चितवनमा अन्तर्राष्ट्रिय पोल्ट्री विज्ञहरुको सम्मेलन हुने

यो समाचार 366 पटक पढिएको

काठमाडौं । चितवनको कृषि तथा वनविज्ञान विश्वविद्यालयमा अन्र्तराष्ट्रिय पोल्ट्री विज्ञहरुको सम्मेलन हुने भएको छ ।

आगामी कार्तिक ११ गतेदेखि १३ गतेसम्म हुने सम्मेलनमा विभिन्न १० देशका पोल्ट्रि सम्वन्धि विज्ञहरूको सहभागीता रहने छ । सम्मेलन कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा हुनेछ । विश्वविद्यालयले आज काठमाण्डौंमा पत्रकार सम्मेलन गरि नेपालमा पहिलोपटक हुन लागेको अन्र्तराष्ट्रियस्तरको पोल्ट्रि सम्मेलनमा नेपाल, भारत, जापान, अष्ट्रेलिया, जर्मनी, बंगलादेश र इजिप्ट लगायत १० देशका ५० भन्दा बढी वैज्ञानिकहरुको सहभागीता रहने जानकारी दियो ।

सम्मेलनमा नेपालका पोल्ट्री उद्योगहरु, व्यवसायीक किसानहरुसहित यो क्षेत्रसँग सम्वन्धित विभिन्न संघ–संस्थाहरुको सहभागीता रहनेछ । ‘खाद्य स्वच्छता र सुरक्षाको लागि पोल्ट्रीको माग परिपूर्ति’ भन्ने मूल नाराका साथ सम्पन्न हुने सो सम्मेलनमा कुखुरा उत्पादन र व्यवस्थापन, अध्ययन, अनुसन्धान, विकास सम्बन्धी वैज्ञानिक सम्मेलन मार्फत भविष्यमा कुखुरापालन जस्तो महत्वपुर्ण क्षेत्रमा विविध प्रविधियुक्त आधुनिक खोजमुलक जानकारीको सम्प्रेषण हुनेछ ।

सम्मेलनमा कुखुरा उत्पादन सम्बन्धी नीतिगत र सामाजिक–आर्थिक अवस्था, कुखुराको पोषण व्यवस्थापन, स्वास्थ्य व्यवस्थापन, कुखुराको अनुवांशिकी, प्रजनन् व्यवस्थापन तथा जैविक प्रविधि र एकिकृत तथा ग्रामिण कुखुरापालन जस्ता विधाहरुमा वैज्ञानिक र अनुसन्धानमुलक कार्यपत्रहरु प्रस्तुत गरिने कार्यक्रम सम्मेलन आयोजक समितिको अध्यक्ष प्राडा. शारदा थपलियाले जानकारी दिइन् ।

सम्मेलनमा भाग लिन भारतीय पोल्ट्री साइन्स एसोसिएसनका उपाध्यक्ष प्रा।डा।देवेन सापकोटा, जापनिज पोल्ट्री साइन्स एसोसिएसनका उपाध्यक्ष डा. नाओकी गोतो, पोल्ट्री अनुसन्धान फाउन्डेसन, अष्ट्रेलियाका निर्देशक पिटर गु्रभ्स, भारतीय कृषि अनुसन्धान परिषदरकेन्द्रिय कुखुरा अनुसन्धान संस्थानका निर्देशक एससी गिरी लगायत विदेशी वैज्ञानिकहरूको सहभागिता रहनेछ । सम्मेलनमा प्रस्तुत गरिने कार्यपत्रहरु आउने क्रम जारी रहेको कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर पशु प्रजनन् तथा जैविक प्रविधि विभागका प्रमुख उपप्राध्यापक डा. निराजन भट्टराईले जानकारी दिए । सिम्पोजियमा विभिन्न देशमा पोल्ट्रि सम्वन्धी भैरहेका अनुसन्धान, ज्ञानको आदानप्रदान र हाल देखिएका समस्याका विषय वृहत छलफल हुने पशु सेवा विभागका महानिर्देशक डा. विमलकुमार निर्मलले बताए ।

बार्षिक ३३ अर्व आम्दानी, डेढ लाखलाई रोजगारी

नेपालको कुल गार्हस्थ उत्पादनको करिब ४ प्रतिशत र कुल कृषि गार्हस्थ उत्पादनको करिब ८ प्रतिशत हिस्सा पोल्ट्री क्षेत्रले ओगटेको छ । नेपालमा आत्मनिर्भर उन्मुख क्षेत्रका रुपमा पोल्ट्रिलाई लिने गरिएको छ । ग्रामिण कुखुरापालनबाट हुने आर्थिक योगदानलाई छोडेर हेर्ने हो भने नेपालको व्यवसायिक कुखुरापालनबाट राज्यले वार्षिक ३३ अर्ब ७२ करोड आर्थिक उपार्जन गरिरहेको विज्ञ डा। निराजन भट्टराईले जानकारी दिए । पोल्ट्रि क्षेत्रमा करिब १ लाख ५० हजार प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी पाएका छन् । पशु सेवा विभागको सन् २०१७ को तथ्याङ्क अनुसार नेपालमा करिब ७ करोड कुखुरा रहेको पाइन्छ । देशको कुल मासु उत्पादनको करिब १७।२ प्रतिशत हिस्सा पोल्ट्री क्षेत्रले ओगटेको छ ।

देशको माग अनुसार मासु र अण्डा उत्पादन–लागतलाई कम्तिमा २ ठूला छिमेकीहरु चीन र भारतको दाँजोमा कम र प्रतिष्पर्धी बनाउनु पर्ने चुनौती रहेको कृषि तथा वनविज्ञान विश्वविद्यालय , पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान संकायकी डिन समेत रहेकी प्रा। डा। शारदा थपलियाले जानकारी दिइन् । पोल्ट्रीमा नेपाल आत्मनिर्भर भएपनि दाना तथा औषधीमा भने परनिर्भर हुने अवस्था छ । बार्षिक १६ अर्व बराबरको कच्चा पर्दाथ र त्यसमा ७० प्रतिशत हिस्सा मकैं बिदेशबाट आयात गर्नुपरेको प्रमुख पशु चिकित्सक डा। उमेश दाहालले जानकारी दिए । कुखुरामा लाग्ने बर्ड फ्लुका कारण बार्षिक २० देखी २५ करोडसम्म घाटा लाग्ने गरेको छ ।

स्थानीय जातको संरक्षण

पछिल्लो समयमा नेपालमा व्यवासायिक कुखुरापालन फस्टाउँदै जाँदा कुखुराको स्थानीय जात लोप हुँदै गएको भन्दैं विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । अन्र्तराष्ट्रिय पोल्ट्रि सिम्पोजियममा हराउँदै गएका कुखुराका स्थानीय जातको संरक्षणका लागि के कस्ता उपायहरु ऋपनाउन सकिन्छ भन्ने बारेमा पनि छलफल हुनेछ । नेपालमा ३ प्रकारका स्थानीय जातका कुखुराहरु पाइन्छ । नेपालमा पाइने ३ प्रजातीमा साकिनी, घाँटी खुइले र प्वाँख उल्टे ९दुम्से० हुन् । त्यस मध्ये साकिनीको संख्या बढि पाइएपनि अन्य दुई प्रजातीका कुखुराहरुको संख्या उल्लेख्य मात्रामा घट्दै गएको विज्ञ डा। निराजन भट्टराईले जानकारी दिए । यि दुई प्रजातीको उचित संरक्षण नभएमा लोप हुने खतरा रहेको विज्ञ डा। भट्टराईको भनाई छ । उनका अनुसार घाँटी खुईले प्रजाती अत्याधिक गर्मी सहन सक्ने प्रजातीमा पर्दछ, उपभोक्ताले घाँटीमा रौं नभएकै कारण देख्दा मन नपराउने कारणले संख्या घट्ने क्रम बढेको छ ।

स्थानीय प्रजातीका कुखुराको संरक्षणका लागि किसानहरुलाई प्रोत्साहन गर्ने र ग्रामिण कुखुरापालनलाई कृषि पर्यटनसँग जोडेर ग्रामिणस्तरका साना कृषकहरुको जीवीकोपार्जनमा सहजता ल्याउन सकिने उपायको खोजी सिम्पोजियमा हुनेछ ।

कुखुरामा जिरो एन्टिवायोटिकको प्रयोगको तयारी

व्यवसायिक कुखुरापालक किसानहरुले कुखुरामा एन्टिवायोटिकको अधिक प्रयोग गरेको भन्ने चर्चा भैरहेको बेला पशु सेवा विभागले उत्पादनमा जिरो एन्टिवायोटिक प्रयोगको नीति अख्तियारको तयारी गरेको छ । विभागका महानिर्देशक डा. विमल कुमार निर्मलले कुखुरामा बाहिर प्रचार गरिएजस्तो हानिकारक र अधिक एन्टिवायोटिकको प्रयोग नभएको दावी गरे । ‘जति भएको छ त्यसलाई पनि घटाउँदै लैजाने र जिरो एन्टिवायोटिक बनाउने तर्फ विभाग लागेको छ’ महानिर्देशक निर्मलले भने‘ एन्टिवायोटिकको विकल्पमा प्रोवायोटिकको प्रयोगलाई प्रोत्साहान गर्दछौं’।

उनले कुखुराको मासुमा केही एन्टिवायोटिक भएपनि त्यसले मानव स्वास्थ्यमा कुनै असर नगर्ने बताए । कुखुरालाई दिइएको एन्टिवायोटिक आन्द्रा, कलेजो, मृगौंला जस्ता भित्रि अंगहरुमा रहने र त्यो मानवले उक्त कुनै पनि भाग उपभोग नगर्ने भएकोले सुरक्षित रहेको महानिर्देशक डा. निर्मलले दावी गरे ।

कुखुराको मासु रेड मिट नभई ह्वाइट सेतो हुने हुँदा जनस्वास्थ्यमा कुनै हानी नगर्ने महानिर्देशक डा। निर्मलको भनाई छ । महानिर्देशक निर्मलले आलुभन्दा अण्डा सस्तो भएको भन्दैं विगतमा कुखुरा उत्पादनका लागि ध्यान दिइएको विभागले अब त्यसको बजारीकरणलाई ध्यान दिने बताए ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :