सगरमाथाको शिखरमा पुगिन चार महिला पत्रकार

यो समाचार 131 पटक पढिएको

काठमाडौं । सञ्चारकर्मीहरु समाचार लेख्नमात्रै निख्खर हुँदैनन् । परेको वेला धेरै प्रकार आश्चर्यजनक गतिविधि गर्न सक्छन् । नेपालमा पछिल्लो समयमा यस्तै रोचक घटना भएको छ । चार जना नेपाली महिला पत्रकारले संयुक्त रुपमा पहिलो पटक सगरमाथाको आरोहण गर्न सफल भएका छन् ।

सगरमाथाको उच्च शिखर चुमेर ति चारैजना महिला पत्रकार अहिले अन्तर्राष्ट्रिय जगतमै चर्चाको पात्र बनेकी छिन् । नेपाल टेलिभिजनकी रोजिता बुद्धाचार्य, राससकी रोशा बस्नेत, मेघा टेलिभिजनकी कल्पना महर्जन र स्वतन्त्र पत्रकार देउराली चाम्लिङले बुधबार बिहान सगरमाथाको आरोहण गर्न सफल भएका छन् ।

सगरमाथा आधार शिबिरको सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठकाअनुसार चारै जना महिला पत्रकारले बुधबार बिहान ६ बजे सगरमाथाको चुचुरोमा पुगेको पुष्टि गरेका छन् । न्युज २४ टेलिभिजनको महिला पत्रकार प्रियालक्ष्मी कार्की पनि उक्त आरोहण दलमा सहभागी भएकी थिइन् । तर कार्की अस्वस्थय भएपछि तेश्रो आधार शिबिरबाटै फर्कन बाध्य भएकी थिइन ।

‘समानताका लागि बुलन्द आवाज’ भन्ने मूलनाराका साथ प्रथम महिला पत्रकार सगरमाथा आरोहण -२०१८’ समूह सगरमाथा चढ्न गएका थिए । आरोहण दलको नेतृत्व रोजिताले गरेकी थिइन् । उनले झमक घिमिरेको जीवनीमा आधारित फिल्ममा पनि अभिनय गरेकी छन् ।आरोही महिला पत्रकारहरुको टोलीले नेपाल पत्रकार महासंघको झण्डा पनि सगरमाथा चुचुरोमा फहराएका छन् ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :