किराले करोडौं मूल्यको जुनार नोक्सान

यो समाचार 86 पटक पढिएको

सिन्धुली । जुनारको राजधानी भनेर चिनिने सिन्धुलीमा जुनार फल पाकेर बजार लैजाने बेलामा रोग संक्रमण लागेर फल नष्ट हुन थालेको छ ।

फूल फूलेर फल लाग्ने बेलादेखि नै रोग किराको संक्रमण देखिएको कृषकको बगैँचाभरी भ्याक्टेरिया (औसे किरा) को संक्रणबाट सिन्धुलीको जुनार फल कुहिएर नष्ट हुन थालेको हो ।

जुनारमा ‘बेक्टोशेरा सिरामीन’ नामक झिँगाले फैलाएको भ्याक्टेरीयाका कारण जुनार फलमा किरा लाग्ने र कुहिएर बोटमै नस्ट हुने गरेको सुपर जुनार जोन कार्यक्रम सिन्धुलीका देवराज अधिकारीले बताए ।

‘बेक्टोशेरा सिरामीन नामक एक प्रकारको झिँगाले जुनार फलमा फूल पार्ने र त्यो फूलबाट आँैसा विकसित भएर जुनार फल नष्ट गर्दा सिन्धुलीका कृषकले उत्पादन गरेको ८० प्रतिशत जुनार फल काम नलाग्ने अवस्थामा पुगेको छ,’ अधिकारीले भने । यस्ता फलको बाहिर सध्य देखिएका फलमा पनि भित्र किरा हुने गरेको बताइन्छ ।

सिन्धुलीको रतनचुरा, तिनकन्या, बाशेश्वर, भुवनेश्वरी, जलकन्याका जुनार फलमा संक्रमणले बढी असर पुर्याएको हो । जिल्लामा यस वर्ष जुनार फुल्दा देखि नै रोग किराको संक्रमण भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमै खपत गराउने गरी जुनार सुपरजोन कार्यक्रमले गुणस्तरीय फल उत्पादन गर्न लागिपरेको भए पनि औंसे किराका कारण उत्पादनमा कमी आएसँगै उत्पादित फलसमेत कुहिएर बोटबाटै झर्न थालेको हो ।

उत्पादनमा ह्रास :
उत्पादनमा ह्रास आउँदा किसानको करोडौं कमाउनसक्ने सम्भावना हटेको छ । गत वर्ष ७ हजार ९ सय मेट्रिक टन जुनार उत्पादन हुँदा जिल्लामा २६ करोड रुपैयाँ बढी रकम भित्रिएको थियो ।

यस वर्ष भने संक्रमणको कारण जुनारको फल उत्पादनमै कमी आएपछि ८० प्रतिशत जुनारको आम्दानी गुम्ने निश्चितप्रायः छ । जुनार कृषक सहकारी संघका जिल्ला अध्यक्ष निर्मलकुमार रम्तेलका अनुसार फल लाग्ने समयमै किराको आक्रमणमा पर्दा झण्डै ३५ प्रतिशत भन्दा बढी उत्पादनमा कमी आएको छ ।

रम्तेलका अनुसार बगैँचाका बोटमै देखिएका फल पनि पाक्ने बेलामा कुहिएर झर्न थालेको छ । जसले गर्दा जिल्लाका कृषकहरुको १५ करोड रुपैयाँ बढी आम्दानी गुम्ने अवस्था आएको हो ।

सरकारी र निजी स्तरबाट जुनार बगैँचाको विस्तार तथा उत्पादनमा वृद्धि गर्ने अनेकौं प्रयत्नहरु गरिए पनि रोग किराको नियन्त्रण गर्न नसक्दा निरर्थक भएको कृषकहरुको गुनासो छ ।

अघिल्लो वर्ष रतनचुरा, तिनकन्या, बाशेश्वर, भुवनेश्वरी, जलकन्या, मझ्वा लगायत क्षेत्रका हरेक कृषकले जुनारबाट सिजनमा कम्तिमा २ लाख रुपैयाँ देखि १८ लाखसम्म आम्दानी गरेका थिए ।

सुपरजोन घोषणा तर ह्रास :
झण्डै ३ वर्षअघि तत्कालिन कृषि मन्त्री हरिवोल गजुरेलले प्रधानमन्त्री आधुनिकिकरण परियोजना अन्तरगत सिन्धुलीलाई जुनार जोन घोषणा गरेका थिए । यहाँको जुनारलाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउने गरी त्यसका लागि गुणस्तरीय फल तथा उत्पादनमा वृद्धि जस्ता कार्यमा पनि उनको पहल थियो ।

सोही अनुरुप कृषकहरुको मागका आधारमा जुनार जोन कार्यक्रमबाट जुनार सुपरजोन कार्यक्रम नै सञ्चालनमा ल्याइयो । यद्यपि किराकै कारण सिन्धुलीका किसानहरुले करोडौं आम्दानी घुमाएका छन् ।

किरा नियन्त्रणमै ७ करोड १
जुनार जोन र जुनार सुपर जोन कार्यक्रमबाट जुनारमा लाग्ने किरा नियन्त्रणका लागि भन्दै ३ वर्षयता मात्रै ७ करोड रुपैयाँ खर्च भइसकेको छ । यस वर्ष पनि जुनार सुपरजोन कार्यक्रमबाट ३ करोड रुपैयाँ थप खर्च गर्ने योजना बनाइयो । तर, उपलब्धी भने शुन्य भएको बताउँछन् किसान दिनेश सापकोटा ।

करोडौं खर्च भइसक्दा पनि जुनारमा लाग्ने किराको पहिचान र नियन्त्रण नै हुन नसकेको भन्दै किसानहरु गुनासो पोख्न थालेका छन् । संक्रमणकै रुप लिएपछि यसको नियन्त्रणका लागि उनीहरुले सरकारसँग माग गरेका छन् ।

जुनारको जिल्ला भनेर चिनिने सिन्धुलीमा हालसम्म १ हजार ८ सय हेक्टर क्षेत्रफलमा जुनार खेती विस्तार छ भने जिल्लाका ५ हजार भन्दा बढी कृषकहरु प्रत्यक्ष सक्रिय छन् ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :