनि दुई वर्षयता भने यहा“का कृषक व्यावसायिक रूपमै मौरी पालन गरेर राम्रो आम्दानी गर्न सफल भएका छन् ।

धनचौरमा चिउरीको जंगल हुनुको साथै पर्याप्त मात्रामा तोरीको खेती गरिने र मौरीका लागि उपयुक्त किसिमको हावापानीसमेत पाइने हु“दा मौरी पालन व्यवसाय निकै फस्टाएको स्थानीयको भनाइ छ । मौरीबाट सोचेभन्दा बढी आम्दानी लिन पाएपछि युवाहरू पनि वैदेशिक रोजगार र सरकारी जागिरसमेत छाडेर मौरी पालनतर्फ आकर्षित भएका हुन् ।

धनचौरमा कृषकहरूले एउटै घरमा ५ देखि ५० घारसम्म मौरी पालन गर्दै आएका छन् । वर्षमा दुईपटक मह निकालिने र एउटा घारबाट वर्षमा १० देखि २० केजीसम्म मह निकालिने गरेको कृषकहरूको भनाइ छ । मुढे घारबाट मौरी व्यवसाय सञ्चालन गर्दै आएका कृषकले अहिले आधुनिक घारमा मौरी पाल्दै आएका छन् ।

आधुनिक घारमा मौरी पाल्दा मौरीको सुरक्षा हुने र मह उत्पादन गर्न पनि निकै सजिलो हुने भएकाले मुढे घारमा उत्पादन हुने महभन्दा दुई तिहाइ बढी उत्पादन लिन सकिने उनीहरूको भनाइ छ । धनचौरका वीरबहादुर पेंगी मगर मौरी पालनबाट वर्षमा १ लाख रुपैया“ आम्दानी गर्ने बताउँछन् । मगरले २० घार मौरी पाल्दै आएका छन् । मौरीको आम्दानीबाट ४ जनाको परिवार पाल्नुका साथै छोराछोरीलाई पढाउ“दै आएको उनको भनाइ छ । ‘बाबु बाजेका पालादेखि नै पाल्दै आएको मौरीलाई थोरै व्यवस्थित गरेर घार बढाए, यसैबाट घरखर्च चलेको छ,’ उनले भने, ‘केही रकम सञ्चित पनि भएको छ ।’

सदरमुकाम सन्धिखर्कबाट ६ कोष टाढा पर्ने धनचौर विकट भए पनि मौरीका लागि उदाहरणीय गाउँ बनेको छ । स्थानीय घरमा आउने अतिथिलाई चियाको सट्टा मह र चाका खुवाएर स्वागत गर्ने स्थानीय शेषकान्त गैरेको भनाइ छ । कृषकहरू मौरी पालनमा निकै उत्साही भए पनि राज्यले भने कुनै वास्ता नगरेको उनीहरूको गुनासो छ । गैरसरकारी संस्था र स्वयं राज्यले पनि मौरी पालनका क्षेत्रमा लाखौं खर्च गरिरहेको बताउ“दा जिल्लामा मौरी पालनको मुख्य ठाउ“ धनचौरका स्थानीय भने कुनै सहयोग पाउन नसकेकोप्रति चिन्तित छन् ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :