राजधानीमा मेक नेपाल ग्रीन सम्मेलन हुँदै

यो समाचार 217 पटक पढिएको

काठमाडौं । नेपालमा प्राँगारिक खेती प्रवद्र्धन गर्न दुई दिने मेक नेपाल ग्रीन(नेपाललाई हरियाली बनाउ) सम्मेलन हुने भएको छ । बुधबार र बिहिबार काठमाडौंमा हुने सम्मेलनमा नेपालका कृषि तथा प्राँगारिक कृषिसँग सम्बन्धित बिज्ञ तथा सरोकारवालाको सहभागिता हुनेछ ।

संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यलाई सघाउन हरियो नेपाल, समृद्ध नेपाल मूल नाराका साथ सम्मेलनको आयोजना हुन लागेको आयोजकले जनाएका छन् । जैविक खेती प्रणाली, नवीकरणीय उर्जाको उत्पादन, आधुनिक सञ्चार तथा सूचना प्रविधिको उपयोग र पर्यावरणीय पर्यटन प्रवद्र्धनबाट मात्र नेपालको समृद्धि सम्भव छ, कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्था सप्रोस नेपालका अध्यक्ष श्रीकृष्ण उपाध्यायले भने, जैविक खेती प्रणालीलाई प्रवद्र्धन गर्न राष्ट्रिय नेटवर्क विस्तार गर्ने उद्देश्यले गोष्ठिको आयोजना गर्न लागेका हौं ।

उनले जैविक प्रविधिलाई प्रवद्र्धन गर्न राष्ट्रिय फण्ड बनाएर अगाडि बढ्ने लगायतका बिषयमा गोष्ठीमा छलफल हुने उनले बताए । नेपालको सन्दर्भ जैविक खेतीलाई प्रवद्र्धन गरी कृषि पर्यटन, पर्यावरणीय पर्यटन, नवीकरणीय उर्जा, आधुनिन प्रविधिको विस्तार तथा उपयोगले दीगो विकासमा सघाउनेलगायतका बिषयमा सम्मेलनमा गहन छलफल हुने बताइएको छ । स्वदेश तथा विदेशी कृषि तथा प्राँगारिक बिज्ञ, पर्माकल्चर समूह, कृषक समूह, सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधीलगायतका कृषिसँग सरोकारा राख्ने करिब एक सय ५० जनाको सहभागिता रहने आयोजकले जनाएको छ ।

सम्मेलनबाट आएको निचोडका आधारमा सरकारको नीति निर्माण तहमा दिगो कृषि विकासका लागि पहल गरिने कार्यक्रम तय भएको छ ।कार्यक्रममा साना किसान बैंक, साना किसान सहकारी संघलगायत सरोकारवालाले सहकार्य गरेका छन् ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :