खसी ब्यापारमा लागेका सोमबहादुरको कथा

यो समाचार 412 पटक पढिएको

काठमाडौं । ‘दाइ, खसी चाहियो कि बोका ? ’

‘तपाईंसँग लोकल खसी छ त ? ’

‘लोकल खसी बिहानै पो सकियो। अब भोलि आउँछ। यो जमुनापारी लानुस् न। उस्तै त हो नि। आजैमात्र ल्याएको।’

‘दाम कसरी नि ? ’

‘भाउ त खासै फरक छैन।’

राजधानीको टुकुुचास्थित खसीबजारमा व्यापारी र ग्राहक मोलमोलाई गर्दै थिए। असारको अन्तिम साता विवाह गरेका भक्तपुुरका रूपेश कार्की साथीभाइलाई भोज खुुवाएर रमाइलो गर्ने योजनासहित खसी किन्न बजार पुुगेका थिए। ‘आफैं काटेर खाएजस्तो स्वादिलो किनेको मासु कहाँ हुुन्छ र ? त्यसमाथि लोकल खसीको स्वाद बेग्लै’, कार्कीले जिब्रो फट्कार्दै भने।

सोमबहादुुर पौडेल ओखलढुंगाबाट काठमाडौं आए तर कुुनै काम पाएनन्। साथीभाइसँग लागेर खसी व्यापारमा हात हाले। उनको यही व्यवसायमा लागेको तीन दशक नाघिसक्यो। उनका दुई छोरा पनि यही व्यवसाय गर्छन्। ‘घर व्यवहार राम्रैसँग चलेको छ। खान लाउन दुःख छैन। सात छोरी र तीन छोराको बिहे दान गरियो। सबैले राम्रोसँग गरी खाएका छन्।’ खसी व्यापारबाट १० सन्तानको गर्जो टारेका पौडेल भन्छन्, ‘२०।२५ हजार रुपैयाँबाट व्यापार थालेको थिएँ। अचेल हप्तामै १० देखि १५ लाखसम्मका खसी अर्डर गरिन्छ।’

काठमाडौं छिरेदेखि नै बागबजारमा डेरा गरेका पौडेल त्यही क्षेत्रमा धेरै ठाउँमा डेरा सरिसके। ‘सुुरुमा आठ सय भाडा तिर्थेँ। अहिले ५५ सय भएको छ। नयाँ ठिमीको घरमा चाहिँ छोराहरू बस्छन्।’ आफ्नै घर बनाए पनि व्यापारको सिलसिलामा बागबजारको डेरा उनले छाड्न सकेका छैनन्। यति लामो अवधिमा व्यापारमा घाटा लागेको उनलाई सम्झना छैन। ‘कहिलेकाहीँ लामो समय रह्यो भने खसी मर्न सक्छन्। त्यो पनि आधा दाममा बिक्छ। मासु पसलेले लान्छन्। त्यो के गर्छन्, उनीहरू नै जानुन्’, पौडेलले भने।

अर्का व्यापारी चेतबहादुर खत्री ग्राहकसँग मोलमोलाई गरिरहेका थिए। विगत दुुई दशकदेखि खसीबोकाको व्यापार गरिरहेका उनले यही व्यवसायबाट पाँच जनाको परिवार धानेका छन्। उनले चाबहिल नजिकै घरसमेत बनाएका छन्। ‘मैले २३ वर्षअघि व्यापार सुरु गर्दा जिउँदो खसी ४०/५० रुपैयाँमा पाइन्थ्यो। अहिले पाँच सय पुगेको छ। आठ–दस हजार गोजीमा हुँदा ठूलो व्यापार गर्ने आँट आउँथ्यो।’ खत्री विगत सम्झिन्छन्।

२०५८ सालमा राजदरबार हत्याकाण्ड हुँदा १५ दिनभन्दा बढी मासु पसल बन्द भए। ‘किनेर राखेका खसीलाई दानापानीको व्यवस्था गर्न सकिएन। धेरै मरे। खाल्डो खनेर पुर्नुपर्ने अवस्था आयो’, उनले गुुनासो पोखे, ‘यत्रो ठूलो बजार धानेको हाम्रो व्यवसायप्रति सरकारी पक्ष उदासीन छ। बजारको उचित व्यवस्थापन, सेवा सुरक्षालगायत हाम्रा समस्या ज्युँका त्यँु छन्।’

धादिङका दिनेश बाँस्कोटाले आफ्ना हजुरबुवाको सिको गर्दै १२ वर्षअघि खसी व्यापारमा हात हाले। यसकै आम्दानीबाट चार जनाको परिवार पालेका छन्। ‘चाडबाडको समयमा खाद्य संस्थानले पनि खसीबोका बिक्री गर्छ तर कहिलेकाहीँ हामी संस्थानभन्दा सस्तो दाममा बिक्री गरिरहेका हुन्छौं। ग्राहकलाई पत्तै हुँदैन’, बाँस्कोटाले भने।

काभ्रेको चौंरी देउरालीका दिल मोक्तान ८५ हजार बुझाएर मलेसिया गए। त्यहाँ भनेअनुसार उनले न काम पाए, न त दाम नै। मासिक नौ सय रियाल तलब तोकिएकोमा ६ सय मात्रै पाए। आफू जाँदाको ऋणसमेत तिर्न नसकेर फर्किए। घर फर्किएर कम लगानीमा हुने खसीबोकाको व्यापार रोजे। उनी पनौतीसम्म पुगेर खसीबोका ल्याउँछन्। ‘हिजोआज म मासिक ३० हजारभन्दा माथि कमाउँछु। स्वदेशमै बसेर यत्रो कमाइ हुँदो रहेछ’, उनी भन्छन्।

सर्लाहीका रवीन्द्र मुखिया विन करिब १२ वर्षदेखि खसीबोकाको व्यापार गर्छन्। यसकै कमाइबाट पाँच जनाको परिवार पालेका छन्। टुकुुचा खसी बजारमा मासिक ३७ सय भाडा बुझाउँछन्। ‘खसी ढुवानीमा समस्या छ। यात्रुबाहक गाडीमा ओसारपसार बन्द गरिएको छ’, उनले भने।

*********

कलंकीस्थित खसीबजारमा नयाँबसपार्क स्थायी घर भएका खसी व्यापारी गंगा श्रेष्ठ ग्राहकको पर्खाइमा थिए। चार दशकदेखि खसीबोका व्यापारमा संलग्न श्रेष्ठ पहिले नुुवाकोट, धादिङ, रसुुवाबाट खसी, बोका हिँडाएरै ल्याउँथे। ‘अहिले हाम्रो बजारको ठूलो हिस्सा भारतबाट आउने खसीबोकाले धानेको छ। गाउँका खसीबोका कम मात्रै आइपुुग्छन्’, श्रेष्ठले भने, ‘सुुरुमा हामी टुुँडिखेलमा व्यापार गथ्र्यौैं। पछि ह्युुमतमा स¥यौं। टुुकुुचा हुुँदै हाल कलंकीस्थित व्यक्तिको जग्गा भाडामा लिएर बजार लगाइएको छ। व्यवस्थित र फराकिलो जग्गा नभएर समस्या छ।’

विगत दुुई दशकदेखि खसीबोकाको व्यापार गरिरहेका चेतबहादुर खत्रीले यही व्यवसायबाट पाँच जनाको परिवार धानेका छन्। उनले चाबहिल नजिकै घरसमेत बनाएका छन्।

ट्रकमा खसी लोड गरेर भारतबाट राजधानीसम्म ल्याउने चालकद्वय लीलुु रसाइली र प्रितम बोहोरा भेटिए। रातभर गाडी चलाएको थकान र बाटाको धुलो पनि पखाल्न नभ्याएका उनीहरूले बाटामा ट्राफिक प्रहरीले मनलाग्दी दुःख दिने गरेको सुनाए। ‘नागढुुंगामा प्रतिगोटा २० रुपैयाँको रसिद थमाउँछन्। धादिङमा बिनारसिद धम्क्याएर पैसा लिन्छन्। चन्द्रागिरि नगरपालिकाको नामबाट समेत रातको समयमा गाली गर्दै पैसा उठाउने गरिएको छ’, उनीहरूले भने, ‘चौपाया बोकेका गाडी पैसा असुल्नेका लागि दुहुुना गाई हुन्। तेरो घरबाट ल्याएर दिने हो र रु साहुको पैसा दिन के गाह्रो भन्छन्। गाडी रोकेर विवाद गर्न थाल्दा ग्यास भरिएर चौपाया मर्ने डर हुुन्छ।’

भारतको लखनउ, काल्फीलगायत स्थानबाट खसीबोका ल्याउने गरेका व्यापारी नसिम कुरौसीले बाटामा अवैध असुल्ने कतिपयसँग प्रहरीकै मिलेमतो हुने बताए। यसले व्यापारीहरूलाई ठूलो भार परेको उनको भनाइ छ। पश्चिम पहाडका खसीबोका तराईको बाटो भएर ल्याउँदा पनि प्रहरीले विभिन्न बहानामा दुुःख दिने गरेको बब्लु कुुरैसीले बताए। ‘एकैदिन धेरै ठाउँमा रसिद काट्छन्। नियम मिचेको भन्दै धादिङ, दाङ, बर्दियामा बिनारसिद पैसा उठाउने पनि उत्तिकै छन्।’

खसीको मासुु महँगिने

भारतीय बजारबाट आउने खसीको भन्सार शुल्क बढेको छ। चार सय ८० रुपैयाँ भन्सार लिँदै आएकोमा गत साउन २ गतेबाट दोब्बरले बढाएर प्रतिगोटा नौ सय ६० लिन थालिएको छ। यसले मासुको दाम बढ्ने अर्का व्यापारी उद्धव खड्काले बताए। ‘हामीलाई अहिले बजार लगाउने ठाउँको समस्या छ। दसैं, तिहारलगायत चाडबाडमा साँघुरो भएर खुुट्टो हाल्ने ठाउँ हुँदैन। ग्राहकले धेरै नै दुुःख पाएका छन्’, उनले भने।

‘सरकारले सरोकारवालासँग कुनै सल्लाह र समन्वयबिना भन्सार बढाउने निर्णय ग¥यो। व्यापारी मात्र होइन, मासुको भाउ बढ्ने भएकाले उपभोक्ता पनि मारमा छन्’, चौपाया खरिद बिक्री सेवा संघका पूर्वअध्यक्ष एवं सल्लाहकार दीपक थापाले भने, ‘हाम्रो बजारमा मासिक करिब ३०/३५ हजार खसीबोका भारतीय बजारबाट भित्रिन्छन्। यसले समग्र बजारको ७० देखि ८० प्रतिशत हिस्सा ओगट्छ।’ सरकार स्वदेशी चौपायाको प्रवद्र्धनमा नलागेको र उपत्यकाको बजार व्यवस्थापन गर्न चासो नदिएको उनको भनाइ छ।

चौपाया खरिद बिक्री संघका उपाध्यक्ष सन्तोषबहादुर खत्री भरपर्दो भेटेरिनरी चेक जाँचदेखि राज्यस्तरको केन्द्रीय बजारको माग गर्छन्। ‘सरकारले हाम्रो व्यवसायलाई हेयको दृष्टिले हेरेको छ। सरकारी अनुदान पनि नजिकका नातागोताले मात्रै पाएका छन्। अनुदान खास कृषक र व्यवसायीको हातमा परेकै छैन,’ खत्री भन्छन्।

काभ्रेका दिल मोक्तान मलेसियामा कमाइ नभएर स्वदेश फर्की खसी व्यापारमा रमाएका छन्। तर बहुुसंख्यक युुवाहरू अझै पनि मलेसिया, कतारलगायत देश जान पासपोर्ट बनाउन व्यस्त छन्।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :