जुम्लाको अर्गानिक स्याउ काठमाडौंमा

यो समाचार 476 पटक पढिएको

काठमाडौं । जुम्लाको अर्गानिक स्याउ बुधबारबाट बजारमा उपलब्ध भएको छ।

विगत छ वर्षयता स्थानीय कृषकको सक्रियतामा एप्पल गार्डेनको नामबाट जुम्लाको स्याउ सर्वसुलभ मूल्यमा उपभोक्तामाझ पुग्दै आएको छ। काठमाडौंमा पछिल्लो समय चिनियाँ र भारतीय स्याउले बजार लिइरहेको समयमा केही मात्रामा भए पनि नेपालको स्थानीय स्याउ राजधानी भित्रिएसँगै उपभोक्ताहरूले नेपाली स्वादको स्याउ खान पाउने भएका छन्।

भारतीय र चिनियाँ स्याउहरू टिपेको लामो समयपछि काठमाडौं आइपुग्ने तथा औषधिको अत्यधिक प्रयोग भए पनि नेपाली उपभोक्तामा नेपालकै स्याउको यथेष्ट विकल्प नहुँदा विदेशी स्याउको भर पर्नुपर्ने बाध्यता छ। स्याउका लागि निकै प्रसिद्ध मानिएको जुम्लामा उत्पादित स्याउको मूल्य विदेशी स्याउको तुलनामा सर्वसुलभ रहेको बताइएको छ।

पछिल्लो समय जुम्लामा जिल्ला कृषि कार्यालयले अर्गानिक उत्पादनमा जोड दिएपछि बोटमै पूर्ण रूपमा खानयोग्य भएपछि मात्र टिप्न दिएका कारण कृषकहरूले चाँडो स्याउ नटिपेपछि थप स्वादिलो बनेको स्थानीय कृषक दलबहादुर खड्काले बताए। बाटो र यातायातको कठिनाइका कारण स्याउमा धेरै नाफा नहुने भए पनि आफ्नो उत्पादन बजारसम्म पुर्‍याउनु र निरन्तरता दिनु ठूलो कुरा भएको कृषकहरू बताउँछन् । कृषक दिनेश खड्काले नै जुम्लाबाट काठमाडौंमा ल्याई स्याउ बेच्दै आएका छन्।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :