एउटै गाई फर्मबाट डेढ सयलाई रोजगारी

यो समाचार 92 पटक पढिएको

गुल्मी। रेसुङ्गा नगरपालिका ७ कुँडापानीका ३२ बर्षिया शम्भु पाण्डेले गाई फार्मबाट १५० भन्दा बढि ब्यक्तिलाई रोजगारी दिइरहेका छन ।

११ बर्षसम्म दुबई बसेका उनले कृषिसम्बन्धि काम गरेर राम्रै आम्दानी गरेपनि विदेश बस्न मन नलागेपछि उनी स्वदेश फर्केका हुन ।

पाण्डे आजकाल गाईको स्याहार र दुध बेच्नमै ब्यस्त रहेका छन । उनले ६५ लाखको लागतमा २१ वटा गाई पालेका छन् । जसमध्ये धेरै दुहुने, केहि ब्याउने र केहि बाच्छाबाच्छि रहेका छन । गाईपालनको लागि उनले पानी ट्यांकि, भकारो सुधार लगायतका काम पनि सुर गरेका छन ।

हाल गाईबाट मात्रै दैनिक ८५ देखि एक सय ५० लिटर सम्म दुध उत्पादन हुने गर्छ । जसबाट बार्षिक सात लाखसम्म आम्दानी हुने गरेको पाण्डेको भनाई छ ।

मुलुकको आर्थिक क्रान्ति कृषिबाट गर्न सकिन्छ भन्ने सुनेका पाण्डेले सोही सिदान्तलाई आत्मसाथ गर्दे गाईपालन पेशा अबलम्बन गरेका हुन । आगामी दिनमा गाईको संख्यामा बृद्धि गर्दै जाने उनको विचार छ । गाईपालन गरेबापत उनले किसानका लागि उन्नत बिउ बिजन कार्यक्रमबाट १० लाख अनुदान समेत लिइसकेका छन् । त्यसका साथै उनले घरमै बसेर काम गर्दा पारिवारिक आनन्द समेत मिलेको बताए ।

बैदेशिक रोजगारीमा गरेको दुस्ख भन्दा आफनै देशमा गरेको कृषि ब्यवसायबाट बढि आम्दानी हुन थालेपछि गाई पालनमा आकर्षण बढ्यो

पाण्डे मात्र होइन, रुरु गाँउपालिका रिडिबजारका ३७ बर्षिया रविलाल पन्थ पनि रोजगारिकै लागि १५ बर्ष दक्षिण कोरिया बसे । तर उनलाई आफ्नै गाउँको मोहले छोडेन । अन्तत विदेशमा सिकेको सिपलाई स्वदेशमै सदुपयोग गर्दै रिडिमै दुध डेरी संचालन गरे । डेरीमा अहिले दैनिक चार सय भन्दा बढी लिटर दुध संकलन हुन्छ । यसरी संकलन भएको दुधबाट दहि, घिउ, पनिर, छुर्पि लगायतका दुधजन्य वस्तु उत्पादन गर्छन । उत्पादित वस्तु पनि स्थानिय बजार र जिल्ला सदरमुकाम तम्घासमा खपत हुन्छ । यसबाट उनले मासिक ६० हजारभन्दा बढी आम्दानी गर्छन । ३ बर्षदेखि संचालन गरेको दुध डेरीमा अहिले दैनिक ६ सय लिटरको माग भएपनि आपूर्ति भने कम भएको उनको भनई छ । ‘विदेशको सिपलाई सदुपयोग गरेको हुँ, बार्षिक साढे सातलाखजति आम्दानी हुन्छ ।’ उनले भने, ‘आफ्नै ठाउँमा म सन्तुष्ट छु ।’ किसानले उत्पादन गरेको दुध डेरीमा विक्रि हुने हुदा उक्त डेरीले रोजगारी समेत दिएको छ । रिडि धार्मिक स्थल भएकोले साकाहारीजन्य वस्तुहरुको खपत बढी हुने सम्भावना देखेर दुध डेरी संचालन गरेको पन्थ बताउछन ।

स्थानीय सरकारको पशु नीति

अहिले गाउँमा स्थानीय सरकार छ । किसानलाई कुनै मर्का वा समस्या पर्दा गाउँमै रहेका स्थानीय सरकारले समते सहयोग गर्ने गरेको छ । गुल्मीमा दुई नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानीय तह छन् । जसले फरक–फरक कृषि र पशु नीति अबलम्बन गर्दै आएको छ ।

उत्पादनमा आधारित अनुदान

जिल्लाको धुर्कोट गाउँपालिकाले किसानलाई उत्पादनमा आधारित अनुदानको ब्यवस्था गरेको छ । गाउँपालिकाभित्रका कुनै पनि किसानले महिनामा ५० लिटर भन्दा बढी दुध विक्रि गरेमा प्रति लिटर ५ रुपैँयाका दरले अनुदानको ब्यवस्था गरिएको छ ।

बर्षमा तीनवटा भन्दा बढी खसिबोका सहकारीमाफर्त विक्रि गरेमा प्रति केजि २५ रुपैँया, बर्षमा १४ सय अण्डा विक्रि गर्नेलाई प्रति अण्डा दुई रुपैँयाका दरले अनुदान दिने ब्यवस्था गरिएको छ ।

गाउँपालिकाले खोर र गोठ सुधारको लागि पनि अनुदानको ब्यवस्था गरेको गाउँपालिकाका पशु शाखा प्रमुख श्याम कार्कीले बताए । गत बर्ष मात्रै वडा नम्बर ४ जैसिथोकका २० जनाले १० हजारका दरले गोठ सुधारको लागि अनुदान पाएको कार्की बताउछन । भैसीको कृतिम गर्भाधान गरी बच्चा जन्मिएका पोषण खर्चबापत दुई हजार प्रदान गरिने र समय समयमा औषधीको ब्यवस्था गरिने गरिएको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :