दुग्ध विकास संस्थानको बोर्ड सदस्यमा डा. श्रेष्ठ

यो समाचार 50 पटक पढिएको

काठमाडौं । दुग्ध विकास संस्थानको बोर्ड सदस्यमा नेपाल भेटेरिनरी एशोसिएसनका केन्द्रीय अध्यक्ष डा. सितलकाजी श्रेष्ठ नियुक्त भएका छन् ।

नेपाल सरकारको गत पुस १२ गतेको निर्णयानुसार डा. श्रेष्ठलाई दुई वर्षको लागि मनोनयन गरिएको हो । भेटेरिनरी जनस्वास्थ्यमा स्नातकोत्तर डा. श्रेष्ठ विगत १३ वर्ष देखि यस क्षेत्रमा क्रियाशिल छन् ।

भेटेरिनरी व्यवसायमा सक्रिय डा. श्रेष्ठ यसअघि राष्ट्रिय विषादी बोर्ड, नेपाल स्वास्थ्य अनुसन्धान परिषद् लगायतका संस्थामा पनि आवद्ध थिए ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :