उखुको भुक्तानी नपाएपछि किसानले गरे आन्दोलन

यो समाचार 102 पटक पढिएको

मलंगवा । सर्लाहीको पश्चिमी क्षेत्र धनकौलमा रहेको अन्नपूर्ण सुगर एण्ड जनरल इन्डस्ट्रिजले उखु किसानको भुक्तानी नदिँदा किसानले मगंलबार जिल्ला प्रशासन कार्यालय सर्लाहीमा भुक्तानीको माग गर्दै विरोध प्रदर्शन गरेका छन्।

उखु बोकेर आएका किसानहरु जिल्ला प्रशासन कार्यालय अगाडी मुल गेटमा आधा घण्टा विरोध प्रदर्शन गरेका थिए। चाडबाडको समयमा पनि उखुको पैसा नपाउँदा किसानहरु अहिले बिच्चलीमा परेका छन्। आफ्नो बाली उद्योगलाई दिएर ३६ प्रतिशतमा ऋण काढेर अहिले आफुहरु गुजारा गर्दै आएको किसानहरुले गुनासो गरेका छन्।

बसबरिया गाउँपालिका ५ धनगढाका लक्ष्मण रायले उखु दिएको १ वर्ष पुग्न लाग्दा पनि भुक्तानी नपाएपछि बाध्य भएर आफुहरुलाई बिरोध प्रदर्शनमा उत्रिनु परेकोछ। ‘कतिपय किसानको ३ वर्षको भुक्तानी बाँकी छ’, रायले भने, ‘बेर बेर ताकेता गर्दा किसानले अश्वासन बाहेक केही पाएका छैन्।’ बालबालिकाको पढाई लेखाई, बिहेबारी तथा घर खर्च समेत उखुको पैसाले नै चल्ने गरेको रायले बताए। उद्योगले पैसा नदिदाँ चाडबाड कसरी मनाउने त्यो चिन्ता अहिले थपिएको छ। अहिले १ लाख ६० हजार पैसा उद्योगमाथि बाँकी छ। कहिले दिन्छ त्यो ठेगान छैन्।

उद्योगले पैसा नदिने छाटँकाटँ देखाएपछि बाध्य भएर आफुहरुलाई बिरोध प्रदर्शनमा उत्रिनु परेको रामनगर गाउँपालिका ७ सिसौटका लालबाबु साह बनियाले बताए। उद्योगले अहिले सम्म करिब ३० देखि ३५ करोड सम्म भुक्तानी दिन बाँकी राखेको छ। ‘पैसा नदिएपछि हामीहरु चिनी निकासीमा रोक लगाएका थियौं’, बनियाले भने, ‘त्यसपछि चिनी बेचेर पैसा दिने सहमति भयो। सहमति अनुसार २५ प्रतिशत चिनी उद्योगले बेचेपछि किसानले भुक्तानी पाएन्।’

नजिकमा त्यही उद्योग छ। बाहिरको उद्योगमा उखु बेच्नका लागि गाउँ छेउछाउमा अर्को उद्योगमा काँटा राख्न दिदैंन्। बाहिरको उद्योग खरिद गर्नका लागि काँटा नभएपछि बाध्य भएर अन्नपूर्ण चिनी उद्योगमा उखु दिन किसानहरु बाध्य भए। तर, अहिले आएर किसानहरु दःख पाएका छन्।

नेताका आसेपासेले काठमाण्डौमा गएर भुक्तानी पाएको गोडैता नगरपालिका १० का नथुनी चौधरीले बताए। काठमाण्डौ जान नसक्ने र उद्योगीलाई धाक धम्की दिन नसक्ने निमुखा किसानको भुक्तानी बाँकी रहेको छ। नगदेबाली भनेर उखु खेती गरियो। तर, आज आएर उखु उधारो बालीमा परिणत भएको छ। भुक्तानी नपाउँदा रोपाईको बेलामा लागेको लागत, उखु काट्ने मजदुरको पैसा, ढुवानी गरेका टायर गाडाका पैसा ऋण लिएर तिरेका छौं। तर, आफ्नो पैसा अलपत्रमा छ।

बिरोध प्रदर्शनमा आएका किसानहरुले राज्यले आफुहरुको भुक्तानी गराउनका लागि पहल गरेन भने कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन्।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :