पुष्पखेतीका लागि सामुदायिक वन उपयोगमा जोड

यो समाचार 342 पटक पढिएको

काठमाडौं । प्रदेश ३ का कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दावा दोर्जे लामाले पुष्पखेतीको विकास र विस्तारका लागि सामुदायिक वन, सार्वजनिक र पर्ति जग्गा उपयोगमा ल्याइनु पर्नेमा जोड दिएका छन् । साथै उनले पुष्पखेतीको विकासका लागि सामूहिक खेतीसमेत जोड दिएका छन् ।

सामुदायिक वनमा उत्पादन जडीबुटी, कृषिका सामाग्री तथा फूलफूल उत्पादन गर्न सकेमा कृषि वस्तुको लागत मूल्य घट्न गर्दै अन्तराष्टिय बजारसमेत प्रतिस्पधी हुनसक्ने उनको भनाइ थियो । सोमबार काठमाडौंमा फलोरिकल्चर एसोसिएसन नेपाल(फयान) को २६ औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले कृषि प्रधान मुलुकमा फलफूल विदेशबाट आयात गरिनु विडम्वनापूर्ण रहेको बताए । हरेक खेती सामूहिक खेती प्रणालीको विकासको विकल्प नरहेको पनि उनले बताएका छन् ।

कृषियोग्य भूमि साँगुरिँदै गएको र कृषि मजदुरको समेत अभाव रहेको विद्यमान अवस्थामा कृषियन्त्रीकरणमा मार्फत उत्पादन बृद्धि गर्न सकिने उनले बताएका छन् । साथै उनले गुणस्तरीय उत्पादनमा पनि जोड दिनुपर्ने बताएका छन् ।

प्रदेश ३ का कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव डा. विजयचन्द्र झाले पुष्प व्यवसायको प्रवद्र्धनका लागि प्रदेश ३ ले प्रवद्र्धनमुखी कार्यक्रम अघि बढाएको जानकारी दिए । पुष्प विकास केन्द्रका प्रमुख द्रोणराज काफ्लेले कृषिमा कर लगाइनु न्यायोचित नहुने भन्दै कृषिमा करको भार थप्दा किसान मर्कामा पर्ने र उत्पादनमासमेत ह्रास आउने बताए ।

उनका अनुसार हाल नेपाली बजारमा वार्षिक २ अर्ब रुपैयाँ बराबर फूलको कारोबार हुँदै आएको छ भने प्रत्यक्ष तथा अप्रत्यक्ष ४० हजारभन्दा बढीले रोजगारी पाइरहेका छन् । पुष्प व्यवसायमा ६ अर्बभन्दा बढीको लगानी भइसहेको छ । हालसम्म नेपालमा ४३ जिल्लामा करिब १ सय ५५ हेक्टर पुष्पखेती विस्तार भएको छ ।नेपाल उद्योग वाणिज्य महासघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले जग्गामा गरिएको पुष्पखेती महँगो हुँदै गएको भन्दै पुष्प व्यवसायको प्रवद्र्धनका लागि सरकारी सरकारी जग्गामा लिज उपलव्ध गराउनुपर्नेमा जोड दिए ।

फयानका अध्यक्ष कुमार कसजु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव मीनबहादुर तामाङले बार्षिक प्रतिवेदन र आगामी वर्षको नीति कार्यक्रम प्रस्तुत गर्दै पुष्प व्यवसायको प्रवद्र्धनका लागि सातवटै प्रदेशले पुष्प नीति तर्जुमा गनुपर्ने, सहुलियत व्याजदरमा कर्जा उपलव्ध गराउनुपर्ने, पुष्पखेतीको वीमाको व्यवस्था र दक्ष जनशक्ति उत्पादनमा जोड दिएका थिए ।

त्यस्तै फयानका कोषाध्यक्ष शिवबहादुर खड्काले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०७५ । ०७६ को अनुमानित आयव्यय विवरण प्रस्तुत गरेका थिए । साधारणसभाले नयाँ नेतृत्व चयनसमेत चयन गर्नेछ । कार्यक्रममा राष्टिय फलफूल विकास केन्द्रकी प्रमुख डा रमिता मानन्धर, फयानका पूर्व अध्यक्ष लोकनाथ गैरेलगायतले पुष्प व्यवसायको प्रवद्र्धनका लागि हाइटेक प्रविधि र प्राकृतिक दुबै प्रविधिलाई एकैसाथ अघि बढाउनुपर्नेमा जोड दिएका थिए ।

फयानका अनुसार पुष्पखेतीका लागि सरकार र निजी क्षेत्रका पुष्प व्यवसायीको साझेदारीमा जिआइ पाइपद्धारा निर्मित युभी कोटेड ग्रीनहाउसको निर्माणमा विगत चार वर्षको अवधिमा करिब सात अर्ब बराबरको लगानी भइसकेको छ । जसअन्तर्गत करिव ४३ हजार ५ सय ५० वर्गमिटर ग्रीन हाउस निर्माण भइ व्यवसायिक पुष्प उत्पादन हुँदै आएको छ ।

सयपत्री फूलखेती विस्तार अन्तर्गत पहिलो आर्थिक वर्ष २०७२ । ०७३ मा कुल एक लाख ३४ हजार ४ सय वर्ग फिट प्लाष्टिक टनेल निर्माण र दोस्रो आव २०७३ ।०७४ मा कुल एक लाख पाँच हजार वर्गफीट प्लाष्टिक टनेलसहित कुल २ लाख २९ हजार ४ सय वर्गफिट क्षेत्रफलमा विभिन्नका पुष्प व्यवसायीहरुले वाँसद्धारा निर्मित प्लाष्टिक टनेल निर्माण गरी सयपत्री खेती गर्दै आएका छन् ।

त्यसैगरी आर्थिक वर्ष २०७२ ।०७३ मा कट्फलावर फूल भण्डारण गर्न दुइवटा र आव २०७३ । ०७४ मा एउटा गरी कुल तीनवटा कोल्डरुम निर्माण भइसकेका छन् । कोल्डरुम स्थापनासँगै करिव तीन लाख ५० हजार स्टिम फूल भण्डारण गर्न सकिने भएको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :