नेपाली दूध बजार ‘डुबाउन’ भारतीय दुध कम्पनी ‘आमुल’ लाई भित्र्याइदैं

यो समाचार 198 पटक पढिएको

काठमाडौं । भारतीय दुध कम्पनी आमुलले नेपालमा प्लान्ट खोल्ने विषयले नेपालका डेरी व्यवसायीमा तरंग सृजना गरेको छ । आमुल डेरीले नेपालमा प्लान्ट खोले नेपालका सम्पूर्ण डेरी व्यवसाय बन्द गर्ने चेतावनी व्यवसायीले दिएका छन् ।

नेपाल डेरी एसोसियसनका अध्यक्ष राधाकृष्ण सापकोटाले नेपाल सरकारले आमुललाई प्लान्ट खोल्न दिए आफुहरुले नेपालको सम्पूर्ण डेरी बन्द गर्ने चेतावनी दिएका हुन् । बिहिबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको बजेट छलफलमा भारतीय दुध उद्योगलाई नेपालमा प्लान्ट विस्तार गर्न नदिने अडान लिए ।

नेपालमा वार्षिक १७० मिलियन दुध उत्पादन हुने गरेको बताउँदै उनले भने, ‘नेपालले तीन वर्षमा दुधमा आत्म निर्भर हुने लक्ष्य लिएकोमा २ वर्ष वितिसकेको र अबको १ वर्षमा आत्मनिर्भर हुने चरणमा रहेको छ । सरकारले विदेशी डेरीलाई नेपाल प्रवेश गराएर नेपालीहरुको व्यवसाय खोस्न खोज्दै छ । यदि आमुलले नेपालमा प्लान्ट राख्न आयो भने सबै डेरी बन्द गरिदिन्छौ ।’

२० अर्ब लगानी भएको उद्योग बन्द हुँदा ४ लाख ५० हजार किसान मारमा पर्ने उनले भने । उनले केही समय अघि रामदेवको घिउले नेपालको उत्पादनलाई धरासायी बनाउन खोजेको स्मरण गराउँदै दुधमा पनि सोही अवस्था नआउनका लागि सरकारले आमुललाई स्वदेश भित्रिन नदिन भने ।

व्यवसायीलाई जवाफ दिदै अर्थ मन्त्रालयका राजस्व सचिव शिशिर ढुङ्गानाले अब नेपालका व्यवसायीहरुले विदेशी लगानीसँग डराएर उनीहरुलाई आउन नदिने भन्दा पनि आफुलाई प्रतिस्पर्धामा उतार्न सुझाव दिए । विदेशी लगानी भित्रन रोक्ने कुरा हुदैन, तपाईहरु आफुलाई प्रतिस्पर्धी बनाउन तयार रहनुस् ढुङ्गानाले भने ।

 

भारतीय सञ्चारमा प्रकाशित यो समाचार पनि पढ्नुस

AMUL TO EXPAND ITS BUTTERLY SPREAD

 

In a first, the Amul girl is readying to ‘fly’ into the Middle East and Nepal. The Gujarat Cooperative Milk Marketing Federation (GCMMF), which sells Amul products, will set up dairies outside India. It already exports its products to more than 40 countries including the US, Australia, New Zealand, China and Japan. According to the Amul website, it holds a majority stake in a dairy in the New York state of US. However, the proposed dairies will be constructed and 100% owned by Amul.

Talking to Mirror, GCMMF Managing Director R S Sodhi said: “Middle East is the biggest foreign market for Amul products after the USA. More than two million Indians live in the United Arab Emirates itself. We will be setting up a dairy there to cater to the large population of Indians settled there. The plan has been finalised and we will soon be executing it.”

Read Also
Vipul Chaudhary may cease to be DURDA chief 


In Nepal, Amul will benchmark its world-acclaimed cooperative model and source milk from local producers. It will give fillip to animal husbandry in the neighbouring country and provide sustainable livelihood to thousands, to start with. “Nepal government had invited us to replicate the Gujarat cooperative model with the purpose of first meeting their internal demand for dairy products. Besides this, the government there is also keen to create employment opportunities for locals. We have accepted the offer and will set up a dairy there. Planning is in advanced stages.”

Source : http://ahmedabadmirror.indiatimes.com/ahmedabad/cover-story/amul-to-expand-its-butterly-spread/articleshow/63956332.cms

रचनात्मक प्रतिक्रिया दिनुहोस् :