८६ करोडको मासु आयात

यो समाचार 166 पटक पढिएको

काठमाडौं । चालू आर्थिक वर्षको पाँच महिनामा ४२ लाख ८९ हजार ७३८ केजी तयारी मासु तथा माछा आयात भएको छ ।

भन्सार विभागले प्रस्तुत गरेको चालू आर्थिक वर्षको आयात विवरणमा पाँच महिनामा करिब ८५ करोड ५६ लाख २ हजारको हाडरहित मासु, माछा, घुङ्गी आयात भएको उल्लेख छ ।

भारत, फ्रान्स, इटली, नेदरल्यान्ड्स, थाइल्यान्ड, चीन, अस्ट्रेलिया, नर्वे, भियतनाम, बंगलादेश, सिंगापुर, जापान गरी १२ देशबाट अस्ट्रिच, टर्की, हाँस, बंगुर, भेडा, कुखुरा तथा विभिन्न थरिका माछा, झिँगे माछा तथा समुद्रमा पाइने विभिन्न जीवका तयारी मासु आयात भएको हो । आयातीत वस्तु यहाँ उत्पादन गर्न सकिन्छ । यद्यपि, आयात गरिएको छ ।

आयात गरिएको घुङ्गी सिमसार, घोल, जमेको पानी र दबदबे जमिनमा पाइन्छ । पछिल्लोपटक सीमसार क्षेत्रमा अतिक्रमण बढेको छ । आगोमा सेकाएको, सग्लो तर मरेको (हिँउले ढाकिएको) र जिउँदो माछा आयात भएको हो । जिउँदोबाहेक अन्य आयातीत वस्तु नेपालका तारे होटेलमा खपत हुने गरेको छ । भन्सार विभागको तथ्यांकले नेपालमा निर्यातभन्दा आयातको अंश २३ प्रतिशतले बढेको उल्लेख छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :