चिसोका कारण खोटाङमा ६ हजार कुखुरा मरे

यो समाचार 262 पटक पढिएको

साँकेतिक फोटो

खोटाङ । खोटाङमा कुखुरा फर्ममा पालिएका कुखुरा मर्न थालेका छन् ।

हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा कदुवाका मुनाल कार्कीको खोटाङ हलेसी एग्रीकल्चर एण्ड लाइभस्टक प्रालि अन्तरगतको फर्ममा पालिएका कुखुरा मर्न थालेको छ । मंसिर १९ गते यता दैनिक कुखुरा मर्न थालेको नगरका पशु सेवा शाखाले जनाएको छ । ११ हजार कुखुरा रहेको फर्ममा हालसम्म ६ हजार कुखुरा मरिसकेको जानकारी आएको नगरपालिकाका मेयर इवन राईले बताए ।

पशु सेवा शाखाले अनुगमनकाक्रममा चिसोका कारण श्वास प्रस्वासमा समस्या आएपछि लाग्ने क्रोनिक रेस्पीटरी डिजिज (सिआरडी) का कारण कुखुरा मरेको रहस्य खुलेको पशु सेवा शाखाका प्रमुख गणेश नेपालीले बताए । पसु सेवा शाखाको अनुगमनपछि मरेका कुखुरालाई चुन छर्केर खाल्डोमा पुर्ने व्यवस्था मिलाइएको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :