अधिकार माग्दै राजधानीमा किसानको डोको जुलुस

यो समाचार 620 पटक पढिएको

काठमाडौं । कृषिको संरचना गाउँ गाउँमा, सिंहदरवारको अधिकार ठाउँ ठाउँमा भन्ने नाराका साथ किसानले सोमबार राजधानीमा उल्टो डोको ¥याली निकालेका छन् । कृषि क्षेत्रमा पनि सिंहदबारभन्दा गाउँलाई बढी अधिकार दिनुपर्ने माग गर्दै राष्ट्रिय कृषक समूह महासंघ र राष्टिय भूमि अधिकार मञ्चले संयुक्त रुपमा डोको रयाली निकालेका हुन् ।


त्रिपुरेश्वरबाट सुरु भएको रयाली थापाथली हुँदै माइतीघर मण्डलामा पुगेर कोषसभामा परिणत भएको थियो । सो अवसरमा राष्टिय कृषक समूह महासंघका अध्यक्ष उद्धव प्रसाद अधिकारीले कृषि संरचनाको एकीकरण र विकेन्द्रीकरणमा जोड दिए । उनले स्थानीय जनप्रतिनिधिमार्फत आम जनता स्थानीय तहमा नीति निर्माण र कार्यान्वयन केन्द्रित भइरहेको सन्दर्भमा कृषि विकासका इकाइहरुलाई वडा तहसम्म विस्तार गरिनुपर्ने बताए ।

त्यस्तै कृषिको विद्यमान संरचनालाई ठीक उल्टयाइ घोप्टयाइएको डोको आकारमा रुपान्तरण गरी स्थानीय तहमा श्रोत, साधन विस्तार र प्रविधि विकास गरिनुपर्ने, कृषि उपज उत्पादनका व्यवहारिक कठिनाइ र समस्याहरु समाधान गर्ने तहमा गाउँपालिका तथा नगरपालिका भएकोले ती तहसम्म अध्ययनm अनुसन्धान र व्यवहारबाट खारिएका उच्च तहका कृषि प्राविधिकहरु खटाइनुपर्ने र कृषि क्षेत्रमा तत्काल सुधारके पहिलो कदमस्वरुप कृषिसँग सम्वन्धित मन्त्रालयहरुको एकीकरण गरी स्थानीय तहसम्म त्यसलाई विकेन्द्रीकरण गरी एकीकृत योजना बनाइ कार्यान्वयन गरिनुपर्ने महासंघको प्रस्ताव रहेको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :