जलवायु अनुकुलनका क्षेत्रमा १५ संस्थालाई २ करोड

यो समाचार 525 पटक पढिएको

काठमाडौं । नेपालमा जलवायु अनुकुलनका क्षेत्रमा उनुकरणिय काम गरे वापत बिभिन्न १५ वटा संस्थाले २ करोड रुपैयाँको पुरस्कार पाएका छन् ।
बेलायतको अन्तराष्ट्रिय विकास विभागको आर्थिक सहयोगमा एडेप्टेसन एट स्केल पुरस्कार परियोजना अन्तर्गत आइडियाज टु इम्प्याक्ट कार्यक्रमले नेपालमा जलवायु अनुकुलनमा योगदान पु¥याउने उत्कृष्ट संस्थाहरु मध्ये प्रत्येकलाइ १० हजार पाउण्ड अर्थात् १३ लाख ६३ हजारको प्रोत्साहन पुरस्कार प्रदान गरेको हो ।

पुरस्कारका लागि ५९ वटा संस्थाले आवेदन दिएकामा १५ वटा छनौट भएका थिए ।  पुरस्कृत हुने संस्थाहरुमा सामुदायिक विकाश तथा वकालत मञ्च नेपाल, युथ एक्टिङ फर चेन्ज नेपाल, मनहरि बिकाश संस्था, आपसी सहयोग केन्द्र, राष्ट्रिय प्रकोप जोखिम न्युनिकरण केन्द्र, सेन्टर फर रुरल टेक्नोलोजि नेपाल, इथाका इन्सटिच्युड फर क्लाइमेट फाइनान्सिङ, केयर नेपाल, नाम्सालिङ सामुदायिक बिकाश केन्द्र, सिप्रेड नेपाल, माछापुच्छे« विकास संगठन, प्राक्टिकल एक्सन, एन्साब नेपाल, दलित वेलफेयर अर्गनाइजेशन र मानव विकाश तथा वातावरण कन्सर्न सरोकार समाज रहेका छन् ।

पुरस्कृत हुने अधिकांश संस्थाहरुले नेपालको ग्रामीण क्षेत्रमा रहेर स्थानिय समुदायसँग काम गर्दै आएका छन् ।  शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा जनसंख्या तथा वातावरण मन्त्री जयदेव जोशीले जलवायु परिवर्तन अनुकुलनका क्षेत्रमा काम गर्ने संस्थाहरुलाइ प्रोत्साहन पुरस्कार प्रदान गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि जोशीले कामको मुल्याङनका आधारमा गरिने पुरस्कारले जलवायु परिवर्तनसँग जुध्न प्रोत्साहन गर्ने बताउनुभयो । जलवायु परिवर्तनका क्षेत्रमा नेपालले नीति समेत बनाइसकेको उल्लेख गर्दै उहाँले सरकार गम्भीर रुपमा लागेको बताउनुभयो ।
कार्यक्रमका परियोजना प्रमुख पुरुषोत्तम मान प्रधानले यो पटक पुरस्कार पाउन छुटेका संस्थाहरुले पुन अर्को पटक प्रयास गर्न सक्ने जानकारी दिनुभयो । साथै पुरस्कृत संस्थाहरुले थप पुरस्कारका लागि जलवायु अनुकुलनका क्षेत्रमा गरेका कार्यहरुलाइ थप विस्तार गर्ने विश्वास ब्यक्त गर्नुभयो ।

पुरस्कृत हुने संस्थाहरुको छनौट प्रकृयाबारे जानकारि दिँदै आइडियाज टु इम्प्याक्टका प्रतिनिधि जोनाथन स्लाटरले नेपालले वातावरण अनुकुलनका क्षेत्रमा उदाहरणिय प्रयास गरेको उल्लेख गर्नुभयो ।  कार्यक्रममा वातावरण अनुकुलनका क्षेत्रमा काम गर्दै आएका पुरस्कृत संस्थाहरुले आ–आफ्नो कामले समुदायमा पु¥याएको योगदानबारे प्रस्तुति समेत गरेका थिए ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :