नेपालको कृषि र ऊर्जा क्षेत्रमा सहकार्य गर्छौ : चिनियाँ प्रान्तीय भ्वाइस गभर्नर

यो समाचार 367 पटक पढिएको

काठमाडौं । चीनको हुनान प्रान्तका भाइस गर्भनर ही बाओसिङले नेपालको कृषि र ऊर्जा क्षेत्रमा लगानी गर्न तयार रहेको बताएका छन्।

मंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनसँगको भेटमा उनले यी दुई क्षेत्रमा सहकार्य गरेर अघि बढ्न तयार रहेको बताएका हुन्। भेटमा ऊर्जा मन्त्री पुनले सरकारले आगामी १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेको भन्दै उक्त लक्ष्य पूरा गर्न नेपाललाई चिनियाँ लगानी आवश्यक रहेको बताए। पछिल्लो समय चिनियाँ लगानीकर्ताहरू नेपालमा आकर्षित भएको भन्दै थप लगानीको वातावरण बनाइदिन आग्रहसमेत गरे।

मन्त्री पुनले भारत र बंगलादेशसँग इनर्जी को-अपरेसनमा समझदारी भइसकेको भन्दै त्यसले बजार विस्तारमा सहयोग पुग्ने बताए। भाइस गर्भनर बाओसिङले हुनान प्रान्त चीनमा ऊर्जा प्रविधिका लागि निकै चर्चित रहेको भन्दै नेपालमा सहकार्य गर्न आफूहरू इच्छुक रहेको बताए। उनले चीनले अघि सारेको ‘वान वेल्ट वान रोड’ मा नेपालले हस्ताक्षर गरिसकेको भन्दै त्यसमार्फत नै सहकार्य गर्न चीन सरकार तयार रहेको धारणा राखे।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :