फ्यानको अध्यक्षमा कुमारकसजु पुनः निर्बाचित

यो समाचार 390 पटक पढिएको

काठमाडौं । नेपाल फ्लोरिकल्चर एशोसिएसन नेपाल(फ्यान) ले कुमारकसजु श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

सोमबार सम्पन्न भएको फ्यानको २६ औं बार्षिक साधारण सभाले तीन बर्षका लागि श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

फ्यानकाअनुसार अध्यक्ष पदवाहेक सम्पूर्ण पदमा उम्मेदबार निर्विरोध निर्वाचित भएका थिए । अध्यक्षमा धेरै उम्मेदबारी परेका कारण उक्त पदमा निर्बाचन भएको थियो । निर्बाचनमा निवर्तमान अध्यक्ष कुमारकसजु श्रेष्ठ नै बिजयी भएका थिए ।

साधारण सभाले बरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिब, सचिब र कोषाध्यक्षमा क्रमशः मीनवहादुर तामाङ्ग, शिवबहादुर खड्का, विश्वमणी पोख्रेल, हिरामणी शर्मा र सीताराम पन्त निर्विरोध निर्बाचित गरेको छ ।

यसैगरी सदस्यहरुमा महेन्द्रवहादुर सुवेदी, सुशिल खड्का, राजु तामाङ्ग, दिपेश भट्टराई, राजकृष्ण बजगाई, सीताराम लामिछाने र धनप्रसाद घिमिरे निर्विरोध निर्बाचित भएका छन् ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :