दूध, अण्डा र मासुमा आत्मनिर्भर अभियान

यो समाचार 14 पटक पढिएको

काभ्रे । पनौती नगरपालिकाले दूध, अण्डा र मासुमा आत्मनिर्भर हुन पशु विकास कार्यक्रम ल्याएको छ। २०७५/७६ को लागि पशु विकासतर्फ स्वीकृत कार्यक्रम अनुसार नगरलाई दूध, अण्डा र मासुमा आत्मनिर्भर गराउन युवालाई कृषि तथा पशु विकाश कार्यक्रममा सहभागी बनाएको छ।

नगरपालिकाले पशुहरूको नश्ल सुधार गरी उत्पादनमा वृद्धि ल्याउने उद्देश्यले अभियान अघि बढाएको हो। नगरपालिकाले छोटो समयमा बढी आम्दानी हुने खालका पशुको विकास गरी पनौती नगरपालिकालाई उन्नत जातका पशुहरूको स्रोत केन्द्रको रूपमा विकास गर्न गाईपालनतर्फ एक्स सिमेन (बाच्छी मात्र जन्मने)को प्रयोग गर्दै आएको छ।

कृत्रिम गर्भाधान गर्ने तथा कालो सुनको रूपमा चिनिने बहुउपयोगी भैंसीको अनुवंशिक संरक्षण केन्द्रको रूपमा विकास गर्ने अभियानलाई तीव्रता दिएको छ। कृषकले घरमा नै पालेर ब्याएका भैंसीलाई पोषण खर्चको लागि पहिलो बेतमा पाँच हजार र अन्य बेतका लागि दुई हजार भैंसी सुत्केरी भत्ता उपलब्ध गराउँदै आएको छ। कृषकले अनिवार्य रूपमा पाडापाडी दर्ता प्रमाणपत्र लिनुपर्ने र सोको लागि बिमा अनिवार्य गरिएको छ।

जन्म दर्ता गरिएका पाडी हुर्काई पुनस् ब्याएपछि २० हजार पोषण खर्च उपलब्ध गराउनेदेखि उत्पादन लागत घटाउन हिउँदे वर्षे घाँसका बीउ बेर्ना वितरण, गोठ सुधार च्याफकटर वितरणलगायत कार्यक्रम सञ्चालन गर्दै आएको छ। मासु उत्पादनमा वृद्धि ल्याउने र बोयर जातको बाख्राको स्रोत केन्द्रको रूपमा विकास गर्न र पनौती नगरलाई मासुमा आत्मनिर्भर बनाउन १२ वटै वडाबाट प्रजनन्योग्य बोयर बोकापालनका लागि २१ जना कृषकको प्रस्ताव परेको थियो।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :